‘जहाँ खाली जग्गा, त्यहीं एमाले’ : शेखर कोइरालाको टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नेकपा एमालेमाथि भूमि हत्याउने प्रवृत्ति देखिएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले “जहाँ खाली जग्गा, त्यहीं एमाले” भन्ने टिप्पणी गर्दै एमालेका नेताहरू गोकर्ण रिसोर्ट, लिचीबारी, गिरीबन्धु टी-स्टेट लगायतका ठूला जग्गाहरूमा आँखा लगाउने गरेको बताए। उनले भूमि सम्बन्धी विधेयकमा कांग्रेस सांसदहरूले राखेका संशोधनमाथि […]

Aug 16, 2025 - 16:33
 0
‘जहाँ खाली जग्गा, त्यहीं एमाले’ : शेखर कोइरालाको टिप्पणी

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नेकपा एमालेमाथि भूमि हत्याउने प्रवृत्ति देखिएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले “जहाँ खाली जग्गा, त्यहीं एमाले” भन्ने टिप्पणी गर्दै एमालेका नेताहरू गोकर्ण रिसोर्ट, लिचीबारी, गिरीबन्धु टी-स्टेट लगायतका ठूला जग्गाहरूमा आँखा लगाउने गरेको बताए।

उनले भूमि सम्बन्धी विधेयकमा कांग्रेस सांसदहरूले राखेका संशोधनमाथि छलफल गर्न नदिएको गुनासो गर्दै भूमिसुधार मन्त्रीको राजीनामाको माग पनि दोहोर्याए।

साथै, सङ्घीय निजामती ऐनको कुलिङ अफ पिरियड हटाउने प्रयास एमालेबाट भएको भन्दै अब त्यसबारे लुकाउनुपर्ने अवस्था नरहेको उल्लेख गरे।

कोइरालाले एमालेलाई छलकपट गर्ने पार्टीको रूपमा चित्रण गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register