१ खर्ब ८८ अर्ब ऋण थपिएसँगै सार्वजनिक ऋणको भार २६ खर्ब २२ अर्ब

काठमाडौं। चालू आर्थिक वर्षमा १ खर्ब ८८ अर्ब ३० करोड रुपियाँ ऋण थपिएसँगै सार्वजनिक ऋणको भार २६ खर्ब २२ अर्ब ४० करोड ३७ लाख रुपियाँ पुगेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ४२ दशमलव ९४ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको १० महिनामा सरकारले ३ खर्ब ९० अर्ब रुपियाँ ऋण लिएको […]

May 18, 2025 - 15:44
 0
१ खर्ब ८८ अर्ब ऋण थपिएसँगै सार्वजनिक ऋणको भार २६ खर्ब २२ अर्ब

काठमाडौं।

चालू आर्थिक वर्षमा १ खर्ब ८८ अर्ब ३० करोड रुपियाँ ऋण थपिएसँगै सार्वजनिक ऋणको भार २६ खर्ब २२ अर्ब ४० करोड ३७ लाख रुपियाँ पुगेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा ४२ दशमलव ९४ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको १० महिनामा सरकारले ३ खर्ब ९० अर्ब रुपियाँ ऋण लिएको छ भने ३ खर्ब ८ अर्ब रुपियाँ ऋण भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

वैशाख मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड ४५ लाख र बाह्य ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड ९२ लाख रुपियाँ रहेको छ । आन्तरिक ऋण जीडीपीको २२ दशमलव २० प्रतिशत र बाह्य ऋण २३ दशमलव ७६ प्रतिशत रहेको छ । वैशाखमा सार्वजनिक ऋण प्राप्त गर्नेभन्दा साँवा भुक्तानी बढी गरेकाले अघिल्लो महिनाको तुलनामा कुल सार्वजनिक ऋणको दायित्व केही घट्न गएको छ । तर, विनिमय दरमा भएको वृद्धिका कारण यस अवधिमा ४८ अर्ब १९ करोड २४ लाख रुपियाँ नोक्सानी चएको छ ।

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४८.३१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । गत साउन १ गतेसम्म आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो । जनसंख्याको आधारमा प्रतिव्यक्ति ऋणको भार ९० हजार रुपियाँको हाराहारीमा पर्न जान्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register