माओवादीले अब कसैको बैसाखी टेक्दैन ः प्रचण्ड

काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने बताएका छन् । दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुना एक्लै लड्ने बताएका हुन् । अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको बताउँदै उनले त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको बताए । सर्बसम्त रुपमा हामीले निर्णय गरेका [...] The post माओवादीले अब कसैको बैसाखी टेक्दैन ः प्रचण्ड appeared first on Jhapa Online.

Jan 25, 2025 - 08:57
 0
माओवादीले अब कसैको बैसाखी टेक्दैन ः प्रचण्ड

काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने बताएका छन् ।

दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुना एक्लै लड्ने बताएका हुन् । अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको बताउँदै उनले त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको बताए ।

सर्बसम्त रुपमा हामीले निर्णय गरेका छौं । आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो,’ उनले भने, ‘माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो त्यसको पनि समीक्षा गरेर यो निर्णय गरियो ।’

उनले अबका सबै चुनाव आफ्नै शक्तिको बलमा लड्ने बताए । गत उपचुनावमै त्यो प्रयास गरेको भन्दै उनले जनताले राम्रो प्रतिक्रया दिएकोले उत्साहित भएको बताए ।

उनले अब ०८४ सम्म एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना नै नरहेको समेत बताए । सहकार्य हुँदै पार्टी एकीकरण गर्दा पनि असफल भएको बताउँदै उनले भने, ‘इन अफ इज इन अफ, अति नै भयो ।’

The post माओवादीले अब कसैको बैसाखी टेक्दैन ः प्रचण्ड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register