प्याजको भाउ थोक मूल्यमै ६ रुपैयाँले महंगियो

काठमाडौँ। नेपाली बजारमा सुकेको प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पछिल्लो तीन दिनमा प्याजको भाउ किलोमा ६ रुपैयाँले बढेको हो। कालीमाटी बजारमा मंगलबार प्याजको भाउ थोकमा किलोको न्यूनतम ४६ देखि अधिकतम ५० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुकेको प्याज थोकमा प्रतिकिलो न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा किनबेच […]

Jun 24, 2025 - 09:45
 0
प्याजको भाउ थोक मूल्यमै ६ रुपैयाँले महंगियो

काठमाडौँ। नेपाली बजारमा सुकेको प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पछिल्लो तीन दिनमा प्याजको भाउ किलोमा ६ रुपैयाँले बढेको हो।

कालीमाटी बजारमा मंगलबार प्याजको भाउ थोकमा किलोको न्यूनतम ४६ देखि अधिकतम ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार सुकेको प्याज थोकमा प्रतिकिलो न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा किनबेच भएको थियो भने असार १ गते सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।

यता, कालीमाटी बजारमा असार १० गते अर्थात् मंगलबार भारतीय सुकेको प्याज न्यूनतम मूल्य प्रतिकिलो ४६, अधिकतम मूल्य ५० र औसत मूल्य ५८ रुपैयाँमा किनबेच भइरहेको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register