मनसुन सुरु भएयता ६७४ विपद्, ३१ को मृत्यु

काठमाडौं । १५ जेठदेखि १६ असारसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्। ८७ वटा पहिरोका घटनामा ११ घर पूर्ण र २५ घर आंशिक क्षतिग्रस्त भएका छन्। एक पुल, सात गोठ, र १४ चौपाया […]

Jul 2, 2025 - 07:47
 0
मनसुन सुरु भएयता ६७४ विपद्, ३१ को मृत्यु

काठमाडौं ।

१५ जेठदेखि १६ असारसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्।

८७ वटा पहिरोका घटनामा ११ घर पूर्ण र २५ घर आंशिक क्षतिग्रस्त भएका छन्। एक पुल, सात गोठ, र १४ चौपाया क्षतिग्रस्त भएका छन्। पहिरोबाट मात्रै २ करोड २१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बाढीका ६४ घटनामा ४ जनाको मृत्यु र ४ जना घाइते भएका छन् भने १२३ परिवार प्रभावित भएका छन्। चट्याङका ८२ घटनामा ८ जनाको मृत्यु र २० जना घाइते भएका छन्।

हुरिका ४५ घटनामा एक जनाको मृत्यु र ३ जना घाइते भएका छन्।
समग्रमा, मनसुनजन्य विपद्‌बाट २६ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register