कोभेन्ट्री यूनिभर्सिटीमा ‘स्टुडेन्ट अफ द इयर’ उपाधि पाएका खड्का सम्मानित

लन्डन । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले कोभेन्ट्री यूनिभर्सिटीमा ‘स्टुडेन्ट अफ द इयर’ उपाधि पाएका नेपाली विद्यार्थी विप्लब खड्कालाई विशेष सम्मान गरेको छ। खड्काले आफ्नो अध्ययन यात्रासँगै राष्ट्रिय कराते खेलाडीको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको गौरव बढाएको भन्दै कन्सल्टेन्सीले सम्मान गरेको हो ।  ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको १०औं वार्षिकोत्सवको अवसरमा इंग्ल्याण्डको वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा आइतबार आयोजित […]

Jun 24, 2025 - 23:44
 0
कोभेन्ट्री यूनिभर्सिटीमा ‘स्टुडेन्ट अफ द इयर’ उपाधि पाएका खड्का सम्मानित

लन्डन । ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीले कोभेन्ट्री यूनिभर्सिटीमा ‘स्टुडेन्ट अफ द इयर’ उपाधि पाएका नेपाली विद्यार्थी विप्लब खड्कालाई विशेष सम्मान गरेको छ।

खड्काले आफ्नो अध्ययन यात्रासँगै राष्ट्रिय कराते खेलाडीको रूपमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको गौरव बढाएको भन्दै कन्सल्टेन्सीले सम्मान गरेको हो । 

ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीको १०औं वार्षिकोत्सवको अवसरमा इंग्ल्याण्डको वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा आइतबार आयोजित ’द ब्रिज डिकेड कप २०२५’ का क्रममा खड्का सम्मानित  भएका थिए । 

‘विप्लब खड्काको अथक परिश्रम, समर्पण र उत्कृष्ट उपलब्धिले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ’- प्रशंसा पत्रमा उल्लेख गरिएको छ, ‘तपाईंको सफलता सम्पूर्ण विद्यार्थी वर्गका लागि मार्गदर्शक र प्रेरणाको स्रोत बनेको छ।’

ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका सिइयो भुवन गिरी, अध्यक्ष महेश गिरी लगायत प्रतिनिधिहरूले विप्लबलाई भविष्यमा अझ सफलता मिलोस् भन्ने शुभकामना समेत दिएका थिए ।

सम्मानित व्यक्तित्व खड्काले ब्रिज परिवारप्रति आभार व्यक्त गर्दै यसले थप प्रेरणा मिलेको बताए । 

संस्थाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्दै विद्यार्थी र युवा प्रतिभाहरूको सम्मान गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register