पोटिब्युरोबाट पनि पारित भयो उमेरहद र कार्यकालको विषय, विद्या भण्डारीबारे निर्णय केन्द्रीय कमिटीबाट

काठमाडौं । नेकपा एमालेको पोटिलब्युरोले समेत यसअघि रहेको दुई कार्यकाल र उमेरहदसम्बन्धी व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । यसअघि यो प्रस्ताव पार्टी सचिवालयले पारित गरेको थियो । सचिवालयले पारित गरेको प्रस्ताव पोलिटब्युरोबाट पनि पारित भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । दुई दिनसम्म चलेर शनिबार सकिएको पोटिब्युरो बैठकमा ६८ जना सदस्यहरूले […]

Jul 19, 2025 - 15:31
 0
पोटिब्युरोबाट पनि पारित भयो उमेरहद र कार्यकालको विषय, विद्या भण्डारीबारे निर्णय केन्द्रीय कमिटीबाट

काठमाडौं । नेकपा एमालेको पोटिलब्युरोले समेत यसअघि रहेको दुई कार्यकाल र उमेरहदसम्बन्धी व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । यसअघि यो प्रस्ताव पार्टी सचिवालयले पारित गरेको थियो । सचिवालयले पारित गरेको प्रस्ताव पोलिटब्युरोबाट पनि पारित भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

दुई दिनसम्म चलेर शनिबार सकिएको पोटिब्युरो बैठकमा ६८ जना सदस्यहरूले धारणा राखेका थिए । यसरी आएका धारणाका आधारमा ७० वर्ष उमेरहद लागू गर्ने विषय हालको विधानमा रहेकाले त्यसलाई हटाउने प्रस्ताव पारित भएको उनले जानकारी दिए ।

‘विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्युरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ । त्यसभित्रका महत्त्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं,’ गौतमले भने ।

पोलिटब्युरोको यो निर्णयसँगै उमेरहद लागू गर्ने र अध्यक्षमा दुई कार्यकालभन्दा बढी हुन नपाइने विधानको व्यवस्था यथावत राख्ने पक्षमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकटहरूको प्रयास असफल हुने देखिएको छ । २ असारको सचिवालय बैठकले उमेरहद र कार्यकालको विषयमा प्रस्ताव पारित गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले हालको विधानको व्यवस्थालाई यथावत राख्नेपक्षमा अडान राख्न पोलिटब्युरो सदस्यहरूलाई आह्वान गरेका थिए । तर, उनको आह्वानअनुसार निर्णय भएन ।

यसरी विधानका यी दुई महत्त्वपूर्ण व्यवस्था हटाउनुका पछाडि हालका अध्यक्ष केपी शर्मा ओलीको तेहेरिने लक्ष्यसँग सम्बन्धित छ । ओली पार्टीको आगामी ११ औँ महाधिवेशनबाट फेरि अध्यक्ष हुने तयारीका साथ अगाडि बढेका हुन् । अहिलेको विधानले उनलाई रोक्ने भएकाले ती विधानका अवरोधहरू आगामी महिना हुने विधान महाधिवेशनबाट हटाउन लागिएको छ । विधान महाधिवेशनमा प्रस्तुत हुने संशोधन प्रस्ताव सचिवालय र पोलिटब्युरोबाट पारित भएको छ । अब यही साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा यो विषयमाथि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

यस्तै विद्या भण्डारीका विषयमा पनि बैठकमा कुरा उठेको गौतमले बताए । तर, निर्णय भने नभएको उनले जानकारी दिए । बैठकपछि उनले भने, ‘सम्मानीय राष्ट्रपतिको विषयमा बैठकमा जोडदार कुरा उठेको छ । तर, अहिले निर्णय भएको छैन । अध्यक्ष (ओली) ले पार्टीको अलि ठूलो फोरमबाट निर्णय लिइने रुलिङ गरेपछि पोलिटब्युरोले निर्णय गरेन ।’ उनले उपयुक्त समयमा निर्णय हुने बताए ।

राष्ट्रपति भइसकेकी भण्डारी एमालेको अध्यक्ष हुने लक्ष्यका साथ एमालेमा सक्रिय भएकी छिन् । तर, अध्यक्ष ओली स्पष्ट रूपमा उनलाई रोक्ने गरी लागेका छन् । तर, विधानबाटै भण्डारीलाई अवरोध हुने गरी कुनै प्रस्ताव नहुने प्रचार विभाग प्रमुख गौतमले बताए । उनले यसअघि आएका हल्लाहरूमा कुनै सत्यता नभएको समेत दाबी गरे । तर, भण्डारीको पार्टी सदस्यता भने नवीकरण नभएको बताए ।

असार १४ मा भण्डारीले आफूले पार्टीको सदस्यता नवीकरण गरेको र एमाले परिवारको सदस्य भएको बताएकी थिइन् । प्रचार विभाग प्रमुख गौतमले भने भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा रहेको बताए । उनले यसबारे पार्टीले निर्णय गर्ने जनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register