राष्ट्रिय महिला आयोगको २३ औं स्थापना दिवसमा उत्कृष्ठ कर्मचारी सम्मानित

काठमाडौं । राष्ट्रिय महिला आयोगको २३ औं स्थापना दिवस तथा एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अधिकारको प्रत्याभूतिबाट समानता हासिल हुने बताए । उनले हिंसाका कारण सशक्तीकरण ओझेलमा परेको बताए । उनले भने “म यहाँहरूलाई भन्न चाहन्छु, महिला हिंसाकै कारण सशक्तीकरण […]

Mar 8, 2025 - 01:56
 0
राष्ट्रिय महिला आयोगको २३ औं स्थापना दिवसमा उत्कृष्ठ कर्मचारी सम्मानित

काठमाडौं ।

राष्ट्रिय महिला आयोगको २३ औं स्थापना दिवस तथा एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अधिकारको प्रत्याभूतिबाट समानता हासिल हुने बताए ।


उनले हिंसाका कारण सशक्तीकरण ओझेलमा परेको बताए । उनले भने “म यहाँहरूलाई भन्न चाहन्छु, महिला हिंसाकै कारण सशक्तीकरण ओझेलमा परेकाले हाम्रा राष्ट्रिय लक्ष्यहरू पूरा गर्न अवरोधहरू आउने गरेको छ । हरेक महिलाले न्युनतम मानवीय मर्यादासहित जीवनयापन गर्न पाउने अवस्था तयार भएको हुनुपर्दछ । अधिकारको प्रत्याभूतिबाट मात्रै समानता हासिल हुन्छ ।”

मन्त्री सुडीले न्युनतम मानवीय मर्यादासहित जीवनयापन गर्न पाउने अवस्था निर्माण हुनुपनेमा जोड दिँदै संवैधानिक निकायको रूपमा रहेको महिला आयोग सबै नेपाली महिलाको न्याय माग्ने निकायको रूपमा रहेको र यसको सुधारका लागि आफुले पहल गर्ने उल्लेख गरे ।
सोही अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला आयोग र मानव अधिकार आयोगले समन्वय गरेर काम गर्दैआएको बताए । त्यस्तै समावेशी आयोगका अध्यक्ष विष्णुमाया ओझाले सबैलाई सम्मान गर्नसक्ने संस्कारबाट नै समानता, अवसरका मुद्दा अघि बढाउन सकिने बताइन । थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले परम्परागत सोच एवम् रुढीवादी प्रथाका कारण महिला अगाडि बढ्न नसकेको बताईन । उनले समाजिक सुरक्षाको वातावरण बन्न सके मात्र समानता, अधिकार र सशक्तीकरणको क्षेत्रमा अगाडि बढ्न सक्ने बताईन ।

महिला आयोगका अध्यक्ष कमला पराजुलीले आयोगले विभिन्न क्षेत्रबाट सहजीकरणका लागि काम गर्दैआएको बताइन । उनले “महिला आयोगले २३ औं वर्ष मनाइरहेको र आउँदो दिनमा राष्ट्रिय महिला आयोगको अपेक्षा पूरा गर्न सक्ने अवस्था निर्माण होस् भनिन ।”


नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आयोगले स्थापना भएको उद्देश्यअनुरूप हालसम्म कार्य गर्दैआएको र अधिकारको लडाइमा सबै एकजुट हुनुपर्ने बताईन । एक्लाएक्लै लड्दा महिलाको मुद्दा कमजोर हुने उनको भनाइ छ । आयोगले नेपाल पत्रकार महासंघका पहिलो महिला अध्यक्ष निर्मला शर्मालाई सम्मान गरेको थियो ।

कार्यक्रममा महिला आयोगका सदस्यद्वय कृष्णकुमारी पौडेल, सावित्राकुमारी शर्माले शुभकामना मन्तव्य राखेका थिए । आयोगले २३ औं स्थापना दिवस तथा एक सय १५ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register