जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु, चालक घाइते

मुगु । जुम्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोटमा ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । तिला गाउँपालिकाको कुडारीबाट चुलाकोटतर्फ ढुङ्गा ल्याउने क्रममा १ त ६४७२ नम्बरको ट्याक्टर बुधबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा परी तिला–५, चुलाकोटका २३ वर्षीय लोकेश बुढाको घटनास्थलमै मृत्यु […]

Jun 25, 2025 - 12:46
 0
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु, चालक घाइते

मुगु । जुम्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोटमा ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

तिला गाउँपालिकाको कुडारीबाट चुलाकोटतर्फ ढुङ्गा ल्याउने क्रममा १ त ६४७२ नम्बरको ट्याक्टर बुधबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

दुर्घटनामा परी तिला–५, चुलाकोटका २३ वर्षीय लोकेश बुढाको घटनास्थलमै मृत्यु भएको हो । उनी ट्रयाक्टरका कामदार रहेको बताइएको छ ।

सोही ट्याक्टरका चालक ३० वर्षीय कर्ण जैशी गम्भीर घाइते भएका छन् ।

ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक असिम हमालले जानकारी दिए ।

घाइते चालक जैशीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तर्फ ल्याउँदै गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register