शीर्ष नेतालाई अभिभावकत्व ग्रहण गर्न महामन्त्री शर्माको आह्वान

झापा, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन दलका तीन शीर्ष नेतालाई राष्ट्रिय अभिभावकत्व ग्रहण गर्न आव्हान गर्नुभएको छ । “८३ साल, तीन नेता, तीन सन्यासको अवधारणा बन्न सक्नुपर्छ” अहिलेसम्म बोकेको भारी उहाँहरुले बिसाउनु पर्छ, त्यो वातावरण बन्नुपर्छ गृहनगर धुलाबारीमा सोमबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ” बिचार, दल, गुटको होइन मुलुकलाई राष्ट्रिय अभिभावक [...] The post शीर्ष नेतालाई अभिभावकत्व ग्रहण गर्न महामन्त्री शर्माको आह्वान appeared first on Jhapa Online.

Jun 16, 2025 - 12:06
 0
शीर्ष नेतालाई अभिभावकत्व ग्रहण गर्न महामन्त्री शर्माको आह्वान

झापा, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन दलका तीन शीर्ष नेतालाई राष्ट्रिय अभिभावकत्व ग्रहण गर्न आव्हान गर्नुभएको छ ।

“८३ साल, तीन नेता, तीन सन्यासको अवधारणा बन्न सक्नुपर्छ” अहिलेसम्म बोकेको भारी उहाँहरुले बिसाउनु पर्छ, त्यो वातावरण बन्नुपर्छ गृहनगर धुलाबारीमा सोमबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ” बिचार, दल, गुटको होइन मुलुकलाई राष्ट्रिय अभिभावक मुलुकका लागि जरुरी छ, उहाँहरु राष्ट्रिय अभिभावक बन्नु पर्छ ।”

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर महामन्त्री शर्माले उहाँहरु सक्रिय राजनीतिबाट विश्राम लिएर अभिभावकीय भूमिकामा रहन भन्नुभयो । ” अहिलेसम्मको उपलब्धिमा उहाँहरुको भूमिका राष्ट्रिय महत्वको छ ” महामन्त्री शर्माले भन्नुभयो,” ८३ साल तीन नेता, तीन सन्यास, तीन अवधारणा सान्दर्भिक हुन्छ ।”

चुनाव भयो, सरकार पनि गठन भयो , प्रधानमन्त्री बन्दा कि यताका बा, कि उताका बा बन्दा नागरिकमा निरासा बढेको उहाँको तर्क छ । ” चुनाव पनि हुन्छ, सरकार पनि बन्छ, प्रधानमन्त्री चाहिँ उहीँ हुन्छ, यो अवस्था फेरिनु पर्छ ” उहाँले भन्नुभयो, ” नागरिकको मानसिकता नै त्यही बनिसक्यो, अब ८३ मा तीन सन्यास, तीन अभिभावकको अवधारणा बन्नुपर्छ ।” उहाँले कांग्रेसको नेतृत्व परिवर्तन हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।

” यहाँ पनि कुरा उठ्यो, कांग्रेसमा परिवर्तन भए हाम्रोमा पनि हुन्छ कि भन्ने ! हामी कांग्रेसमा नेतृत्व परिवर्तन अवश्य गर्छौ ” उहाँले भन्नुभयो,” कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ, त्यो विधानले किटान गरेको व्यवस्था हो , शेरबहादुर देउवा अब सभापति बन्नु हुन्न। ” उहाँले कांग्रेसको नेतृत्व १५ औँ महाधिवेशनबाट फेरिने स्पष्ट पार्नुभयो । कांग्रेसको विधानमा दुई पटकभन्दा बढी समय एउटै व्यक्ति सभापति बन्न नपाउने व्यवस्था छ ।

तीन नेतालाई विश्राम लिएर अभिभावकीय भूमिकामा रहन, तीन नेता पटकपटक प्रधानमन्त्री बन्दा नागरिकमा असन्तुष्टि बढेको, दल, बिचार र गुटको नेता बन्दा समस्या भएको कुरा खुलेर राख्नु भएको उहाँले आफू कांग्रेसको महामन्त्री र सबैको सांसद भएको उल्लेख गर्नुभयो । झापा १ का सांसदसमेत रहनु भएको उहाँले महाधिवेशनको वर्ष सुरु भएकोले अब दुई महिनामा एक पटक मात्रै निर्वाचन क्षेत्रमा आउने बताउनुभयो ।

केही समय अघि सांसद हराएको भन्दै गरेको प्रदर्शन र ” ज्यामिरगढीमा हराएका सांसद, शान्तिनगरमा भेटिए” भनेर लेखिएका समाचारप्रति महामन्त्री शर्माले निक्कै चित्त दुखाउनुभयो । उहाँले अब दुई महिनामा एकपटक झापा आउने, एकसातासम्म बस्ने र त्यही बेला भेट हुने बताउनुभयो । यो बीचमा फेरि सांसद हरायो भनेर नखोज्न उहाँले कसिलो व्याङ्ग्य गर्नुभयो ।

नेपाली राजनीतिमा सम्मान र नैतिकताको अभाव रहेको संकेत गर्दै उहाँले उच्च संस्कारमा रहन र त्यही अनुरुपको व्यवहारमा जोड दिनुभयो । आफूले कसैलाई गाली नगरी चुनाव जितेको प्रसंग कोट्याउँदै उहाँले गाली गरेर चुनाव जित्नुभन्दा तेस्रोपटक हार्न आफू तयार भएर चुनावमा होमिएको स्मरण गर्नुभयो । अहिले नै आफू ८४ का लागि मत माग्ने पक्षमा नरहेको बताउँदै शर्माले ७९ को मतलाई हेरेर काम गरिरहेको र गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“तेस्रोपटक पनि चुनाव हारेको भए म लोकप्रिय छु भन्दै अहिले पनि राजनीति गरिरहेको हुने थिइनँं ” उहाँले भन्नुभयो,” म कांग्रेसको मतादाता भएर बस्थेँ, अहिले लेख्दै, गाउँदै, बजाउँदै, हिमाल चढ्दै वा त्यस्तै केही गरिरहेको हुन्थे, राजनीतिमा हुँदैन थिएँ ।” उहाँले फेरि पनि हिमाल चढ्ने योजना सुनाउनुभयो । केही दिन अघि मात्रै शर्मा सगरमाथाको सात हजार दुईसय मिटरसम्म पुगेर फर्कनु भएको हो ।

The post शीर्ष नेतालाई अभिभावकत्व ग्रहण गर्न महामन्त्री शर्माको आह्वान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register