ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु, चालक फरार

रौतहट । सर्लाहीमा ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ । बसबरिया गाउँपालिका–६, मनटोलमा आइतबार दिउँसो ज १ त ९५६४ नम्वरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय वृद्ध अमिरी पासवानको मृत्यु भएको हो । आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको अवस्थामा टेलारीको भाग र घरको भित्ताको बीचमा च्यापिएर पासवानको मृत्यु भएको प्रहरीले […]

May 25, 2025 - 13:32
 0
ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु, चालक फरार

रौतहट । सर्लाहीमा ट्याक्टरबाट माटो अनलोड गर्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु भएको छ । बसबरिया गाउँपालिका–६, मनटोलमा आइतबार दिउँसो ज १ त ९५६४ नम्वरको ट्याक्टरमा च्यापिएर ६५ वर्षीय वृद्ध अमिरी पासवानको मृत्यु भएको हो ।

आफ्नै घरको आँगनमा माटो भर्ने काम गरिरहेको अवस्थामा टेलारीको भाग र घरको भित्ताको बीचमा च्यापिएर पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईका अनुसार पासवानको घटास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेका छन् । उनको खोजी भइरहेको डीएसपी भट्टराईले जानकारी दिए ।

मृतक पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register