वैदेशिक रोजगार सम्बन्धी कुनै गुनासो छ ? सिधै महानिर्देशकलाई सम्पर्क गर्नुस् !

–विभागको  सुधार अभियान जारी  –बिचौलियामुक्त  विभागमा अब धेरै काम विद्युतीय अनलाइनबाटै  काठमाडौँ।  यस अघि बिचौलियाको घेराबन्दीमा रहने वैदेशिक रोजगार विभागले बिचौलिया मुक्त क्षेत्र घोषणा गरेपछि सर्वसाधारण सेवाग्राहीले निकै राहत महसुस गर्न थालेका छन् । विभागले श्रमस्वीकृति दिने लगायतका महत्त्वपूर्ण कार्यहरू विद्युतीय अनलाइन मार्फत नै गर्न थालेपछि विचौलियाहरुको धन्दामा पूर्ण रुपमा  ब्रेक लागेको छ । अब […]

Jul 2, 2025 - 16:19
 0
वैदेशिक रोजगार सम्बन्धी कुनै गुनासो छ ? सिधै महानिर्देशकलाई सम्पर्क गर्नुस् !

–विभागको  सुधार अभियान जारी 

–बिचौलियामुक्त  विभागमा अब धेरै काम विद्युतीय अनलाइनबाटै

 काठमाडौँ। 

यस अघि बिचौलियाको घेराबन्दीमा रहने वैदेशिक रोजगार विभागले बिचौलिया मुक्त क्षेत्र घोषणा गरेपछि सर्वसाधारण सेवाग्राहीले निकै राहत महसुस गर्न थालेका छन् । विभागले श्रमस्वीकृति दिने लगायतका महत्त्वपूर्ण कार्यहरू विद्युतीय अनलाइन मार्फत नै गर्न थालेपछि विचौलियाहरुको धन्दामा पूर्ण रुपमा  ब्रेक लागेको छ । अब वैदेशिक रोजगार सम्बन्धी समग्र विषयमा कुनै गुनासो सुनुवाइका लागि विभागका महानिर्देशक कमलप्रसाद भट्टराइलाई उहाँको मोबाइल नम्बर ९८५११७१६०१ मा सिधै सम्पर्क गरी गुनासो गर्न  सक्ने व्यवस्था मिलाइएको छ । यसैगरी विभागले दिने सेवा लगायतका समग्र विषयमा जानकारी लिन उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर शिवाकोटीको ९८५१३४२३९२ लाई सम्पर्क गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । 

विभागमा महानिर्देशकको रुपमा कमलप्रसाद भट्टराई आएलगत्तै उनले विभागलाई बिचौलियामुक्त क्षेत्र घोषणा गर्नुका साथै श्रम स्वीकृति प्रदान गर्ने लगायतका  अधिकांश सेवाहरुमा व्यापक सुधार गर्दै  विद्युतीय अनलाइन बाट प्रदान गर्ने व्यवस्था मिलाएकाले  विचौलियाहरुको धन्दा रोकिन पुगेको हो । महानिर्देशक भट्टराइले बुधबार मात्रै विभागमा बिचौलिया निषेधित गरिएको सन्देश जाने गरी नयाँ बोर्ड राखेका छन् । सो वोर्डमा अब यस विभागबाट प्रदान गरिने श्रमस्वीकृति लगायतका अधिकांश सेवाहरु विद्युतीय अनलाइन माध्यमबाट प्रदान हुने हुँदा सेवाग्राहीहरु कार्यालयमा आइरहनुनपर्ने तथा विभागमा सेवालिन आउने सेवाग्राहीहरुमा सेवा सम्बन्धी कुनै द्विविधा, जिज्ञासा गुनासो, सुझाव वा उजुरी भए सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न भन्दै विभिन्न शाखामा रहेका कर्मचारीको मोबाइल नं र टेलिफोन नम्बर नै सो वोर्डमा उल्लेख गरिएको छ । 

अब सर्वसाधारणले घरमै बसी बसी सेवा लिन सक्ने तथा काम भएनभएको बारेमा विभिन्न कर्मचारीलाई फोन गरे थाहा पाउन  सकिने गरी आवश्यक व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभागका महानिर्देशक भट्टराइले जानकारी दिइन्  । यस्ता सबै विवरणहरु संलग्न गरी बुधबारदेखि विभागमा नयाँ बोर्ड राखिएको र यसबाट विचौलियाहरु निरुत्साहित हुने तथा अत्यावश्यक परेमा सेवाग्राहीले सम्बन्धित कर्मचारीलाई सिधै सम्पर्क राख्न सक्ने गरी सुविधा प्रदान गरिएको विभागका महानिर्देशक भट्टराइले बताए । 

विभागलाई  बिचौलियामुक्त घोषणा गर्दै   वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तथा वैदेशिक रोजगारीका क्रममा हुने ठगी रोक्न विभागले  विशेष सुधार अभियान जारी राख्दै आइरहेको छ । 

महानिर्देशक भट्टराईका अनुसार  विभागले सुधारका कार्यक्रम अन्तर्गत नै श्रम स्वीकृति २ मिनेट भित्रमा दिने गरेको छ  । यस अघि श्रम स्वीकृतिका लागि श्रमिकहरुले ठुलो दुःख र झन्झट व्यहोर्नुपथ्र्यो भने विचौलियाहरुलाई ठुलो परिमाणमा घुस समेत खुवाउनु पर्ने बाध्यता थियो ।अहिले विभागले २ मिनेट भित्रै श्रमस्वीकृति दिन थालेपछि सर्वसाधारण श्रमिकलाई निकै राहत भएको छ भने विचौलियाहरु छटपटाउन थालेको पाइएको छ । 

विभागले वैदेशिक रोजगार विरुद्ध हुने सबैखाले ठगीलाई कानुनी दायरामा ल्याउनसमेत विशेष अभियान सञ्चालन गर्दै आइरहेको र पिडितको पक्षमा निर्णय गर्ने क्रम बढाउँदै आएको जनाएको छ । 

 महानिर्देशक भट्टराईका अनुसार विभागले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई संस्थागत तर्फ १११ देश खुल्ला गरिएकोमा १०३ देशमा र व्यक्तिगत तर्फबाट १८५ देश खुल्ला गरिएकोमा हाल १७४ वटा देशमा श्रम स्वीकृति लिई जान सक्ने व्यवस्था गरेको छ । यस आर्थिक वर्षमा हालसम्म जम्मा ७ लाख ७८ हजार ३ सय ७८ जनाले वैदेशिक श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register