४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोडकी टिकामाया पक्राउ

झापा, १५ साउन । झापामा महिलाले महिलालाई नै लाखौँ रकम ठगी गरेको अर्को घटना सार्वजनिक भएको छ । ४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोड ५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) लाई प्रहरीले पक्राउ गरेको हो । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले [...] The post ४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोडकी टिकामाया पक्राउ appeared first on Jhapa Online.

Jul 31, 2025 - 09:42
 0
४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोडकी टिकामाया पक्राउ

झापा, १५ साउन । झापामा महिलाले महिलालाई नै लाखौँ रकम ठगी गरेको अर्को घटना सार्वजनिक भएको छ । ४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोड ५ की ४२ वर्षीया टिकामाया लिम्बू (मादेन) लाई प्रहरीले पक्राउ गरेको हो । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए ।

बिर्तामोड ५ बस्ने बोलीकुमारी नेम्बाङले ४५ लाख ३३ हजार ७५० रुपैयाँको बिगोसहित लिम्बूविरुद्ध ठगीसम्बन्धी जाहेरी दिएकी थिइन् । झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान तथा कारबाही भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

The post ४५ लाखभन्दा बढी रकम ठगी गर्ने बिर्तामोडकी टिकामाया पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register