हुम्लामा ट्याक्टर दुर्घटना :१३ जना घाइते 

हुम्ला ।  सिमकोट गाउँपालिका–१ बजैवडा गाउँमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दोजाबाट खार्पुनाथकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१त०३५३नम्बर ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जङ्गल जटीबुटी संकलन गर्न गएको श्रमिकहरु चढेको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव उपरीक्षक शंकर पोखरेले […]

Jul 18, 2025 - 13:51
 0
हुम्लामा ट्याक्टर दुर्घटना :१३ जना घाइते 

हुम्ला ।

 सिमकोट गाउँपालिका–१ बजैवडा गाउँमा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दोजाबाट खार्पुनाथकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१त०३५३नम्बर ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जङ्गल जटीबुटी संकलन गर्न गएको श्रमिकहरु चढेको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव उपरीक्षक शंकर पोखरेले बताए । ‘घटनाको विस्तृत विवरण आइसकेको छैन्, मजदुर चढेको भन्ने खबर छ,’ घटनास्थलबाटै  नायव उपरीक्षक पोखरेल बताए ।

घाइतेहरुलाई  जिल्ला अस्पतल सिमकोटमा पठाउने तयारी भईरहेको कुम्ली स्वास्थ्य चौकीका प्रमुख धनजित भण्डारीले बताए । जटीबुटी संकलन गर्न गएका मानिसहरु घरतर्फ फर्किने क्रममा ट्याक्टरमा  आउँदै गर्दा ट्याक्टर  आफैँ अनियन्त्रित भई दुर्घटना  भएको बताए । अहिले घाइते विरामी लाई जिल्ला अस्पताल सिमकोट ल्याउनको लागि जिल्ला प्रहरी कार्यलयको गाडी र दुईवटा बोलोरोजिप घटनास्थलमा पुगी सकेको उनको भनाइ छ  । दुर्घटना  भएको ट्याक्टर कुल बहादुर लामाको भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register