पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं ।  पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । गत आइतबार राति हृदयघात भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार आएपछि शाहलाई बिहीबार डिस्चार्ज गरिएको अस्पताल स्रोतले बताएको छ । उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो । यसअघि विसं २०८० भदौ १५ गते पनि हृदयघात भएपछि […]

Mar 6, 2025 - 06:26
 0
पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं ।  पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत आइतबार राति हृदयघात भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार आएपछि शाहलाई बिहीबार डिस्चार्ज गरिएको अस्पताल स्रोतले बताएको छ । उनको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली सहभागी थियो ।

यसअघि विसं २०८० भदौ १५ गते पनि हृदयघात भएपछि शाहलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

विसं २०७२ भदौ १० गते पनि मुटुमा समस्या आएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यो उनलाई भएको चौथो हृदयघात हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register