धेरै कमाइ गर्ने फिल्मको सूचीमा दीपकराज र रामबाबुको प्रतिस्पर्धा

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा पछिल्लो २५ वर्षमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूची सार्वजनिक गरेको छ । बोर्डले २५ वर्षमा पाँच करोडभन्दा माथि ग्रस कलेक्सन गर्ने २५ वटा चलचित्रको नाम र कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै सम्मानसमेत गरेको छ । रिपोर्टअनुसार पूर्णबहादुरको सारङ्गी ४६ करोडभन्दा बढीको कमाइले सूचीको पहिलो स्थानमा छ भने […]

Jul 1, 2025 - 08:26
 0
धेरै कमाइ गर्ने फिल्मको सूचीमा दीपकराज र रामबाबुको प्रतिस्पर्धा

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा पछिल्लो २५ वर्षमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूची सार्वजनिक गरेको छ ।

बोर्डले २५ वर्षमा पाँच करोडभन्दा माथि ग्रस कलेक्सन गर्ने २५ वटा चलचित्रको नाम र कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै सम्मानसमेत गरेको छ ।

रिपोर्टअनुसार पूर्णबहादुरको सारङ्गी ४६ करोडभन्दा बढीको कमाइले सूचीको पहिलो स्थानमा छ भने कबड्डी-४ २१ करोडभन्दा बढी कमाउँदै दोस्रो स्थानमा छ ।

धेरै कमाउने फिल्मको सूचीमा अभिनेता दीपकराज गिरी र रामबाबु गुरुङको टिम अगाडि रहेको छ ।

गिरीको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा’ सिक्वेलका ५ वटै फिल्म धेरै कमाउनेको सूचीमा परेका छन् । यता, रामबाबुले बनाएको ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘कबड्डी–४’ र ‘जारी’ पनि धेरै कमाउनेको सूचीमा आसिन छन् ।

तस्वीर – चलचित्र विकास बोर्ड

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register