काठमाडौंमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी वर्षायामलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक खन्ने स्वीकृति वा सहमति नदिइने निर्णय गरेको हो । मनसुनको समयमा सडक खन्दा हिलो, खाल्डाखुल्डी […]

Jun 17, 2025 - 05:18
 0
काठमाडौंमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले आगामी वर्षायामलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक खन्ने स्वीकृति वा सहमति नदिइने निर्णय गरेको हो ।

मनसुनको समयमा सडक खन्दा हिलो, खाल्डाखुल्डी र पानी जम्ने जस्ता समस्याले सर्वसाधारणलाई सास्ती हुने तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो निर्णय लिइएको हो। वर्षायाममा खनिएका सडकहरू समयमै मर्मत गर्न नसकिने र निर्माण कार्य पनि गुणस्तरहीन हुने हुँदा महानगरले यो कदम चालेको हो।

विगतमा विभिन्न निकायहरूबिच समन्वयको अभावमा जथाभाबी सडक खन्ने र समयमै नपुर्ने प्रवृत्तिका कारण काठमाडौँका सडकहरू बर्सेनि अस्तव्यस्त बन्ने गरेका छन्। महानगरको यो पूर्वतयारी निर्णयले वर्षायाममा हुने ट्राफिक जाम, दुर्घटना र अन्य सास्तीलाई न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register