सोमबार २३.१९ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Jun 9, 2025 - 10:46
 0
सोमबार २३.१९ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार राधि विद्युतको भएको छ । यस कम्पनीको ६२ करोड २८ लाख ३ हजार ५ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा बुटवल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register