बेपत्ताको खोजीमा आफन्त,भेटिएका शवको पहिचान हुँदै

नवलपरासी।  नाबालक छोरासहित स्याङ्जास्थित कालिगण्डकी किनारबाट बेपत्ता युवतिको खाेजतलास निमित्त उनका आफन्त नवलपरासी आउँदै गरेको प्रहरीले जनाएको छ।जिप्रका नवलपरासी पूर्वले गत साउन ३१ गते १ महिला र भदौ १ गते १ बालककाे शव नारायणी किनारमा फेला परेको सूचना सार्वजनिक गरेसँगै स्याङ्जा कालिगण्डकी ४ बिर्घाबाट हराई रहेका  २७ वर्षीय श्यामकला पाण्डेडे र ७ वर्षका नाबालक छोरा […]

Aug 18, 2025 - 13:58
 0
बेपत्ताको खोजीमा आफन्त,भेटिएका शवको पहिचान हुँदै

नवलपरासी। 

नाबालक छोरासहित स्याङ्जास्थित कालिगण्डकी किनारबाट बेपत्ता युवतिको खाेजतलास निमित्त उनका आफन्त नवलपरासी आउँदै गरेको प्रहरीले जनाएको छ।जिप्रका नवलपरासी पूर्वले गत साउन ३१ गते १ महिला र भदौ १ गते १ बालककाे शव नारायणी किनारमा फेला परेको सूचना सार्वजनिक गरेसँगै स्याङ्जा कालिगण्डकी ४ बिर्घाबाट हराई रहेका  २७ वर्षीय श्यामकला पाण्डेडे र ७ वर्षका नाबालक छोरा अर्पित पाण्डेका आफन्त नवलपरासी आउँदै गरेका हुन् ।

बताए अनुसार गत साउन २३ गते  स्याङ्जा कालिगण्डकी गाउँपालिका स्थित काली गण्डकी किनारकाे प्रतिक्षालयमा महिलाले लगाउने चप्पल,हाते ब्याग र मोबाइल राखेर बेपत्ता दुवै जनाको परिवार,आफन्त,जनप्रतिनिधि तथा प्रहरीद्वारा कालीगण्डकी आसपास लगायत सर्वत्र खाेजि भइरहेकाे थियाे ।

हराएका परिवारका सदस्यकाे सकुशल भेटकाे प्रतिक्षा सहित खाेजतलासमा रहेका आफन्तजन पूर्वी नवलपरासी स्थित कालीगण्डकी मिसिएर बग्ने नारायणी नदी किनारका २ छुट्टाछुट्टै स्थानमा महिला र बालककाे शव फेला परेको खवरले भारी मनले तराई झरेका हुन् ।

पूर्वी नवलपरासीको कावासाेती १२ पिठाैली शिवमन्दिर नजिक भेटिएकाे महिलाकाे शव सडेगलेकाे अवस्थामा फेला परेको हाे ।

त्यसै गरी  महिलाकाे शव फेला परेको स्थल पिठाैली देखि झण्डै १५ किलाेमिटर दक्षिण पश्चिम मध्यविन्दु १२ भुपू नजिक नारायणी नदी किनारमा बालककाे शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिचान हुन नसकेकाे दुवै शवलाई स्थलगत मुचुल्का उठाई सनाखतका लागि प्रादेशिक अस्पताल डण्डामा राखिएकाे जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  मधु नेपालले बताए ।

बालककाे शवमा कानमा रहेको मुन्द्रा र घाँटीमा लगाएकाे कालाे डाेराे जस्ताे मालाले उक्त शव आमा श्यामकलासहित बेपत्ता बालककाे भएकाे आशंकामा आफन्तहरू कावासाेतीकाे डण्डा आएकाहुन् ।

यसै क्रममा कालिगण्डकी ४ का वडाध्यक्ष यादव पाण्डे,बेपत्ता बालकका पिता,हजुरबा सहित प्रादेशिक अस्पताल आइपुगि सकेकाे र माइति पक्षका आफन्त आई नसकेकाेले शव बेपत्ता आमा श्यामकला र छोरा अर्पितको हाे होइन पहिचान गर्ने काम वाकी नै रहेको प्रनाउ नेपालले बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register