हाईड्रोपावरको आईपीओ जारी गर्न विद्युत उत्पादन अनिवार्य, हाइड्रो व्यवसायी भन्छन्- ‘नीति व्यवहारिक भएन’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीले उत्पादन सुरु गरेपछि मात्रै प्राथमिक सेयर (आईपीओ) निष्कासन अनुमति दिने भएको छ । बोर्डले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।  नीति तथा कार्यक्रममार्फत बोर्डले हाइड्रोपावर कम्पनीको आईपीओ स्वीकृतिका लागि विद्युत उत्पादन अनिवार्य गर्ने घोषणा गरेको छ ।  यसो त हाल […]

Jul 23, 2025 - 12:36
 0
हाईड्रोपावरको आईपीओ जारी गर्न विद्युत उत्पादन अनिवार्य, हाइड्रो व्यवसायी भन्छन्- ‘नीति व्यवहारिक भएन’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीले उत्पादन सुरु गरेपछि मात्रै प्राथमिक सेयर (आईपीओ) निष्कासन अनुमति दिने भएको छ । बोर्डले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । 

नीति तथा कार्यक्रममार्फत बोर्डले हाइड्रोपावर कम्पनीको आईपीओ स्वीकृतिका लागि विद्युत उत्पादन अनिवार्य गर्ने घोषणा गरेको छ । 

यसो त हाल हाइड्रोपावर कम्पनीहरुले निर्माणकै चरणमा आईपीओ जारी गर्ने र आईपीओबाट संकलन भएको रकमले आयोजनामा थप काम गर्ने गर्दै आएका छन् । तर, बोर्डले नीति तथा कार्यक्रममा गरेको व्यवस्था कार्यान्वयनमा आए हाइड्रोपावरको आईपीओ जारी गर्न उत्पादन अनिवार्य हुनुपर्नेछ ।

तर, बोर्डले नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेसँगै हाइड्रो व्यवसायीहरुले पनि बोर्डको सो नीतिमाथि असन्तुष्टि व्यक्त गरेका छन् । आईपीओ जारी गर्ने भनेकै आयोजना सम्पन्न गर्नका लागि आवश्यक रकम जुटाउन भएको भन्दै उनीहरुले उत्पादन गरेर मात्रै आईपीओ जारी गर्न दिइने व्यवस्था व्यवहारिक नभएको बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register