‘कुलिङ अफ पिरियड’ प्रकरणमा राज्य व्यवस्था समितिले नै माग्यो संसदीय छानबिन

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिले ‘कुलिङ अफ पिरियड’बारे भएको गडबढीबारे छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समितिको माग गर्ने निर्णय गरेको छ । समितिले सभामुख देवराज घिमिरेसमक्ष समिति गठनको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको हो । सरकारी सेवाबाट राजीनामा वा अवकाशपछि संवैधानिक आयोग, कुटनीति नियोग र अन्य सरकारी नियुक्तिका लागि बन्देज लगाउन संघीय निजामती […]

Jul 2, 2025 - 11:11
 0
‘कुलिङ अफ पिरियड’ प्रकरणमा राज्य व्यवस्था समितिले नै माग्यो संसदीय छानबिन

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिले ‘कुलिङ अफ पिरियड’बारे भएको गडबढीबारे छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समितिको माग गर्ने निर्णय गरेको छ । समितिले सभामुख देवराज घिमिरेसमक्ष समिति गठनको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको हो ।

सरकारी सेवाबाट राजीनामा वा अवकाशपछि संवैधानिक आयोग, कुटनीति नियोग र अन्य सरकारी नियुक्तिका लागि बन्देज लगाउन संघीय निजामती विधेयकको दफा ८२ को उपदफा ४ मा दुई वर्षको कुलिङ पिरियडको व्यवस्था गरिएको थियो । यो प्रावधानले  सरकारी सेवाबाट राजीनामा वा अकाशपछि नियुक्तिका लागि २ वर्षसम्म कुर्नुपर्ने व्यवस्था गर्‍यो ।

प्रतिनिधिभसाबाट १५ असारमा पारित भएको विधेयकको दफा ८२ को उपदफा ५ को क मा भनिएको छ, ‘संवैधानिक निकाय वा कुटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा नियुक्ति लिन ।’ यसले दफा ४ को व्यवस्था खण्डित गरेको छ ।

कुलिङ अफ पिरियडको व्यवस्था खण्डित हुनेगरी प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि सांसदहरूले यसमा गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउन संसदीय छानबिन समितिको माग गरेका थिए । सांसदहरूको मागअनुसार समितिले छानबिन समिति गठनका लागि सभामुख देवराज घिमिरेसँग आग्रह गर्ने निर्णय गरेको हो ।

समितिका अधिकांश सदस्यहरूले यस विधेयकमा पड्यन्त्रपूर्वक ‘कुलिङ अफ पिरियड’ को व्यवस्था लागू नहुने गरी प्रावधान राखिएकाले त्यसका दोषी पत्ता लगाउन संसदीय छानबिन समितिको माग बैठकमा गरे हुन् । सांसदहरूको मागअनुसार संसदीय छानबिन समिति गठनका लागि सभामुख देवराज घिमिरे समक्ष माग गर्ने निर्णय समितिले गरेको हो । ‘संघीय निजामती सेवा विधेयकको दफा ८२ मा कुलिङ अफ पिरियड २ वर्ष रहेको विषयलाई निष्क्रिय बनाउने गरी समिति सचिवालय, संघीय मिला मन्त्रालय, कानुन मन्त्रालयबाट कानुन निर्माणको क्रममा भएको गल्ती दुर्भाग्य र अपराधको विषय भएको हुँदा संसदीय छानबिन समितिका गठनका लागि सभामुख समक्ष माग गर्ने निर्णय भएको छ,’ सभापति रामहरी खतिवडाले भने ।

यस्तै, समितिले दफा ८२ को उपदफा ५ संशोधन गरी हटाउनका लागि राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय गरेको छ । ‘दफा ४ लाई निष्क्रिय गराउनेगरी दफा ५ राखेर कुलिङ अफ पिरियडको व्यवस्थालाई कुठाराघात हुनेगरी पारित भएको कारण प्रतिवेदनको बुँदा ४३ मा संशोधन गरी हटाउनका लागि राष्ट्रियसभालाई अनुरोधको निर्णय गर्ने,’ सभापति खतिवडाले भने ।

‘कुलिङ अफ पिरियड’को विषय अब राष्ट्रियसभाको जिम्मामा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register