खोटाङमा करेन्ट लागेर  एक जनाको मृत्यु , एक घाइते

खोटाङ।   खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५३ वर्षीय रामेश्वर राईको मृत्यु भएको हो । शुक्रबार दिउँसो करिब साडे एक बजे आफ्नै घरमा तार निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्यक केन्द्रमा साँझ सात बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए […]

Jun 14, 2025 - 14:28
 0
खोटाङमा करेन्ट लागेर  एक जनाको मृत्यु , एक घाइते

खोटाङ। 

 खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५३ वर्षीय रामेश्वर राईको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो करिब साडे एक बजे आफ्नै घरमा तार निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्यक केन्द्रमा साँझ सात बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।

यस्तै, शुक्रबार दिउँसो करिब तीन बजेतिर केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको पोक्लुमा इन्टरनेट मर्मत गर्ने क्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३० वर्षीय सन्तोष भुजेल घाइते भएका भएका छन् । टेकमाइन्ड कम्पनीको इन्टरनेटमा समस्या आएपछि मर्मत गर्ने क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना मिश्रले जनाए । घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register