लागूऔषध विरुद्ध आक्रमक प्रहरी अभियान : कोशी प्रदेशमा १,९८५ जना पक्राउ

झापा, ७ साउन । कोशी प्रदेश प्रहरी लागूऔषधको प्रयोग, ओसार पसार तथा बिक्रीवितरण नियन्त्रण तथा निरुत्साहित गर्न आक्रमक रणनीति सहित अघि बढिरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा चरेश, अफिम, ब्राउन सुगर र विभिन्न मनोदिपक औषधीसहित कुल १,९८५ व्यक्ति पक्राउ गरिएका छन्। प्रहरीले गरेको मुख्य कार्यहरू: बरामद लागूऔषध विवरण (२०८१/८२): जिल्ला चरेश ब्राउन सुगर मनोदिपक चक्की/क्याप्सुल [...] The post लागूऔषध विरुद्ध आक्रमक प्रहरी अभियान : कोशी प्रदेशमा १,९८५ जना पक्राउ appeared first on Jhapa Online.

Jul 23, 2025 - 14:23
 0
लागूऔषध विरुद्ध आक्रमक प्रहरी अभियान : कोशी प्रदेशमा १,९८५ जना पक्राउ

झापा, ७ साउन । कोशी प्रदेश प्रहरी लागूऔषधको प्रयोग, ओसार पसार तथा बिक्रीवितरण नियन्त्रण तथा निरुत्साहित गर्न आक्रमक रणनीति सहित अघि बढिरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा चरेश, अफिम, ब्राउन सुगर र विभिन्न मनोदिपक औषधीसहित कुल १,९८५ व्यक्ति पक्राउ गरिएका छन्।

प्रहरीले गरेको मुख्य कार्यहरू:

  • चेकजाँच अभियान: लोकमार्ग, भित्री सडकखण्ड, सिमाना नाका तथा संकित स्थानहरूमा प्रहरी कुकुरसहितको चेकजाँच।
  • प्रहरी परिचालन: संकित व्यक्ति, यात्रु सवारी तथा मालवाहक सवारीमा निगरानी। सिमावर्ती भारतीय नाकाहरूमा कडाइ।
  • सामाजिक सचेतना: FAN (Fight Against Narcotics) कार्यक्रममार्फत समुदायमा सचेतनामूलक गतिविधि। टेलिभिजन, एफएम रेडियोमार्फत श्रव्यदृश्य सामग्री प्रसारण।

बरामद लागूऔषध विवरण (२०८१/८२):

जिल्लाचरेशब्राउन सुगरमनोदिपक चक्की/क्याप्सुलएम्पुल
झापा१.५६० ग्राम२.८८२ किलो६३,५६० वटा३९ वटा
मोरङ१.७७० किलो८०,९२३ वटा१,४८५ वटा
सुनसरी२.०२८ ग्राम०.७२८ किलो४,२८,६८३ वटा३१८ वटा
कुल३.५८८ ग्राम५.४८९ किलो६,१५,०७९ वटा२,६५४ वटा

अफिम १५.७७० ग्राम, अन्य मनोदिपक औषधि १०९ वटा पनि बरामद गरिएका छन्।

पक्राउ विवरण:

  • पुरुष: १,८८८ जना
  • महिला: ९७ जना
  • कुल: १,९८५ जना

कोशी प्रदेश प्रहरीले आह्वान गरेको सन्देश:

लागू औषध दुव्र्यसनले समाजमा हत्या, चोरी, लुटपाट जस्ता आपराधिक गतिविधि बढाउने सम्भावना भएकाले यसको नियन्त्रणमा प्रहरी पूर्ण प्रतिबद्ध छ। मलद्वार र शरीरका अन्य भागहरूमा लुकाएर ओसार पसार गर्ने व्यक्तिहरूलाई समेत पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ। साथै, आवश्यक पर्दा गोली प्रहार गरेर कारोबारी नियन्त्रणमा लिएको उल्लेख गरिएको छ।

आम नागरिकहरूलाई लागू औषधसम्बन्धी सूचना पाएमा नजिकको प्रहरी कार्यालय वा कन्ट्रोल नम्बर १०० मा जानकारी गराउन प्रदेश प्रहरीले हार्दिक अनुरोध गरेको छ।

The post लागूऔषध विरुद्ध आक्रमक प्रहरी अभियान : कोशी प्रदेशमा १,९८५ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register