जापानविरुद्ध नेपालको लगातार दोस्रो जीत

झापा, १० असार । एसीसी पुरुष यू-१६ इस्ट जोन कप अन्तर्गत मलेसियामा जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हासिल गरेको छ। मंगलबार जापानविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भयो। जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो। जय थापा सुरुवाती विकेटका रूपमा आउट भएपछि, प्रसिद्ध जैसी (३३) र शिवांश [...] The post जापानविरुद्ध नेपालको लगातार दोस्रो जीत appeared first on Jhapa Online.

Jun 24, 2025 - 07:12
 0
जापानविरुद्ध नेपालको लगातार दोस्रो जीत

झापा, १० असार । एसीसी पुरुष यू-१६ इस्ट जोन कप अन्तर्गत मलेसियामा जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हासिल गरेको छ। मंगलबार जापानविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भयो।

जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो। जय थापा सुरुवाती विकेटका रूपमा आउट भएपछि, प्रसिद्ध जैसी (३३) र शिवांश बजगाईं (३८) ले ६९ बलमा ७६ रनको अविजित साझेदारी गर्दै सहज जित सुनिश्चित गरे।

यसअघि बलिङतर्फ शुभमको उत्कृष्ट प्रदर्शनले जापानलाई ३४.३ ओभरमा ८० रनमा समेटियो। उनले १० ओभरमा ३ मेडन राख्दै १५ रन खर्चिएर ५ विकेट लिए। अभय यादवले २ विकेट लिए भने सुशील रावल र विपिन शर्माले एक–एक विकेट झारे।

जापानको यो प्रतियोगितामा पहिलो हार हो। समूह ‘ए’ अन्तर्गत नेपाल शीर्ष स्थानमा उक्लिएको छ र आइतबार इन्डोनेसियाविरुद्ध खेल्ने तयारीमा छ। समूह चरणको अन्तिम खेल जुलाई १ मा भुटानसँग हुनेछ।

सेमिफाइनलमा स्थान बनाउन शीर्ष दुई स्थानमा रहनुपर्नेछ।

The post जापानविरुद्ध नेपालको लगातार दोस्रो जीत appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register