इराकको सपिङ मलमा आगलागी, ५५ जनाको मृत्यु

काठमाडौं । इराकको कात शहरको एक सपिङ मलमा भीषण आगलागी हुँदा ५५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले आगलागीमा फसेकाहरुको खोजी जारी रहेको जनाएको छ । इराकी सरकारी मिडियाकाअनुसार बुधबार राति भएको आगलागीमा बहुतले भवनका धेरै तलामा आगो लागेको थियो, जुन अहिले नियन्त्रणमा आएको छ । उक्त मल पाँच दिन अघि मात्र खोलिएको […]

Jul 17, 2025 - 09:12
 0
इराकको सपिङ मलमा आगलागी, ५५ जनाको मृत्यु

काठमाडौं । इराकको कात शहरको एक सपिङ मलमा भीषण आगलागी हुँदा ५५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले आगलागीमा फसेकाहरुको खोजी जारी रहेको जनाएको छ ।

इराकी सरकारी मिडियाकाअनुसार बुधबार राति भएको आगलागीमा बहुतले भवनका धेरै तलामा आगो लागेको थियो, जुन अहिले नियन्त्रणमा आएको छ ।

उक्त मल पाँच दिन अघि मात्र खोलिएको थियो ।

५० वर्षका डाक्टर नासिर अल-कुरैशीले आगलागीमा आफ्नो परिवारका पाँच सदस्य गुमाएको बताएका छन् । “हामीमाथि विपत्ति आइपरेको छ,” उनले भने, “हामी केही खाना खान, बेलुकाको खाना खान र घरमा बिजुली कटौतीबाट बच्न मलमा गएका थियौं ।”

नासिरकाअनुसार मलको दोस्रो तल्लामा एअर कन्डिसनर विस्फोट भयो र त्यसपछि आगो लागेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register