प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कार्यसूचीमा छैन अध्यादेश

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ । त्यस्तै, कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित […]

Feb 7, 2025 - 05:03
 0
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, कार्यसूचीमा छैन अध्यादेश

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ ।

त्यस्तै, कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

यसैगरी आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

बिहीबार दैनिक कार्यसूचीमा परेर पनि अगाडि बढ्न नसकेको अध्यादेशसम्बन्धी कार्य आजको सम्भावित कार्यसूचीमा छैन ।

राष्ट्रियसभामा सत्ता पक्षको बहुमत नपुग्ने भएपछि संसदमा टेबल भएका ६ वटा अध्यादेश बिहीबार निर्णायार्थ प्रस्तुत गरिएन ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यादेश पारित गराउनलाई निर्णायक छ । तर उसले निर्णय गर्न सकिरहेको छैन । भूमिसम्बन्धी अध्यादेशलाई लिएर पार्टीमा विवाद भएकाले जसपा नेपालले पक्षमा निर्णय गर्न नसकेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register