गौरीशंकरले मनायो ६६ औं बार्षिकोत्सव

झापा, २० फागुन । गौरीशंकर माध्यमिक विद्यालय बाह्रदशी–७ झापाले आफ्नो ६६ औं वार्षिकोत्सव मनाएको छ । कोशी प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच विद्यालयले बार्षिकोत्सव मनाएको हो । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर ज्येष्ठ अभिभावक, अभिभावक र उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको छ भने विद्यार्थीलाई [...] The post गौरीशंकरले मनायो ६६ औं बार्षिकोत्सव appeared first on Jhapa Online.

Mar 4, 2025 - 15:03
 0
गौरीशंकरले मनायो ६६ औं बार्षिकोत्सव

झापा, २० फागुन । गौरीशंकर माध्यमिक विद्यालय बाह्रदशी–७ झापाले आफ्नो ६६ औं वार्षिकोत्सव मनाएको छ ।

कोशी प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच विद्यालयले बार्षिकोत्सव मनाएको हो । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर ज्येष्ठ अभिभावक, अभिभावक र उत्कृष्ठ शिक्षकलाई सम्मान गरेको छ भने विद्यार्थीलाई विभिन्न विधामा पुरस्कृत गरेको हो ।

ज्येष्ठ अभिभावका रुपमा हिरा कुमारी राजवंशी र दिलवहादुर कार्कीलाई सम्मान गरेको हो ।त्यस्तै अभिभावक तर्फ मीना आचार्य, विमला राजवंशी , पूजा मुर्मू र दिपा उप्रेतीलाई सम्मान गरेको हो । यता शिक्षक तर्फ नेत्र प्रसाद पौडेल र हेम सागर कट्वाललाई सम्मान गरिएको थियो ।अनुसासित विद्यार्थीका रुपमा लोकराज राजवंशी, रोजिना राजवंशी, सरसफाई तर्फ हेमन्त पण्डित, सुशीला हेमरमलाई पुरस्कृत गरिएको थियो । नियमित विद्यालय आउने विद्यार्थीका रुपमा आदित्य पौडेललाई पुरस्कृत गरिएको थियो ।उत्कृष्ठ अंक ल्याउने हेमन्त पण्डित, पूजा पण्डितलाई पुरस्कृत गरिएको हो ।

एसइइमा उत्कृष्ठ अंक ल्याउने टेकनाथ सोरेन, सेविका निरौलालाई पुरस्कृत गरिएको थियो । कक्षा–१२ मा उत्कृष्ठ अंक ल्याउने इश्वर मुर्मू र वनिता कार्कीलाई पुरस्कृत गरिएको हो । विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले विद्यालयको शैक्षिक गतिविधिका विषयमा प्रकाश पारेको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक हेम राजवंशीले गरेका थिए ।

कार्यक्रममा वाह्रदशी गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रत्नाकुमारी राजवंशी, बाह्रदशी गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष मित्रराज भट्टराई, बाह्रदशी गाउँपालिका पूर्व शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेल लगायतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेको कार्यक्रममा मार्च पस समेत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लोचन कुमार गुरागाईले गरेका थिए । यसअघि विद्यालयले एक दिवसीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको समेत आयोजना गरेको थियो ।

The post गौरीशंकरले मनायो ६६ औं बार्षिकोत्सव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register