बुटवललाई विदेशी पर्यटकको विश्रामस्थल बनाउन पालिकाको पहल सुरु

बुटवल । रुपन्देहीको बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उद्देश्यका साथ कोरला नाकादेखि लुम्बिनी र सुनौलीदेखि कोरला नाकासम्म पर्यटक भित्र्याउन बुटवल उपमहानगरपालिकाले पहल थालेको छ । भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दू र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटक ल्याएर बुटवलमा विश्राम गर्ने गरी उपमहानगरले पहल थालेको हो । फलस्वरुप बुटवल उपमहानगरका प्रमुख (मेयर) खेलराज पाण्डेयको नेतृत्वमा […]

May 27, 2025 - 16:55
 0
बुटवललाई विदेशी पर्यटकको विश्रामस्थल बनाउन पालिकाको पहल सुरु

बुटवल । रुपन्देहीको बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उद्देश्यका साथ कोरला नाकादेखि लुम्बिनी र सुनौलीदेखि कोरला नाकासम्म पर्यटक भित्र्याउन बुटवल उपमहानगरपालिकाले पहल थालेको छ । भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दू र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटक ल्याएर बुटवलमा विश्राम गर्ने गरी उपमहानगरले पहल थालेको हो ।

फलस्वरुप बुटवल उपमहानगरका प्रमुख (मेयर) खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहसँग भेटेर पर्यटक भित्र्याउनका लागि साझा पहल थाल्ने गरी छलफल गरेको छ ।

‘स्याङ्जाको कालीगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालीगण्डकी, बाग्लुङको जैमिनी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका स्थानीय तहहरूसँग भेटघाट गरी पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने र छिट्टै नै पालिकाबीचमा सम्मेलन आयोजना गर्ने निर्णय भएको छ,’ मेयर पाण्डेयले भने, ‘स्याङ्जाको कालीगण्डकी र मुस्ताङको घरपझोङ गाउँपालिकासँग बुटवल उपमहानगरले भगिनी सम्बन्ध कायम गर्ने सहमतिसमेत भएको छ ।’

बुटवलमा सबैका लागि उपयोगी हुने पर्यटक सूचना केन्द्र निर्माण गर्ने र पर्यटन व्यवसायीहरूसँगको सहकार्यमा टुर प्याकेज तयार गरेर भारत र चीनका पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ । ‘बुटवल र आसपासका पर्यटकीय स्थलहरू घुम्ने र बुटवलमा रात बिताउने गरी यस्तो प्याकेज तयार गरी भारत र चीनका पर्यटकलाई बुटवलमा भ्रमणको निम्तो दिइनेछ । बुटवल–मुक्तिनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानीय सरकारको भेला आयोजना गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न वृहत् छलफल र अन्तरक्रिया कार्यक्रमका लागि दुई स्थानीय सरकारले पहल गर्नेछ,’ मेयर पाण्डेयले थपे, ‘जसले गर्दा पर्यटकीय प्रवद्र्धनले समग्र देशको अर्थतन्त्रलाई चलायमान गराउने छ ।’

बुटवल उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले मुस्ताङमा उत्पादित स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजार व्यवस्थापनमा बुटवल पालिकाले पहल गर्ने बताइन् । साथै बुटवल उपमहानगराको उत्पादन प्रवद्र्धनमा घरपझोङ गाउँपालिकाले पहल गर्ने सहमतिसमेत भएको उनले जानकारी दिइन् ।

त्यस्तै अन्य पालिकाका जनप्रतिनिधिहरूले पनि बुटवलको अभियानमा सँगै अगाडि बढ्ने र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register