राजावादीहरुले प्रदर्शन गर्ने स्थल परिवर्तन

काठमाडौं । काठमाडौंको नारायणहिटी दरवार क्षेत्रमा निषेधाज्ञा जारी गरिएपछि राजावादीहरुले शनिबारको प्रदर्शन गर्ने स्थल परिवर्तन गरेका छन् । दरवारमार्ग क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपछि शनिबारको प्रदर्शन रत्नपार्कस्थित शान्तिबाटिकामा हुने संयुक्त जनआन्दोलन समितिले जनाएको छ । शुक्रबार राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्र वरपरि निषेधाज्ञा जारी गरेको […]

May 31, 2025 - 06:26
 0
राजावादीहरुले प्रदर्शन गर्ने स्थल परिवर्तन

काठमाडौं ।

काठमाडौंको नारायणहिटी दरवार क्षेत्रमा निषेधाज्ञा जारी गरिएपछि राजावादीहरुले शनिबारको प्रदर्शन गर्ने स्थल परिवर्तन गरेका छन् । दरवारमार्ग क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपछि शनिबारको प्रदर्शन रत्नपार्कस्थित शान्तिबाटिकामा हुने संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।

शुक्रबार राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्र वरपरि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जेठ १७ गते शनिबार देखि आगामी असार २४ गतेसम्म लागू हुने छ ।

निषेधाज्ञा केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म लगाइएको हो । बिहीबारदेखि राजावादी प्रदर्शन सुरु भएसँगै सुरक्षा चुनौती बढेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register