सभामुख घिमिरेले गरे कानुनमन्त्री र पाँच दलका प्रमुख सचेतकसँग छलफल

काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरेका छन् । छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही […]

Jun 16, 2025 - 07:11
 0
सभामुख घिमिरेले गरे कानुनमन्त्री र पाँच दलका प्रमुख सचेतकसँग छलफल

काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरेका छन् ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् ।

सभामुखले संसद्‌मा जारी अवरोधबारे सोमबार बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए ।

रास्वपा र राप्रपाको अवरोधका बीचमा पनि सभामुख घिमिरेले संसद् अगाडि बढाएका थिए । प्रतिनिधिसभामा बजेटमाथिको छलफल भइरहेको छ । आज बजेटमाथिको सैद्धान्तिक छलफल सक्ने कार्यसूची छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register