मेचीनगरको बायोमास इनर्जी उद्योगमा आगालागी

मेचीनगर, २१ जेठ । झापाको मेचीनगर–१५, ज्यामिरगढीस्थित सरिया बायोमास इनर्जी प्रालिको उद्योगमा आगलागी भएको छ । बुधबार बिहान उद्योगमा रहेको प्लाईको टुक्रामा आगलागी भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उद्योगमा बिहान साढे ६ बजे आगलागी भएको जानकारी आउन साथ इलाका प्रहरी कार्यालय धुलाबारीका सहायक निरीक्षक गंगाराज राईको टोली, भद्रपुर र मेचीनगरको दमकलले आगो [...] The post मेचीनगरको बायोमास इनर्जी उद्योगमा आगालागी appeared first on Jhapa Online.

Jun 4, 2025 - 15:17
 0
मेचीनगरको बायोमास इनर्जी उद्योगमा आगालागी

मेचीनगर, २१ जेठ । झापाको मेचीनगर–१५, ज्यामिरगढीस्थित सरिया बायोमास इनर्जी प्रालिको उद्योगमा आगलागी भएको छ ।

बुधबार बिहान उद्योगमा रहेको प्लाईको टुक्रामा आगलागी भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

उद्योगमा बिहान साढे ६ बजे आगलागी भएको जानकारी आउन साथ इलाका प्रहरी कार्यालय धुलाबारीका सहायक निरीक्षक गंगाराज राईको टोली, भद्रपुर र मेचीनगरको दमकलले आगो निभाउने प्रयास गरेको थियो ।

सरिया बायोमास इनर्जी प्रालिका सञ्चालक विवेक पुरीले बायोमास पेलेटबाट वीक्रेट (कोइला) बनाउन प्रयोग गरिने करिब साढे तीन सय गाडी काठको जवडा जलेर नष्ट भएको बताए । उद्योगमा भएको क्षतिको विवरण आएको छैन ।

The post मेचीनगरको बायोमास इनर्जी उद्योगमा आगालागी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register