कांग्रेस केन्द्रीय समिति बैठक जारी, गठबन्धनको प्रभावकारिता र नेतृत्वमाथि प्रश्न उठ्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । सोमबारदेखि सुरु भएको बैठकमा नेताहरुले गठबन्धन सरकारको प्रभावकारिता, पार्टीको भूमिका र मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । केन्द्रीय सदस्यहरुले केपी ओली नेतृत्वको सरकार प्रभावकारी हुन नसकेको भन्दै सात बुँदे सहमति अनुसार काम अघि नबढेको गुनासो गरेका छन् । देउवा पक्षधर सदस्यहरुले भने […]

Jul 2, 2025 - 06:43
 0
कांग्रेस केन्द्रीय समिति बैठक जारी, गठबन्धनको प्रभावकारिता र नेतृत्वमाथि प्रश्न उठ्दै

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । सोमबारदेखि सुरु भएको बैठकमा नेताहरुले गठबन्धन सरकारको प्रभावकारिता, पार्टीको भूमिका र मन्त्रीहरुको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

केन्द्रीय सदस्यहरुले केपी ओली नेतृत्वको सरकार प्रभावकारी हुन नसकेको भन्दै सात बुँदे सहमति अनुसार काम अघि नबढेको गुनासो गरेका छन् । देउवा पक्षधर सदस्यहरुले भने गठबन्धनको विकल्प खोज्नु कांग्रेसका लागि हानिकारक हुने तर्क गरेका छन् ।

बागमती प्रदेशको बजेट र पार्टी नेतृत्वमा कमजोरी भएको भन्दै संयन्त्र गठन र अनुशासन कायम गर्नुपर्ने सुझाव आएको छ । पार्टीको १५औं महाधिवेशन र भ्रातृ संगठनको महाधिवेशन छिटो गर्नुपर्ने माग समेत बैठकमा उठेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register