बिर्तामोड उवासंघद्वारा पत्रकार पुरीसहित १७ जना सम्मानित

झापा, २१ माघ । गत माघ ८ गतेदेखि जारी बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ समापन भएको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच सोमवारबाट महोत्सव समापन भएको हो । माघ १९ गते समापन गर्ने गरी महोत्सवको आयोजना गरिए पनि दुई दिन समय थप गर्दै २१ गतेसम्म महोत्सव सञ्चालन गरिएको [...] The post बिर्तामोड उवासंघद्वारा पत्रकार पुरीसहित १७ जना सम्मानित appeared first on Jhapa Online.

Feb 3, 2025 - 14:46
 0
बिर्तामोड उवासंघद्वारा पत्रकार पुरीसहित १७ जना सम्मानित

झापा, २१ माघ । गत माघ ८ गतेदेखि जारी बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ समापन भएको छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच सोमवारबाट महोत्सव समापन भएको हो ।

माघ १९ गते समापन गर्ने गरी महोत्सवको आयोजना गरिए पनि दुई दिन समय थप गर्दै २१ गतेसम्म महोत्सव सञ्चालन गरिएको थियो । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा महोत्सव बिर्तामोड–५ स्थित धर्मकाटा रोडमा आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादन देखि अन्तराष्ट्रिय औद्योगिक घरानाका सामग्री बिक्रीका लागि राखिएको थियो ।

यसैबीच महोत्सव समापन सत्रको अवसर पारेर सञ्चारकर्मीसहित सफल व्यवसायी, कृषक, महिला उद्यमी, स्वास्थ्यकर्मी, खेलाडी, सामाजिक क्षेत्रका अगुवालाई सम्मान गरिएको थियो ।

अनलाइन पत्रिका ‘शब्दपत्र डटकम’ का सम्पादक तथा प्रकाशक उद्धव पुरीलाई नगद ११ हजार सहित सम्मान तथा पुरस्कृत गरिएको थियो ।

त्यस्तै, संघका पूर्व अध्यक्ष राम लोचन न्यौपाने, डा प्रियङ्का कार्की, विवेक केशरी प्रसाई, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, कृषक सन्तोष सुवेदी, महिला उद्यमी टिकादेवी उप्रेती, गीता खतिवडा, व्यवसायी लक्ष्मी उदाश, रामनन्दन शाह, खेल क्षेत्रबाट दिपेन धिमाल, व्यवसायी दिनेश मित्तल, रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल, महिला उद्यमी समूहकी अध्यक्ष राधिका हुमागाई, रुपा भूजेल, उमा उप्रेतीलाई सम्मान गरिएको थियो ।

महोत्सव मूल आयोजक समितिका संयोजक विशाल थापाले स्वागत गरेको कार्यक्रममा पूर्वअध्यक्षहरुका तर्फबाट कुमार भट्टराई, महिला उद्यमी पार्वता खरेल विमली सम्मानित व्यक्तित्वहरुका तर्फबाट दिनेश मित्तल , संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडा र सञ्चारकर्मी केशव भट्टराईले संयुक्त रुपमा गरेका थिए ।

The post बिर्तामोड उवासंघद्वारा पत्रकार पुरीसहित १७ जना सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register