पूर्व ऊर्जा राज्यमन्त्री शर्माको भारतको अस्पतालमा मृत्यु
ढोरपाटन । पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको मृत्यु भएको छ । शर्माको सोमबार दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिर्गाैलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । मिर्गाैला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले […]

ढोरपाटन । पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको मृत्यु भएको छ । शर्माको सोमबार दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मिर्गाैलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । मिर्गाैला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए ।
पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए । विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएका शर्मा त्यही बेला राज्यमन्त्री भएका थिए ।
एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भएका थिए । हाल उनी कुनै पनि जिम्मेवारीमा रहेका थिएनन् । शर्माको शव मंगलबार साँझसम्म भारतबाट बागलुङ ल्याईने अध्यक्ष गौतमले बताए । रासस
What's Your Reaction?






