लिभरपुलको विजय र्‍यालीमा अनियन्त्रित कारको ठक्कर, कैयौं घाइते

काठमाडौं । इङ्ग्ल्याण्डको लिभरपुल शहरमा सोमबार लिभरपुल फुटबल क्लबको प्रिमियर लिग विजय र्‍यालीमा सहभागी मानिसहरूलाई एउटा अनियन्त्रित कारले ठक्कर दिएको छ । दुर्घटनामा चार बालबालिकासहित दर्जनौं व्यक्तिहरू घाइते भएका छन् । बीबीसीका अनुसार २७ जनालाई अस्पताल लगिएको छ। तीमध्ये एक बच्चासहित दुई जना गम्भीर घाइते रहेका नर्थ वेस्ट एम्बुलेन्स सेवाले जनाएको छ । प्रहरीले ५३ […]

May 27, 2025 - 04:40
 0
लिभरपुलको विजय र्‍यालीमा अनियन्त्रित कारको ठक्कर, कैयौं घाइते

काठमाडौं । इङ्ग्ल्याण्डको लिभरपुल शहरमा सोमबार लिभरपुल फुटबल क्लबको प्रिमियर लिग विजय र्‍यालीमा सहभागी मानिसहरूलाई एउटा अनियन्त्रित कारले ठक्कर दिएको छ ।

दुर्घटनामा चार बालबालिकासहित दर्जनौं व्यक्तिहरू घाइते भएका छन् । बीबीसीका अनुसार २७ जनालाई अस्पताल लगिएको छ। तीमध्ये एक बच्चासहित दुई जना गम्भीर घाइते रहेका नर्थ वेस्ट एम्बुलेन्स सेवाले जनाएको छ ।

प्रहरीले ५३ वर्षीय एक ब्रिटिश नागरिकलाई यस घटनामा पक्राउ गरेको छ। उक्त कार त्यही व्यक्तिले चलाएको प्रहरीको आरोप छ ।

लिभरपुल फुटबल क्लबको विजय र्‍यालीको भिडमा कार चलाउने घटनाको ‘आतंकवाद’ सँग कुनै सम्बन्ध नरहेको अधिकारीहरूले जनाएका छन् ।

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले एक्समा एक पोस्ट गर्दै भनेका छन्, ‘लिभरपुलका दृश्यहरू डरलाग्दा छन् – मेरा समवेदना सबै घाइते र प्रभावित व्यक्तिहरूसँग छन्।’

उनले सोमबारका “भयानक घटनाहरू”का सम्बन्धमा लिभरपुल सिटी रिजनका मेयर, स्टिभ रोदरमसँग कुराकानी गरेका छन्।

प्रधानमन्त्रीले प्रहरी र आपत्कालीन सेवाहरूको अद्भुत साहसको प्रशंसा गरेका छन्।

‘सबैलाई, विशेष गरी बालबालिकालाई, आफ्ना नायकहरूलाई कुनै त्रास बिना खुसीयाली मनाउने अधिकार हुनुपर्छ,’ उनले थपे ।

‘यो शहरले कठिन समयमा पनि एकजुट भएर सामना गर्ने लामो र गर्विलो इतिहास बोकेको छ। लिभरपुल एक भएर उभिन्छ, र पूरा देश लिभरपुलको साथमा छ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register