सुन व्यवसायीको अडान- ‘विलासिता कर खारेज नभएसम्म पसल खोल्दैनौँ’

काठमाडौँ । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत भ्याट खारेज नभएसम्म सुन व्यवसायीहरुले पसल नखोल्ने भएका छन् । विलासिता करविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै सुन व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् । सुन व्यवसायीहरुले सुन विलासिताको वस्तु नभएको भन्दै सुनमा लगाइएको विलासिता कर खारेज गर्न माग गरेका छन् । यसो त […]

Jun 30, 2025 - 04:01
 0
सुन व्यवसायीको अडान- ‘विलासिता कर खारेज नभएसम्म पसल खोल्दैनौँ’

काठमाडौँ । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा लगाइएको १३ प्रतिशत भ्याट खारेज नभएसम्म सुन व्यवसायीहरुले पसल नखोल्ने भएका छन् । विलासिता करविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै सुन व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन् ।

सुन व्यवसायीहरुले सुन विलासिताको वस्तु नभएको भन्दै सुनमा लगाइएको विलासिता कर खारेज गर्न माग गरेका छन् ।

यसो त सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै जेठ १५ गते सुनमा २ प्रतिशत विलासिता कर र हिरामा भ्याट लगाउने घोषणा गरेको थियो । सोही दिनदेखि सुन व्यवसायी आन्दोलनरत छन् । यसअघि सुन व्यवसायीहरुले सामान्य प्रदर्शन गर्दै आएका थिए । तर, अब भने व्यवसायीहरुले देशभरका सुनचाँदी पसल बन्द गरेर आन्दोलन गर्ने भएका छन् ।

उनीहरुले जबसम्म सरकारले सुनमा विलासिता कर र हिरामा भ्याट खारेज गर्दैन तबसम्म पसल नखोल्ने अडान लिएका छन् । उनीहरुले राणा शासनमा समेत सुनचाँदीमा विलासिता कर नलगाइएको भन्दै अहिले यस्तो कर लगाउनु उपभोक्ताको सम्पत्तिमाथि गिद्धे नजर लगाउनु भएको बताएका छन् ।

हाल देशभर सुनचाँदी पसलहरु बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएपछि सुनचाँदी कारोबार ठप्पप्राय छ । यसअघि करका विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल भए पनि अर्थमन्त्री र व्यवसायीबीच सहमति जुट्न नसकेको व्यवसायीहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register