नेपाली मनलाई झस्काउने दुर्गालालको ‘गाउँ बस्ती सुनसान’ गीत (भिडिओ सामग्रीसहित)

काठमाडौं । पढाइ र रोजगारीको सिलसिलामा दिनहुँ युवाहरू विदेश पलायन हुने क्रम जारी नै छ । जापान, कोरिया झनै युवाहरूको आकर्षणको केन्द्रबिन्दु बनेको छ । समाजको उही लहरलाई मध्यनजर गर्दै गायक दुर्गालाल श्रेष्ठले ‘गाउँ बस्ती सुनसान’ बोलको गीत ल्याएका छन् । जसले गाउँघरको मर्म र युवा पलायनको पीडालाई प्रस्तुत गरेको छ । गीतले गाउँले जीवनको […]

Jun 25, 2025 - 12:52
 0
नेपाली मनलाई झस्काउने दुर्गालालको ‘गाउँ बस्ती सुनसान’ गीत (भिडिओ सामग्रीसहित)

काठमाडौं । पढाइ र रोजगारीको सिलसिलामा दिनहुँ युवाहरू विदेश पलायन हुने क्रम जारी नै छ । जापान, कोरिया झनै युवाहरूको आकर्षणको केन्द्रबिन्दु बनेको छ ।

समाजको उही लहरलाई मध्यनजर गर्दै गायक दुर्गालाल श्रेष्ठले ‘गाउँ बस्ती सुनसान’ बोलको गीत ल्याएका छन् । जसले गाउँघरको मर्म र युवा पलायनको पीडालाई प्रस्तुत गरेको छ ।

गीतले गाउँले जीवनको वर्तमान अवस्थालाई छर्लङ्ग पार्ने प्रयास गरेको छ । ‘गाउँ बस्ती सुनसान’ किन भयो ?, ‘सबै गए जापान कोरिया’ यो पङ्क्ति हरेक नेपाली गाउँको वास्तविकता बनेको छ ।

गीतमा श्रेष्ठले विदेशको ‘हरियाली’ र ‘उन्नतिको सपना’ पछ्याउँदै आफ्नै उर्वर भूमि छोडेर जाने युवाहरूको पीडालाई मात्रै होइन, पछि बाँचेका वृद्ध आमाबुवाको एक्लोपनलाई पनि शब्दमा कैद गरेका छन् ।

हिजोका दिनमा जुन गाउँहरू उत्सव र चहलपहलले भरिभराउ हुन्थे, आज ती कसरी शून्य बनेका छन् भन्ने उनको प्रस्तुतिले धेरैलाई भावुक बनाएको छ ।

गोर्खामा जन्मिएका गीतकार श्रेष्ठको यो पहिलो साङ्गीतिक कोसेली हो । नेपालीहरूलाई विदेश जानुभन्दा देशमै केही गर भन्ने सन्देश दिन गीत लेखेको उनी बताउँछन् । उनी एक सफल युवा व्यवसायी र समाजसेवी पनि हुन् । दीप फिल्मस्‌को प्रस्तुतिमा आएको यो गीतमा स्वरुपराज आचार्यको आवाज रहेको छ ।

हेराैं भिडिओ सामग्री :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register