एनओसीबाहेक अरुले गरेको दर्ता मान्य नहुने

काठमाडौं । जापानको आइची र नायोगामा २०२६ सेप्टेम्बरमा हुने २०औं एसियाली खेलकुद (एसियाड) मा सहभागिताका लागि खेलाडी वा खेल दर्ताको अधिकार सम्बन्धित देशको राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) लाई मात्रै हुने आयोजकले स्पष्ट पारेको छ । बुधबार आयोजक कमिटीले नेपाल सरकारअन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै एनओसीबाहेक अरु कुनै निकायको सिफारिस, दर्ता वा अनुरोध […]

Jul 2, 2025 - 14:25
 0
एनओसीबाहेक अरुले गरेको दर्ता मान्य नहुने

काठमाडौं ।

जापानको आइची र नायोगामा २०२६ सेप्टेम्बरमा हुने २०औं एसियाली खेलकुद (एसियाड) मा सहभागिताका लागि खेलाडी वा खेल दर्ताको अधिकार सम्बन्धित देशको राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) लाई मात्रै हुने आयोजकले स्पष्ट पारेको छ ।

बुधबार आयोजक कमिटीले नेपाल सरकारअन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयलाई औपचारिक पत्र पठाउँदै एनओसीबाहेक अरु कुनै निकायको सिफारिस, दर्ता वा अनुरोध मान्य नहुने जनाएको हो । पत्रमा जापान एसियाड आयोजक समितिका सहायक महानिर्देशक तोरु कोबायाशीले लेखेका छन्, “खेलको दर्ता एनओसीले मात्र गर्नुपर्छ । नेपालका लागि दर्ता कार्य एनओसीमार्फत निर्धारित समयसीमाभित्र गरिसकेको छ । त्यो मात्र मान्य हुनेछ ।” जापान आयोजक कमिटीको स्पष्ट निर्देशपछि अब २०औं एसियाडमा नेपालको सहभागिता सुनिश्चित गर्न एनओसीमार्फत गरिएको दर्ता मात्रै मान्य हुनेछ ।

दुई निकायले गरेका फरक दावी

नेपालमा एनओसी र युवा तथा खेलकुद मन्त्रालयबीच पछिल्लो समय समन्वयको अभाव देखिँदा २०औं एसियाड सहभागिता अन्योलमा परेको थियो । मंगलबार दुवै निकायले छुट्टाछुट्टै खेल दर्ता गराएको दावी गरेका थिए । एनओसीले पत्रकार सम्मेलन गर्दै ३० खेलको दर्ता गरिएको जानकारी दिएको थियो भने त्यसको केही समयपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफूले ३१ खेलको सूची दर्ता गराएको जनाएको थियो । मन्त्रालयले एनओसीलाई अवैधानिक भन्दै उसले गरिरहेको कुनै पनि गतिविधि मान्य नहुने तर्क प्रस्तुत गर्दै आएको थियो । तर, २०औं एसियाड आयोजकको प्रष्ट सन्देशले मन्त्रालयको दावीलाई खारेज गरिदिएको छ ।

आयोजक कमिटीका अनुसार मन्त्रालयले पठाएको खेल सूची अमान्य ठहरिएको हो । मन्त्रालयले असार १६ गते इमेलमार्फत ३१ खेलको सूची पठाएको बताएको थियो, तर आयोजकले सो सूचीलाई स्वीकार नगरेको एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले पुष्टि गरे । श्रेष्ठका अनुसार, एनओसीले खेल संघहरूसँग समन्वय गर्दै समयसीमाभित्र ३० खेलको नाम दर्ता गरिसकेको छ । मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई यसबारे जानकारी दिइए पनि जवाफ नआएपछि संघहरूसँग समन्वय गरेर दर्ता प्रक्रिया अघि बढाइएको उनले बताए ।

एनओसीमार्फत दर्ता भएका ३० खेल :

एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोट्र्स, बेसबल एण्ड सफ्टबल, राफ्‌िटङ एण्ड कनोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ–स्पोट्र्स, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोट्र्स क्लाइम्बिङ, स्क्वास, सफ्‌ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारोत्तोलन, कुस्ती, उसु ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register