कामपा हेरेको हेर्‍यै

–उपमेयर र प्रवक्ताको अडानले मेयर साहलाई बैठक बस्न हम्मे काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको एकोहोरो ढिपी, उपमेयर सुनिता डंगोल र प्रवक्ता नवीन मानन्धरको अडानको कारण आज काठमाडौं महानगरपालिकाको बजेट नआउने भएको छ । ‘सबै नगरपालिकाले बजेट ल्याउँदैछन्, हामी त हेरेको हेर्‍यै’–कामपाका उच्चतहको एक कर्मचारीले नेपाल समाचापत्रसँग भने । ती कर्मचारीका अनुसार मेयर साहको […]

Jun 24, 2025 - 02:09
 0
कामपा हेरेको हेर्‍यै



–उपमेयर र प्रवक्ताको अडानले मेयर साहलाई बैठक बस्न हम्मे

काठमाडौं ।


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको एकोहोरो ढिपी, उपमेयर सुनिता डंगोल र प्रवक्ता नवीन मानन्धरको अडानको कारण आज काठमाडौं महानगरपालिकाको बजेट नआउने भएको छ ।

‘सबै नगरपालिकाले बजेट ल्याउँदैछन्, हामी त हेरेको हेर्‍यै’–कामपाका उच्चतहको एक कर्मचारीले नेपाल समाचापत्रसँग भने । ती कर्मचारीका अनुसार मेयर साहको एकोहोरो ढिपीको कारण असारभित्र बजेट आउने सम्भवना न्यून हुँदै गएको हो । दुई ठूलो महानगर भरतपुर र पोखराको बजेट सार्वजनिक भइसकेको छ भने ७ सय ५३ स्थानीय निकायमध्ये सबै जसोले आज मंगलवार बजेट ल्याउँदैछन् ।

कार्यपालिका बैठकको सदस्यसचिव एवं प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंलाई नबोलाई कार्यपालिका बैठक बस्ने मेयर साहको चाहना र एमालेका उपमेयर डंगोल र नेपाली कांग्रेसका प्रवक्ता मानन्धरले कार्यपालिका बैठकको सदस्यसचिवलाई बेवास्ता गरेर बैठक बस्न नसक्ने अडान कायमै छ । एक सातायता मेयर साह र उपमेयर डंगोलबीच पटकपटक बैठक बस्दा पनि हल ननिस्केपछि बजेटको विषय अन्योलमा परेको हो । कामपाको बजेट नीति तथा कार्यक्रम कहिले पारित हुन्छ भन्नेबारे कसैलाई जानकारी छैन ।

मेयर साहले कार्यपालिकाको बैठकमा आफ्नो आलोचना गर्न नपाउने सर्त अघि सारेर आफैंले बर्खास्त गरेका चार संयोजकलाई बजेट अघि पुनः नियुक्ति दिनुभएको हो । कार्यपालिका बैठकमा आफूविरुद्ध कुनै प्रकारका नकारात्मक अभिव्यक्ति दिन नपाउने र आफूले पेस गरेको नीति तथा कार्यक्रम र बजेटमा सहमति जनाउनुपर्ने सर्तमा मेयर साहले बैठक बोलाउने बताउनुभएको छ ।

४१ जनै कार्यपालिका सदस्यहरू मेयरको उक्त सर्त पालन गर्ने पक्षमा छैनन् । त्यसको असर बजेटमा परेको छ । मेयर बालेन्द्रकै ढिपीले गर्दा देशकै सबैभन्दा ठूलो स्थानीय तहको बजेट आज पेस नहुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत एवं कार्यपालिकाका सदस्य सचिव उपस्थित नभइकन बजेट आउने सम्भावना नरहेको उल्लेख गर्दै प्रवक्ता मानन्धरले भन्नुभयो–‘बजेट कार्यान्वयन गर्न अख्तियारी प्रपअलाई दिनुपर्छ । प्रपअ विनाको परिषद् सम्भव छैन ।’ उहाँले हावादारी कुरा गरेर बजेट पास गर्छु भन्ने मेयर साहको भनाइको कुनै तुक नभएको टिप्पणी गर्नुभयो ।

बजेट आउने सुरसार नभए पनि कामपाले बजेटको खाका भने तयार गरिसकेको छ । करिब १८ अर्ब रुपियाँ बराबरको बजेट ल्याउने तयारी छ । चालू आबमा करिब २४ अर्ब बजेट पुगेको थियो । तर, बैठक बस्ने वा नबस्ने भन्ने अनिश्चितताको कारण गम्भीर समस्या परेको छ । स्रोत अनुमान समितिको बैठकको सदस्यसचिव नै प्रमुख प्रशासकीय अधिकृत हुन् । कार्यपालिका र नगरसभामा सदस्य सचिवको भूमिका पनि उहाँकै हुन्छ ।

स्रोत अनुमान समितले स्रोत अनुमान गर्छ । त्यसपछि बजेट तर्जुमा समितिमा जान्छ । सो समितिले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने काम कार्यपालिकाको हो ।
कानुनतः नीति तथा कार्यक्रम र बजेट पारित गर्न नगर कार्यपालिका बैठक र नगरसभा दुवै अनिवार्य छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register