बाग्मती नदीमा डुबेर एक जनाको मृत्यु,  एक बेपत्ता 

रौतहट ।  हिन्दुधर्माबलम्बिहरुले श्राबण महिनालाई शिव भगवानको विशेष पूजा आराधना, उपासना र व्रत बस्ने विशेष महत्वको रुपमा लिनुको साथै भक्तालुहरुले शिव भगवान लाई जल चढाएर आस्था जगाउने गर्दछन् । आस्थाकै बीच शिव भगवानको पूजा गर्न नुहाउने क्रममा रौतहटको बागमती नदिमा डुबेर बर्षेनी मानबीय क्षती हुदै आएको छ ।  सोही क्रममा चन्द्रपुर नगरपालिका–१ मा रहेको नुनथर […]

Jul 26, 2025 - 14:52
 0
बाग्मती नदीमा डुबेर एक जनाको मृत्यु,  एक बेपत्ता 

रौतहट ।

 हिन्दुधर्माबलम्बिहरुले श्राबण महिनालाई शिव भगवानको विशेष पूजा आराधना, उपासना र व्रत बस्ने विशेष महत्वको रुपमा लिनुको साथै भक्तालुहरुले शिव भगवान लाई जल चढाएर आस्था जगाउने गर्दछन् । आस्थाकै बीच शिव भगवानको पूजा गर्न नुहाउने क्रममा रौतहटको बागमती नदिमा डुबेर बर्षेनी मानबीय क्षती हुदै आएको छ ।

 सोही क्रममा चन्द्रपुर नगरपालिका–१ मा रहेको नुनथर क्षेत्रको शिव भगवानलाई जल चढाउन आएका दुई भारतीय नागरिक शुक्रवार बाग्मती नदीमा डुबेर बेपता भएका मध्ये एकको शब शनीबार भेटिएको छ भने अर्का बेपत्ता  रहेका छन् । शब भेटिएकामा भारतको बिहार राज्य सीतामढी जिल्लाको ग्राम जमुआहा  १ पञ्चायत मठिया निवासी १४ वर्षीय पवनकुमार साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

 उनको शब करिब १ सय ५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक रुपा लाबुङ्गले बताए । अर्का २२ वर्षीय नीतिश भन्ने सञ्जीव कुमार राउत बेपता रहेका छन्  । साहका परिवारले बेपत्ता भएको जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रम जारी छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register