खगेन्द्र नवजीवन केन्द्रको ५४ औं स्थापना दिवस ।

माघ ५, काठमाडौं । आज मा५ गते खगेन्द्र नवजीवन केन्द्रको ५४ औं स्थापना दिवस तथा संस्थापक स्वः खगेन्द्र बहादुर बस्नेतको ९६ औं जन्म जयन्ति एक समारोहबिच मनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथी सन्तोष चालिसेले द्धीप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी चालिसेले अपांगता भएका व्यक्तिलाई समाज र राष्ट्रले प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । यसैगरी कायक्रममा गोकणेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले पनि अपांगता भएका व्यतिलाई आफनो नगरपालिकाले प्रमुख प्राथमिकतामा राख्नेमा जोड दिनु भयो । संस्थाका अध्यक्ष साम्द्ेन लामाको सभापतिव्तमा भएको कार्यक्रममा गोकणेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवराज लामा लगायत संस्थाका पुर्व महासचिव तथा हाल संस्थाका केन्द्रीय सदस्य यज्ञ उप्रेती लगायत नवजीवन केन्द्रमा आश्रीत अपांगहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको वार्षिक उत्सवको अवसरमा आयोजित ह्वील चेयर दौड, बास्केटबल र टेबल टेनिस खेलमा विजयी खेलाडीहरुलाई पुरस्कृत गएिको थियो ।
कार्यक्रममा प्रमुख अतिथी चालिसेले खगेन्द्र नवजीवन परिसरमा बृक्षा रोपन पनि गर्नु भएको थियो ।
संस्थाका संसथापक स्वः खगेन्द्र बहादुर बस्नेतले फुटबल खेल्ने क्रममा आफनो मेरुदण्ड भाचिए पछि आफनो पहलमा यस केन्द्को वि..स. २०३१ सालमा स्थापना गरेका थिए । कुल ५८ रोपनी क्षेत्रफलमा फैलिको यस केन्द्रमा हाल एक सय एकजना अपांगतf भएका व्यक्ति आश्रीत रहेका छन ।
What's Your Reaction?






