सुरजकुमार दुरा संघीय संसद सचिवालयको सचिवमा बढुवा

काठमाडौं । संघीय संसद सचिवालयको रिक्त सचिव पदमा सुरजकुमार दुरा बढुवा भएका छन्। सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनको नाम सिफारिस गरेको थियो। सुदर्शन खड्काले राजीनामा दिएपछि संसद […]

Jun 14, 2025 - 14:02
 0
सुरजकुमार दुरा संघीय संसद सचिवालयको सचिवमा बढुवा

काठमाडौं । संघीय संसद सचिवालयको रिक्त सचिव पदमा सुरजकुमार दुरा बढुवा भएका छन्। सभामुखको अध्यक्षतामा शनिबार बसेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले दुरालाई सचिवालय सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि लोकसेवा आयोगको अध्यक्षतामा रहेको बढुवा समितिले दुई दिनअघि दुरासहित मनोजकुमार गिरी र हृदयराम महर्जनको नाम सिफारिस गरेको थियो। सुदर्शन खड्काले राजीनामा दिएपछि संसद सचिवालयमा एक सचिवालय सचिवको पद रिक्त थियो।

विसं २०५२ सालदेखि संघीय संसद सचिवालयमा कार्यरत दुराले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले संसद सचिवालयमा प्रशासन महाशाखा, विभिन्न संसदीय समितिको सचिव लगायतका महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। हाल उनी राज्य व्यवस्था तथा सुशासन समितिको सचिव पदमा कार्यरत छन् ।

दुराले शनिबार नै सिंहदरबारस्थित आफ्नो कार्यालयमा पदबहाली गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register