यूएई जाने नेपाली श्रमिकको न्यूनतम ज्याला दुई सय दिराम बढाइने

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सुरक्षा र सुविधाका लागि सरकारले काम गरिरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरैमात्र यूएईमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला दुई सय दिराम  बढाउने निर्णय भएको बताएका हुन् । ‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरू गर्नेछौ । भर्खरैमात्र […]

Jun 24, 2025 - 11:32
 0
यूएई जाने नेपाली श्रमिकको न्यूनतम ज्याला दुई सय दिराम बढाइने

काठमाडौं । श्रममन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सुरक्षा र सुविधाका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि बैठकमा बोल्दै उनले भर्खरैमात्र यूएईमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला दुई सय दिराम  बढाउने निर्णय भएको बताएका हुन् ।

‘वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा र सेवा, सुविधाको सुनिश्चित हुनेगरी कामहरू गर्नेछौ । भर्खरैमात्र यूएईमा जाने नेपाली श्रमिकहरूको न्यूनतम ज्याला आठ सयबाट बढाएर हजार दिराम बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘वैदेशिक नीतिअनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया, जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ ।’

मन्त्री भण्डारीले युरोपमा संस्थागतरुपमा श्रमिक पठाउने व्यवस्था गरिनुका साथै उच्च मानवअधिकार भएका देशहरूमा श्रमिक पठाउने तयारी भइरहेको पनि जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register