क्रिश्चियन धर्ममा अन्धविश्वास एक चर्चा

लेखक: पेशल कुमार निरौला र निल कुमार क्षेत्री 

Jun 10, 2022 - 05:54
Jun 10, 2022 - 05:59
 0
क्रिश्चियन धर्ममा अन्धविश्वास एक चर्चा

भुमिका

क्रिश्चियन धर्म नै संसारको सबै भन्दा ठुलो धर्म मानिन्छ । विश्वको एक तिहाइ जति जनसंख्या क्रिश्चियन छन् । यस लेखमा किश्चियन धर्मका मुख्य आधारहरुलाई वाइवलको प्रकाशमा हेरिएको छ । यस लेखको मुख्य तर्क के हो भने किश्चियन धर्मका मुल आधारः जिसस ईश्वरका पुत्र हुन्, ट्रिनिटिको विचार र मनुष्युको पाप जिससको रगतले पखालि दिन्छ भन्ने हुन् । यि विचारहरु जिसस क्राइष्टका प्रवचनका आधार हेर्दाअन्धविश्वास देखिन्छन् । जिससले ट्रिनिटी, आफु ईश्वरको पुत्र भएको र उनको रगतले पाप पखालिने कुरा गरेनन् । उनले मोसेज र अब्राहमले जस्तै एउटै ईश्वर पुज्नु पर्छ ः भनेका थिए । यहा वाइवलका केही विरोधाभासहरु पनि देखाईएको छ । यस लेखमावाइवल नै हाम्रो मुख्य स्रोत हो । साथै अरु विद्घानका पुस्तकहरु पनि समावेश गरिएको छ ।

शब्दकुञ्जी ः जिसस, वाइवल, अन्धविश्वास, ईश्वर

क्रिश्चियन धर्मको सन्दर्भमा विभिन्न विद्घानहरुले कलम चलाएका छन् । धर्म मनुष्यले बनाएका कारण धर्म चलाउन अन्धविश्वासहरुको पनि सहयोग लिइएको हुन्छ । आजको विज्ञान र प्रविधिको युगमा त्यस्ता अन्धविश्वासलाई बाहिर ल्याउन आवश्यक छ ।

वरट्राण्ड रसेल विशौ शताब्दीका महत्वपूर्ण वेलायती दार्शनिक मानिन्छन् । उनले क्रिश्चियन धर्म माथिनै प्रश्न चिन्ह उठाएका छन् ।जस्तो जिसस क्राइष्टलाई नमान्नेहरु सधै भरिका लागि नर्कका अग्निमा जल्छन् । यस्तो संकथनलाई नैतिकताको आधारमा मान्न सकिदैन(रसेल सन् २००४,१३ १४) । रसलले तर्क गछन् कि क्रिश्चियन धर्मको मान्यतामा गैह क्रिश्चियनहरु दुष्ट । त्यस कारणले धर्मको नाममा क्रिश्चियनहरुलेमनुष्य माथि यातना र अत्यचार गरे ।मध्ये कालमा थुप्रै महिलाहरुलाई बोक्सिको आरोपमा जिउदै जलाए । चर्चले मनुष्यहरुको प्रगति, अपराधिक कानुनमा सुधार वा दास प्रथाको न्युनिकरण यि सबै कुरा विरोध गरोको छ । क्रिश्चियन धर्म दुनियाको नैतिकता प्रगतिको शत्रु हो (रसले सन् २००४,१६ १७) ।

 लडविगफ्यूखाक उन्नाइसौ शताब्दीका जर्मन दार्शनिक थिए । उनले जति क्रिश्चियन धर्मको आलोचना कसैले गरेको छैन । उनले तर्क दिन्छन् कि मनुष्य क्रिश्चियन  धर्मबाट माथि उठ्नु पर्छ । किनकि जसलाई क्रिश्चियनहरुले अलौकिक ज्ञान मान्छन् त्यो वास्तवमा मनुष्यहकै ज्ञान हो । ईश्वरको चेतना भनेको सांसारिक प्राणिहरुकै चेतना हो । मनुष्यले नै इश्वरको अवधारणा ल्यायो (फ्यूखाक सन् १८८१,२७०) । फ्यूखाकका अनुसार वाइवलको ईश्वर भनेको मनुष्यको भित्रि स्वभावको वाहिरी प्रक्षेपण हो ।फ्यूखाकका अनुसार क्रिश्चियन धर्मले मनुष्यको चेतनाको गुणहरुलाई कन्याबाट बच्चा जन्मने, पानि रक्सिमा परिवर्तन हुने र जिसस खुट्टाले पानि माथि हिँड्ने आदि । यस्ता मनुष्यहरुका कल्पनालाई पवित्र घटनाहरु मानिएको छ । यस्तो गरेर क्रिश्चियन र्धमले साँचो धर्मको सारलाई गलत तरिकासँग व्याख्या ग¥यो र त्यति मात्रै नभएरु मनुष्यको प्रवृत्ति र चेतनाको आधारभुत सत्यतालाई पनि गलत तरिकासँग व्याख्या ग¥यो । पवित्र चिज र सन्दर्भलाई सूचना गरेर मनुष्यालाई आफ्नो प्राकृतिक स्वाभावबाट टाढा लग्यो । जस्तो क्रिश्चियन र्धमले ईश्वर वा क्राइष्टको रचना गरेर प्रेम, सिर्जनशीलता र वुझाईलाई अलौकिक चिजहरु बनाएर प्रस्तुत ग¥यो । वास्तावमा यी गुणहरु मनुष्यका हुन् । तर क्रिश्चियन धर्मले मनुष्यलाई जन्मजात पापी बनाई दियो । उनका अनुसार यो ईश्वरको पुत्र मनुष्यको कल्पनाको उपज हो । कुनै पनि धर्म र दर्शन मनुष्यले नै बनाउछ । (फ्यूखाक सन्, १८८१)

रसेल र फ्यूखाकले आफ्नै क्षमता अनुसार क्रिश्चियन धर्मको आलोचना गरे । शैव सिद्धान्तको दृष्ट्रिकोणबाट हेर्दा क्रिश्चियन धर्मको मुख्य आधार तीनवटा छन् ः– जिसस ईश्वरका पुुत्र हुन, जिससको रगतले मनुष्यहरुको पाप पखालिन्छ र त्रिदेव वा ट्रिनिटीको विचार हो । जस अनुसार ईश्वर, उनका पुत्र र ईश्वरको पवित्र आत्माको एउटै सार वा तŒव छ । यि तिवटा आधारहरुलाई वाइवल कै प्रकाशमा नियाल्दा विवेकवादी सोच भन्दा टाढा जान्छ र बुझिन्छ कि अन्ध विश्वासलाई माने मात्रै यि तिनवटा आधारलाई स्वीकार गर्न सकिन्छ । पश्चिमा विद्धानहरुले नै वाइवलमा विरोधाभास छ भन्छन् । वाइवलको न्युटेस्टाम्यान्टमा २७ वटा पुस्तक छन् । जसमा मेथ्युु, मार्क, लुका र जोनका ४ वटा पुस्तक छन् । त्यस्तै पाचौँ पुस्तकलाई एक्स अफ द एपोसल्स भन्दछन् । तेह्रवटा पलका पुस्तकहरुपनि छन्् । त्यसपछि७ वटा एपिल्स भन्ने पुस्तकहरु छन् र अन्तिममा रिभिलेसनको पुस्तक छ । न्युटेस्टाम्यान्ट कोइन ग्रीक भाषामा लेखिएको छ । जुन विभिन्न भाषामा अनुवाद गरेको पाइन्छ । न्युटेस्टाम्यान्टका २७ वटा पुस्तकको पहिलो उल्लेख एउटा पत्रमा पाइन्छ । जुन एथेनासियस भन्ने अलेक्जेड्रियाका विशपले सन् ३६७ मा लेखेका छन् । (लिन्डवर्ग सन् २००६, १५) । यहाबाट के बुझिन्छ भने सन् चौथो शताब्दीमा न्युटेस्टाम्यान्ट थियो । तर वाइवलको इतिहास हेर्दा न्युटेस्टाम्यान्ट छैटौं शताब्दी पुर्नलेखन गरियो । सन् ५६६ को दस्तावेजमा भिक्टर टुनुन्यानसिसले भन्दछन् जब सन् ५०६ मा मेसल भन्ने कोस्टानटिनोपलका कन्सुल थिए तव सम्राट अनटासियसको आग्रहमा मेसलले वाइवललाई हेरेर सच्याए (युसेफ सन् १९९३, ८१) । त्यस्तै पिटर ड्यामियन (सन् १००७–१०७२) ले एघारौं शताब्दीमा भन्छन् कि केन्टरवरी (इग्ल्याण्ड)का अर्ध ल्यानफ््रयाङक ले आफ्ना शिष्यहरुको सहयोगमा पुरै वाइवललाई सच्याए । उनि इग्ल्यान्डमा क्रिश्चियन धर्मका सुधारक थिए (ल्याम्प सन्, १९६९, १४१) । यहाँबाट के स्पष्ट हुन्छ भने आजको बाइवलले एघारौं शताब्दी तिर आफ्नो रुप लिएको थियो । त्यसकारण बाइवलका संकथनहरुमा विरोधाभास छ । 

वाइवलमा विरोधाभासहरु

यहाँ बाइबलका विरोधाभासहरुका उदाहरण हेर्न आवश्यक छ । लुकको पुस्तकमा जिससले भन्छन् गरिवहरु धन्य छन् (लुक ६ः२०) तर मेथ्युुको पुस्तकमा जिससले भन्छन् गरिवहरु आफ्नो आत्मामा धन्य छन् (मेथ्युु ५ः३) । त्यस्तै मेथ्युुको मार्ककको पुस्तकहरुमा उल्लेख छ यो मानिस साँच्चिकै इश्वरको पुत्र हो (मेथ्युु २७ः५४, मार्क १५ः३९) । तर लुकमा उल्लेख छ कि यो साँच्चिकै धर्मि र न्यायी मानिस हो  (लुक २३ः४७) । त्यस्तै मेथ्युमा उल्लेख छ  कि जिसस ईश्वरका दुतहरुले बनाएका नियम, कानुन स्थापित गर्न, आएका हुन् (मेथ्युु २७ः५४, मार्क ५ः१७) । यहाँबाट बुझिन्छ कि जिसस ईश्वर होइनन् । उनि ईश्वरका दुत हुन् । तर जोनको पुस्तकमा उल्लेख छ कि जिसस सुरुबाट नै ईश्वर हुन् । (जोन १ ः१) । बाइबलमा जिससकै कथाको सन्दर्भमा विरोधाभास पाइछ । जसमा मुख्य विरोधाभासहरु यस प्रकार छन् । मेथ्युुका अनुसार पवित्र आत्माले मेरीलाई गर्भवती बनाएको कुरा एन्जेलले जोसेफलाई भन्छन् (मेथ्युु १ ः२०) । तर लुक अनुसार एन्जेलले त्यो कुरा मेरिलाई भन्छन् (लुक १ ः२८) मेथ्युुका अनुसार जेरुसेलमका राजा हेरोडले दुई वर्ष भन्दा मुनिका बालकहरुलाई हत्या गर्न लागेपछि जोसेफ र मेरी जिससलाई लिएर इजिष्ट भागेर गए (मेथ्युु २ ः१३–१६) तर लुकमा उल्लेख भए अनुसार जोसेफ र मेरिले जिससलाई जेरुसेलममा लगे । त्यहाँ मन्दिरमा रितिथिति गरेर उनिहरु गलिलि भन्ने नाजरेथको शरहमा पर्किए (लुक२ः२१–३९) लुकमा हरोडले बालकहरुलाई मारेको र जोसफको परिवार इष्टि गरेको उल्लेख छन । त्यस्तै मेथ्युुका अनुसार जिसले पहाडमा प्रवचन दिएका थिए (मिथ्यु ५ ः१) तर लुकका अनुसार त्यो प्रवचन उनले मैदानमा दिएका थिए । जहाँ उनका थुप्रै चेलाहरु थिए र थुप्रै मानिसहरु उनलाई सुन्न र रोग निको पार्न आएका थिए (लुक ६ः१७) ।

मेथ्युु र जोनका अनुसार यहुदीहरुले मात्रै मोक्ष प्राप्त गर्न सक्छन् । (मेथ्युु १५ः२४, १०ः५,६र जोन ४ः२२) । तर एक्टसको पुस्तक अनुसार गैह्र याहुदीहरुले पनि मोक्ष प्राप्त गर्न सक्छन् । (एक्टस १३ः४७,४८) । लुकका अनुसार जिससले शत्रुलाई विनाश गर्नुपर्छ भनेका छन् (लुक १९ः२७) । तर मेथ्युुका अनुसार जिससले शत्रुहरुलाई प्रेम गर्नुपर्छ भनेका छन् (मिथ्यु ५ ः४४) । मेथ्युुका अनुसार श्रीमान र श्रीमतीको विचमा विश्वासको सन्दर्भमा बाहेक छोडपत्र गर्नु गलत हो (मिथ्यु ५ ः३२) । तर मार्कका अनुसार कुनै पनि कारणले छोडपत्र गर्नु गलत हो (मार्क १० ः११,१२) ।जोनका अनुसार जिससका शब्दहरु राख्ने मानिसहरुले कहिलै मृत्यु देख्दैनन् (जोन ८ ः५१) । तर मेथ्युुका अनुसार जिससका चेलाहरुको हत्य हुनेछ (मिथ्यु २४ ः३–९) । जोनका अनुसार जसले आफ्नो भाईलाई घृणा गर्छ त्यो हत्यारा जस्तो हो  र कसैले ईश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाईलाई घृणा गर्छ भने त्यो असत्य बोल्ने व्यक्ति हो (१ जोन ३ ः१५,४ः२०) । तर लुकका अनुसार कुनै पनि व्यक्ति आफ्नो भाई घृणा नगर्दासम्म त्यो जिससको चेलो हुन सक्दैन (लुक १४ ः२६) । कोरिन्थीयन्सका अनुसार विधुवाहरुले पुर्नविवाह नगर्नु नै राम्रो हुन्छ ( १ कोरिन्थीयन्स ७ ः८) । तर तिमोथिका अनुसार युवती विधुवाहरुले पुनर्विवाह गनृू नै राम्रो हुन्छ (१ तिमोथी ५ ः११–१४) । जोनका अनुसार जिसस ईश्वरका पुत्र हुन् (जोन ६ ः६९,२०ः३१)। तर मेथ्युु र लुकका अनुसार जिसस मनुष्यका पुत्र हुन् (मेथ्युु १८ः११, लुक २१ः२७) । जोनको पुस्तकमा उल्लेख छ कि जिससले भने यदि कुनै व्यक्तिले आफैले साक्षी दिन्छ भने उसको गवाही सत्य हो (जोन ८ः१४) । तर त्यही पुस्तक अनुसार जिससले भने यदि कुनै व्यक्तिले आफैले साक्षी दिन्छ भने उसको गवाही असत्य हो (जोन ५ः३१) । 

वाइवलमा यस्ता केहि विरोधाभासहरु छन् । तर रमाइलो विरोधाभास के हो भने जिसस स्वर्गमा गएको संकथनमा नै विभिन्नता छ । क्रिश्चियनहरुले विश्वास गर्छन् कि मृत्यु पछि पुनर्जिवित भएको चालिसौ दिनमा जिसस उडेर स्वर्गमा गए (मार्क १६ः१४–१९) । तर लुकका अनुसार वेथानी भन्ने ठाँउमा जिससले आफ्नो हात उचालेर चेलाहरुलाई आर्शिवाद दिए र उनि उडेर स्वर्ग गए (लुक २४ः५०–५१) । त्यस्तै एक्टसका अनुसार ओलिभ्यको पहाडमा आफ्ना चेलाहरुको अगाडी जिसस उडेर स्वर्ग गएको संकथनमा नै विभिन्नता छ । क्रिश्चियनहरुले विश्वास गर्छन् कि मृत्यु पछि पुनर्जिवित भएको चालिसौ दिनमा जिसस उडेर स्वर्ग गए । मार्कका अनुसार जिसस एघार चेलाहरुका सामुन्ने आए । त्यतिखेर चेलाहरुले खाना खाँदै थिए र उनि त्यहिबाट उडेर स्वर्ग गए (मार्क १६ः१४–१९) । तर लृुकका अनुसार वेथानी भन्ने ठाउँमा जिससले आफ्नो हात उचालेर चेलाहरुलाई आर्शिवाद दिए र उनि उडेर स्वर्ग गए र कुइरोले गर्दा चेलाहरुले जिससलाई देखेनन् (एक्टस १ः९–१२) । मार्कका अनुसार जिससले भने कि उनको रगत थप्रै मानिसहरुका लागि वगेको हो (मार्क १४ः२४) । तर लुकका अनुसार जिससले भने उनको रगत आफ्ना चेलाहरुका लागि वगेको हो (लुक २२ः२०) सबभन्दा अचम्म लाग्ने कुरा के छ भने एक्टसका अनुसार जिसस पुनर्जिवित भएपछि चालिस दिनको दिन, स्वर्गमा गए (एक्टस १ः ३,९) तर लुकको पुस्तकमा यस सन्दर्भा दुइवटा संकथन छन् । जिसस पुनर्जिवित भएर तीन दिनको दिन स्वर्ग गए (लुक २४ः५०,५१) । त्यस्तै लुकका अनुसार जिसस क्रुसमा चढेको दिन नै स्वर्गमा गए (लुक २३ः४२–४३) त्यहाँ तीन दिन पछि पुनर्जिवित भए भन्ने छैन ।लुकका अनुसार पवित्र आत्मा प्रार्थना गरेर पाइन्छ (लुक ११ः१३) । तर जोन र एक्टसका अनुसार संसारमा जिसस स्वर्र्ग नजादा सम्म पवित्र आत्मा आएन (जो ७ः३९,१६ः७ एक्टस १ः३–८) । यदि जिसस संसारमा हुदा पवित्र आत्मा आउको थिएन भने मेरि पवित्र आत्माको कारण कसरी गर्भवती भइन । किनकी जिसस स्वर्ग गए पछि मात्रै संसारमा पवित्र आत्मा आयो । थेसालोनिन्सका अनुसार ईश्वरले मायाजाल फैलाउछन् र मानिसहरुले असत्यमा विश्वस गर्छन्, सत्यमा विश्वस नगर्नेहरु निन्दित हुन्छन् (२ थेसालोनिन्स २ ः११–१२) । तर लुकका अनुसार मनुष्यको मनबाट साच्चा शब्दहरु शैतानले आएर लग्छ र उनीहरु विश्वस नगर्ने हुन्छन् (लुक ८ः१२) वाइवलमा सवभन्दा ठूलो विरोधाभास के छ भने जोनका अनुसार जिसस ईश्वर हुन (जोन १०ः३०) । जिसस र ईश्वर एउटै हुन (जोन १ः१) । तर जोनकौ पुस्तकमा जिससलाई ईश्वरको पुत्र भनिएको छ । त्यहा उल्लेख छ कि ईश्वरले संसारलाई प्रेम गरेको कारण, आफ्नो एउटा पुत्र पठाए । जसले उनमा विश्वास गर्छ त्यो समाप्त हुँदैन र उसले अजम्बरी जिवन पाउँछ (जोन ३ः१६) मेथ्युुका अनुसार जिससले ईश्वर सित प्रश्न गरे कि उनले जिससलाई किन छोडे (मेथ्युु २७ः४६) । त्यस्तै लुकका अनुसार जिससले भने हे पिता मेरा आत्मा तिम्रो हातमा सुम्पी दिन्छु (लुक २३ः४६) यहाँबाट के बुझिन्छ भने जोनले जिससलाई नै ईश्वर बनाउछ र पछि जिसस ईश्वरको पुत्र हो भन्छ  यदि जिसस नै ईश्वर भए किन जिससले ईश्वरलाई प्रश्न गर्थे र आफ्नो आत्मा किन ईश्वरको हातमा सुम्पी दिन्थे । यो नै बाइवलको महत्वपूर्ण विरोधाभास हो । गभ्भिर भएर सोच्ने हो भने क्रिश्चिन धर्ममा नै विरोधा छ । रोमन क्याथोलिकहरुले मेरी र जिससको पुजा गर्दछन् । त्यस्तै प्रोटेस्टेण्टहरुले जिससलाई ईश्वर मान्दछन् वा ईश्वरका पुत्र्रामानेर जिससलाई नै पुज्य मान्दछन् जबकी मेथ्युु र लुकको पुस्तकमा जिससले एउटै ईश्वरलाई प्राथना गर्ने स्लोकहरु दिएका छन् (मेथ्युु ६ः९,लुक११ः२–४) । जिससले कहिल्यै पनि आफु र उनकी आमा मेरिलाई पुज्नु पर्छ भनेनन् । उनले ओल्ड टेस्टाम्यान्टका मोसेस र अब्राहमले जस्तै एउटा ईश्वरलाई पुज्नु पर्छ भनेका छन् । 

ईश्वरको सन्दर्भमा विचार विमर्श गर्दा एउटा संकथन निर्माण हुन्छ कि मनुष्य जातिले परापूर्व कालदेखि नै ईश्वरलाई मान्दै आएका छन् । आजका शिक्षित मानिसहरुले प्राचिन र मध्य कालमा संस्कृतिको विकासको क्रममा धर्मको सृजना भयो र अहिले धर्म पुर्खाहरुको विरासतको रुपमा छ भन्छन् । तर उनिहरुले पनि स्वीकार गर्छन् कि यो सृष्टि योजना अनुसार नियम अन्तर्गत चलाउने कुनै शक्ति छ । धर्ममा विश्वास नगरे पनि त्यो शक्ति जसलाई ईश्वर भन्छन्, त्यसमा विश्वास गर्न सकिन्छ । किनकी विज्ञानका विद्यार्र्थीहरुले पनि भन्छन्, मनुष्यको मानसिक रुप रेखामा ईश्वरको विश्वासको ढाँचा बनेको छ । प्राचीनकाल देखि ईश्वरको धारणा मुनुष्य सभ्यताको अभिन्न अङ्ग रहेको छ । ईश्वरको विचार वा धारणामा मनुष्यहरुको समाज अनुसार विभिन्नता पाइन्छ । अलौलिक शक्तिमा विश्वास गरे पनि संस्कृति अनुसार धर्महरुको विकास भयो । जसको एउटा पक्ष के हो भने ईश्वर नै मनुष्यको रुपमा आउछ वा कुनै मनुष्य ईश्वरको पुत्र हुन्छ । हिन्दु धर्मको वैष्णव सम्प्रदायमा विष्णुले विभिन्न अवतार लिन्छन् भने क्रिश्चियनहरुले जिससलाई स्वयं ईश्वर वा ईश्वरको पुत्र मान्छन् । अव यस लेखेको दोस्रो भागमा वाइवल कै आधारमा चर्चा गरिने छ कि के जिसस ईश्वरका पुत्र हुन? हाम्रो सामान्य बुद्धिले भन्छ कि मनुष्य ईश्वरको पुत्र हुनका लागि ईश्वरको श्रीमती हुन आवश्यक छ । यदि ईश्वरको श्रीमती छैनन् भने कसरी पुत्र जन्मिन्छ । ईश्वर शक्तिशालि छन् । यदि उनले श्रीमती विना नै आदमलाई बनाएका हुन भने आदमका सबै सन्तानहरु ईश्वरकै सन्तान हुन् । त्यसो हुँदा जिसस नै ईश्वरका पुत्र हुन सक्दैनन् । 

के जिसस ईश्वरका पुत्र हुन ?

प्राचीन कालका मनुष्यहरुमा ईश्वरले मनुष्यको रुप लिने वा मनुष्य र ईश्वर एउटै हुन । जस्तो जिसस र ईश्वर एउटै हुन् भन्ने कारणले जन्म लियो । किनकी प्राचीन मुनुष्यले राम्रो सित बुझ्न सकेनन् कि ईश्वरले सृष्ट्रिको रचना शुन्यताबाट गरेका हुन् । उनिहरुले मान्थे कि पदार्थ वा सामाग्रीबाट नै केहि वस्तुको निमार्ण गर्न सकिन्छ । जुन मनुष्यहरुकै जीवनको अनुभवबाट बनेको संकथन थियो । मनुष्यले काठका सामान बनाउट जस्तो कुर्सी । तर काठ रुख ढालेर आउछ । मनुष्यले रुख रोपे पनि त्यसको विज मनुष्यले बनाएको होइन । त्यस्तै मनुष्यले पेट्रोल निकाले पनि पेट्रोलियम पदार्थ जमिन मुनि पहिल्यैबाट हुन्छ । यहाबाट के बुझिन्छ भने सबैलाई थाहा छ कि पहिल्यैबाट रहेको पदार्थलाई प्रयोग गरेर वस्तुहरुको निर्माण हुन्छ । यो नै प्राचिन कालका मुनष्यहरको ईश्वरको धारणामा मुख्य समस्या थियो । उनिहरुले सोचे कि मनुष्यले जस्तै ईश्वरले पनि पहिल्यै रहेको पदार्थबाट वस्तुहरुको निमार्ण गर्छन् । त्यस कारणले ईश्वर आफै नआइकन मनुष्यको रुपमा आउनु पर्छ वा ईश्वरको पुत्र स्वर्गबाट पृथ्वीमा सिधै नझरीकन, जिसस मेरी भन्ने महिलाको गर्भबाट जन्मिनु पर्यो । शक्तिशाली ईश्वरले मनुष्यकी पुत्री मेरिको प्रयोगगरेर जिससलाई जन्माएको देखिन्छ । यस्तो संकथन प्राचीन क्रिश्चियनहरुको कल्पना मात्रै थियो । जबकि वाइवलमा उल्लेख छ कि ईश्वरका लागि सबै कुरा संभव छ (मेथ्युु १९ः२६,मार्क १०ः२७,१४ः३६ं)

यदि ईश्वर सृष्टिका रचयिता हुन् भने मनुष्य जुन ईश्वरकै रचना हो, उसका विशेषताहरु ईश्वर माथि लागु हुन सक्दैन । जस्तो मनुष्य जन्मिन्छन् र मर्छन् ।उनीहरुले खाना र जलको सेवन गर्छन् र उनीहरुले मलमुत्र त्याग गर्छन् । मनुष्य र ईश्वरका विशेषताहरु एउटै हुन सक्दैनन् । किनकि ईश्वर भनेका अलौकिक शक्ति हुन् । ईश्वरले मनुष्यको रुपमा लिन सक्दैन र उनका पुत्रले महिलाको गर्भबाट जन्म लिन सक्दैनन् । ईश्वरले बनाएको मनुष्यले ईश्वरलाई जन्म दिन सक्दैन, नत ईश्वरको पुत्रलाई जन्म दिन नै सक्छ । मनुष्य ईश्वरको कर्मबाट बनेको हो । ईश्वर पहिल्यैबाट थिए भने मनुष्यले ईश्वर वा उनका पुत्रलाई कसरी जन्माउन सक्छ । रचयिता र रचेको वस्तु फरक हुन् । त्यस्तो वस्तुबाट रचयिताको कसरी जन्म हुन सक्छ ? जस्तो मनुष्यले पानी पिउने वोतल वा गाग्री बनायो भने के मनुष्य त्यो वोतल वा गार्गीबाट जन्मिन सक्छ ? त्यस कारणले मनुष्यको परिवारमा जन्मेका जिसस ईश्वर वा ईश्वरका पुत्र हुन सक्दैनन् । ईश्वरले आदमको रचना गरेका कारणले आदम र हब्वाका सबै सन्तानहरुलाई ईश्वरका पुत्र र पुत्री भन्न सकिन्छ । क्रिश्चियनहरुको विश्वासमा जिसस ईश्वरका पुत्र हुन वा जिसस नै ईश्वर हुन भन्ने दिव्य कथन अन्धविश्वसमा आधारित छ । जुन प्राचीन कालका मनुष्यहरुको अज्ञानताको प्रमाण हो । आजको सन्दर्भमा सोच्दा कुनै साधु वा धर्म गुरुलाई ईश्वरको पुत्र वा ईश्वर मान्नु भनेको त्यस व्यक्तिको देवत्वकरण गर्नु हो । जवकि वाइवलमा जिससले आफैलाई ईश्वरको पुत्र वा देवता भनेको देखिदैन । ध्यान दिएर वाइवलमा गणना गर्ने हो भने जिससले आफैलाई ८८ पटक मनुष्यको पुत्र भनेका छन् । बाइवलमा ईश्वरको पुत्र भनेको आलंकारिक देखिन्छ । जसको अर्थ हुन्छ ईश्वरलाई मान्ने हो या र्धम लागेको व्यक्ति वा सन्यासी हो । त्यस्तै बाइवलमा डेभिडलाई ईश्वरको सेवक भनिएको छ । (लुक १ः६९, एक्टस ४ः२५) जिससलाई पनि ईश्वरको सेवक भनिएको छ । –मेथ्युु १२ः१८, एक्टस ३ः१३, २६,४.२७,३०) । न्युटेस्टाम्यन्ट पल्टाउदा सुरुकै पुस्तकमा जिससको वंशावली दिइएको छ , जसमा जिससलाई राजा डेभिडका पुत्र भनिएको छ र डेभिडलाई अब्राहमको पुत्र भनिएको छ । अव्राहमका वंशज जोसेफ थिए र जिसस जोसेफका पुत्र थिए (मेथ्युु १ः१–१७) । त्यहाँ उल्लेख छ कि जिससकी आमा मेरी पवित्र आत्मा मार्फत गर्भवती भएको थिइन किनकी जिससको जन्म मनुष्यहरुलाई पापबाट जोगाउन हुनेवाला थियो (मेथ्युु १ः१८,२१) यहा पवित्र आत्मा भनेको ईश्वरको प्रतिनिधि देखिन्छ । जिसस धर्म गुरु भएका कारण पवित्र आत्मालाई संकथन सित जोडेको बुुझिन्छ । जसले जिससको महत्व देखाउछ । 

जिससलाई बालइवलमा इम्मानुअल भनिएको छ जसको अनुवाद ईश्वर हामी सित छन् भनिएको हो । जिससको सन्दर्भमा इम्मानुअलको अर्थ ईश्वर सित नजिकको व्यक्ति वा ईश्वरको भक्त भनिएको हो (मेथ्युु १ः२३) । त्यस्तै ईश्वरलाई मान्ने भएर आदमलाई ईश्वरको पुत्र भनिएको छ (लुक ३ः२८) जिससको सन्दर्भमा उल्लेख छ कि अचानक स्वर्गबाट ध्वनि आयो यो मेरो प्यारो पुत्र हो, जो सित म प्रसन्न छु (मेथ्युु ३ः१७) यसलाई मात्रै प्रमाण मान्न सकिदैन कि जिसस साँच्चिकै ईश्वरका पुत्र हुन । ओल्डटेस्टाम्यान्टको साम्युयल र क्रोनिकल्समा उल्लेख छ कि ईश्वरले राजा सोलोमनलाई पनि आफ्नो पुत्र भनेका छन् (२ समाम्युयल ७ः१३–१४, क्रोनिकल्स २२ः१०) । त्यस्तै ईश्वरका भक्तहरुलाई उनकै सन्तान भनिएको छ (डयुटेरोनामि १४ः१) त्यस्तै जोनको पुस्तक अनुसार ईश्वरले अति प्रेम गरेका कारण मनुष्यहरुलाई उनकै सन्तान भन्नु पर्छ (१ जोन ३ः३) उचित कर्म गर्नेहरु धन्य छन् किनकी उनीहरु ईश्वरका पुत्रहरु भनेर चिनिन्छन् (मेथ्युु ५ः९) । त्यस्तै उनले भन्छन् स्वर्गमा बस्ने पिताको सन्तान तिमिहरु हुन सक्छौं (मेथ्युु ५ः४५) । मेथ्युका पुस्तक अनुसार ईश्वरले भन्छन् यहाँ मेरो सेवक छ, जसलाई मैले छनोट गरेको छु । उसलाई म प्रेम गर्छु र म उ सित प्रसन्न छु । मैले मेरो आत्मा उसमा हाली दिन्छु र उसले राष्ट्रहरु वा गैर जातिहरुमा न्यायको घोषण गर्ने छ । (मेथ्युु १२ः१८) । यहाँ सेवक भनेको जिसस हुन । बाइवलमा ईश्वर मान्नेलाई उनका पुत्र वा सेवक भनिएको छ । जस्तो डेभिडलाई पनि ईश्वरको सेवक भनिएको छ (लुक १ः६९, एक्टस ४ः२५) । यहाँबाट के बुझिन्छ भने जिससलाई मात्रै बाइवलमा ईश्वरका पुत्र भनिएको छैन । 

जिससले भन्छन् म मेरो र तिमिहरुको पिता, मेरो र तिमिहरुका ईश्वर सित जाँदैछ (जोन २०ः१७) । उनले भने मैले आफैले केहि गरेको छैन । मेरो पिताले सिकाए अनुसार प्रवचन दिन्छु(जोन ८ः२८) उनले भन्छन् म आफै केहि गर्न सकिदैन । मैले जे सुन्छु त्यहि अनुसार न्याय गर्छु र मेरो न्याय ठिक छ । म आफ्नो इच्छा अनुसार नभएर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु (जोन ५ः३०) यदि जिससले ईश्वरत्व दावि गरेनन् भने उनी वास्तवमा को थिए । यस प्रश्नको उत्तर बाइबलमा नै छ । जसका अनुसार जिसस गलिलि भन्ने नजारेथ क्षेत्रका अगमवक्त्ता वा गुरु थिए (मेथ्युु २१ः११) त्यस्तै जनताले भने निश्चय नै यिनि संसारमा आउने अगमवक्ता हुन् (जोन ६ः१४) ।मार्कको पुस्तकका अनुसार एउटा व्यक्तिले जिससलाई भन्यो गुरु तपाइले उचित कुरा गर्नुभयो कि ईश्वर एउटै छन्  र उनि बाहेक कोहि पनि छैन (पार्क १२ः३२) । जिससले ईश्वरलाई मात्रै मान्न सिकाएका थिए । उनले भने ईश्वरलाई मात्रै पुजा र सेवा गर्नुपर्छ (मेथ्युु ४ः१०) त्यस्तै ओल्ड टेस्टाम्यान्टमा पनि ईश्वर सित डराउनु, उनको मात्रै सेवागर्नु र उनको नाममा मात्रै सफथ लिनु भनिएको छ (डयुटेरोनोमि ६ः१३) तिमोथीको पुस्तक अनुसार ईश्वर धन्य र एक मात्र शासक हुन । राजाहरुका राजा र प्रभुहरुका प्रभु हुन । उनि मात्रै अमर छन् र अतुल्य प्रकाशमा बस्छन् । उनलाई न कसैले देखेको छ न त देख्न सक्छन् । उनको सम्मान र शक्ति सदा सर्वदा रहोस (१ तिमोथी ६ः१५–१६) । यदि जिसस नै ईश्वर हुन्थे भने बाइबलमा ईश्वरलाई कसैले देखेको छैन न त कसैले देख्न सकछ भनेर लेखिदैनथ्यो । जिसस संसारमा हुँदा थुप्रै मानिसहरुले उनलाई देखेका थिए । त्यस कारणले जिसस ईश्वर हुन सक्दैनन् । एक्टसको पुस्तक अनुसार अब्राहम इसाक र जेकवका ईश्वर हाम्रा पिताहरुका ईश्वरले आफ्नो सेवक जिससलाई महिमा मण्डित गरे (एक्टस ३ः१३) । यहाँबाट के बुझिन्छ भने जिसस ईश्वरका सेवक वा अगमवक्ता थिए । यसको अर्थ हुन्छ उनि धर्म गुरु थिए । जिससले आफ्ना शत्रुहरुलाई भने तिमिहरुले मेरो हत्या गर्न खोज्दछौ । मैले ईश्वरबाट सुनेर तिमिहरुलाई सत्य भनेको छु (जोन ८ः४०) । यहाँबाट के बुझिन्छ भने जिससलाई मात्रै ईश्वरका पुत्र, ईश्वर वा उनको देवत्वकरण गर्नु भनेको क्रिश्चियनहरुको अन्ध विश्वास हो । 

बाइबलमा हेर्दा जिससका अनुसार ईश्वरीय आदेश भनेको दुइवटा मुख्य छन् । जिससले भन्छन् सबभन्दा महत्वपूर्ण आदेश भनेको ईश्वर एउटै छन् । ईश्वरलाई हृदय, आत्मा मन र पुरै शात्तिले प्रेम गर । दोस्रो आदेश यो हो कि तिमिले आफुलाई जत्तिकै छिमेकीलाई प्रेम गर । यि आदेशहरु भन्दा अरु कुनै पनि ठूलो आदेश छैन (मार्क १२ः२९,३१) । यसरी हेर्दा देखिन्छ कि मोसेसेसले पनि जिससले जस्तै त्यो पहिलो आदेश सिकाएका थिए । ईश्वर एउटै छन् । उनलाई हृदय आत्मा र तिमिहरुको शक्तिले प्रेम गर (डयुटेरोनोमि ६ः४–५) हाम्रो माथिको छलफलले देखाउछ कि जिससले एउटा ईश्वरको मात्रै पुजा गर्न भनेका छन् । तर पनि क्रिश्चियनहरुले मान्दछन् कि ईश्वर, पुत्र र पवित्र आत्मा सितै जिससलाई पनि ईश्वरकै पुजामा हिस्सेदार बनाई दिन्छ । जसले जिससको सवभन्दा ठूलो सन्देशको उलंघन गर्छ । यस क्रिश्चियनहरुको संकथनलाई ट्रिनिटिको विचार भनिन्छ । यस विचारको सन्दर्भमा विमर्श गर्न शावश्यक छ । किनकी ट्रिनिटि एउटा क्रिश्चियन धर्मको मुख्य आधार हो । जसले अरु धर्महरुबाट क्रिश्चियन धर्मको मुख्य आधार हो । जसले अरु धर्महरुबाट क्रिश्चियन धर्मलाई भिन्न बनाई दिन्छ । एउटा ईश्वरको धारणा सनातन वैदिक धर्म, जुडाइज्म (यदुदी धर्म) र इस्लाममा पनि छ । गौतम बुद्धले ईश्वरलाई नमाने पनि आज बौद्धहरुले बुद्धलाई नै ईश्वर मान्छन् । यस लेखको तेस्रो भागमा ट्रिनिटिको चर्चा गरिने छ । जसले क्रिश्चियन धर्मलाई अलग्गै बनाई दिएको    छ । 

ट्रिनिटिको विचार

ट्रिनिटिको संकथन भनेको यस्तो विचार हो कि जुन क्रिश्चियन धर्ममा अन्धविश्वास गर्ने मानिसले मात्रै स्वीकार गर्न सक्छ । किनकी विवेक प्रयोग गरेर सोच्ने हो भने ट्रिनिटिको संकथन समस्याग्रस्त छ । क्रिश्चियनहरुले बाइबलका केहि श्लोकहरु देखाएर ट्रिनिटिलाई जिसस र मोसेसले दिएको सबभन्दा ठूलो सन्देश नै प्रमाणित हुन्छ । जुन एउटै ईश्वरको पुजा आरधना गर्नु हो र क्रिश्चियनहरुले देखाउने ओल्ड टेस्टाम्यान्टको यशायाहको दुईवटा श्लोक हुन । यि श्लोकहरु यस प्रकार छन् । हाम्रा लागि एउटा वालख जन्नेछ, हामीलाई एउटा पुत्र प्राप्त हुनेछ र सरकार उनकै काधमा हुनेछ र उनको नाम अद्भुत परामर्शदाता, शक्तिशालि ईश्वर, अजम्बरी पिता र शान्तिको राजकुमार हुनेछ । उनको सरकारको माहनता र शान्तिको कुनै अन्त्य हुने छैन । उनले डेभिडको सिंहासन माथि राज्य गर्ने छन् । उनले न्याय र धार्मिकताको स्थापना र पालना सधै भरिका लागि गर्ने छन् । यो पुरै सर्व शक्तिशाली ईश्वरको उत्साहले हुनेछ (यशायाह ९ः६–७) । यि श्लोकहरुमा बालख, पुत्र र डेभिडको सिंहासन माथि राज्य गर्ने व्यक्तिको संकेत जिससलाई गरिएको छ । तर अद्भुत परामर्शदाता, शक्तिशाली ईश्वर, अजम्वरी पिता र शान्तिको राजकुमार चाहि ईश्वरलाई संकेत गरिएको हो । यहाँबाट केदेखिन्छ भने ईश्वरको उत्साहले एउटा पुत्र जन्मिने छ, जुन जिसस हुन् । उनले न्याय र धार्मिकताको सन्देश दिने छन् । तर क्रिश्चियनहरुले भन्छन् कि अद्भुत कि अद्भुत परामर्शदाता, शक्तिशालि ईश्वर, अजम्बरी पिता र शान्तिका राजकुमार भनेको पनि जिसस क्राइष्ट नै हुन । यो क्रिश्चियनहरुले यि दुइवटा श्लोक देखाएर पिता र पुत्र एउटै हुन भन्न खोजेका छन् । जुन कुरा आतार्किक छ । 

ट्रिनिटिको पक्षमा क्रिश्चियनहरुले देखाउने अरु दइवटा श्लोक छन् । जुन यस प्रकार छ, ईश्वरले तिमिहरुलाई एउटा संकेत दिन्छन् । एउटी कन्या गर्भवती हुन्छिन् र पुत्रलाई जन्म दिन्छन् । त्यसपछि उनि इमान्युलको नामले चिनिन्छन् (यशामाह ७ः१४) । हेर एउटी कन्या गर्भवती हुने छिन् र पुत्रलाई जन्म दिने छिन् र तिनिहरुले त्यसको नाम इमान्थुयल राख्ने छन् । जसको अर्थ हुन्छ ईश्वर हामी सित छन् (मेथ्युु १ः२३) । यि श्लोकहरुबाट के बुझिन्छ भने एउटी कन्या गर्भवती भएर जन्मेको बच्चाको नाम इमान्युयल राखिने छ । तर क्रिश्चियनहरुले त्यो बच्चा नै ईश्वर हो भन्छन् । जुन असत्य हो । मेथ्युु र लुकको पुस्तकमा उल्लेख भए अनुसार त्यो बच्चाको नाम जिसस थियो । त्यहाँ जिसस नै ईश्वर हुन् भनिएको छैन (मेथ्युु १ः२५, लुक १ः३०–३१) । इमान्युयलको अर्थ ईश्वर हामी सित छन् भनेको ईश्वरले हामीलाई सहयोग गर्छन् भनिएको हो । तर क्रिश्चियनहरुले जिसस नै ईश्वर हुन् भनिएको छैन् (मेथ्युु १ः२५, लुक १ः३०–३१) । इमान्युयलको अर्थ ईश्वर हामी सित छन् भनेको ईश्वरले हामीलाई सहयोग गर्छन् भनिएको हो । तर क्रिश्चियनहरुले जिसस नै ईश्वर हुन् भन्छन् । उनिहरुले दावि गर्छन् कि इमान्युयल भनेका जिससको रुपमा ईश्वर संसारमा आएका हुन् । जुन असत्य हो । त्यस्तै क्रिश्चियनहरुले रेभेलेसनको पुस्तकमा भएको श्लोक देखाएर पिता र पुत्र अजम्बरी छ भन्छन् । त्यो श्लोक यस प्रकार छ, म अल्फा र ओमेगा हुँ सुरुवात र अन्त्य, ईश्वरले भन्छन् त्यो सर्वशक्तिमान जुन छ जुन आउने वाला छ (रेभेलेसन १ः८) । यहाँ वास्तवमा अल्फा र ओमेगा भनेको ईश्वर हुन् र सर्व शक्तिमान भनेका जिसस हुन् र उनी भविष्यमा फेरि संसार आउने भनिएको हो । यस श्लोकले ट्रिनिटीलाई प्रमाणित गर्न सक्दैन । किनकी, यहाँ, पिता र पुत्र भनिएको छैन । ईश्वर र जिससलाई मात्रै संकेत गरिएको छ । त्यहि रेभेलेसनको पुस्तकमा ईश्वरलाई नै अल्फा र ओमेगा भनिउको छ । म अल्फा र ओमेगा हुँ, सुरुवात र अन्त्य हुँ र म तिर्खाहरुलाई सितैमा जिवनको पानिको धाराबाट पानि दिन्छ । विजय हुनेले त्यो पाउँछन् । म उनिहरुको ईश्वर हुन्छ र उनीहरु मेरा सन्तान हुन्छन् (रेभेलेसन २१ः६–७) । यसले देखाउछ कि ईश्वर एउटै छन् र मनुष्यहरुले उनलाई नै मान्नु पर्छ । 

बाइबलमा स्पष्ट लेखिएको छ, कि अब्राहम, इसाक र जेकोवका ईश्वरले आफ्नो सेवक जिससलाई भहिमा मण्डित गरे (एक्टस ३ः१३) । त्यस्तै मेथ्युुको पुस्तकमा उल्लेख छ कि मनुष्यहरु तयार हुनुपर्छ किनभने मानिसको पुत्र आशा नगरेको समयमा आउछन् (मेथ्युु २४ः४४) । यहाँबाट देखिन्छ कि जिसस मानिसका पुत्र हुन् र यहाँ ट्रिनिटिको विचार गलत हो भन्ने सिद्ध हुन्छ । जिसस ईश्वरका आगमवक्ता वा धर्म गुरु थिए । उनि मनुष्य नै थिए । जुन बाइबलबाट नै देखिन्छ । मार्कका अनुसार अर्को दिनमा वेथानी छोड्दा जिससलाई भोक लाग्यो । अलिक टाढा एउटा जिससले पातैपात भएको नेभाराको रुख देखे । उनले फल छ कि भनेर हेर्न गए तर नेभाराको मौसम नभएको कारण रुखमा पातहरु मात्रै थिए (मार्क, ११ः१२–१३) । ट्रिनिटी विचारको इतिहास हेर्दा देखिन्छ कि सन् दोस्रो शताब्दिमा ग्रीकहरुले विश्वास गर्थे, ईश्वरकै अधिनमा छ । जुन जिसस क्राइष्ट हुन । त्यसपछि उनीहरुले ईश्वरको बुद्धि र जिससको धारण ल्याए (केली सन् १९७८, ९९–१०४) । ग्रीकहरु विवेकवादी थिए । त्यस कारण उनीहरुले तर्क गरे कि ईश्वरका शब्दलाई छुट्टै अस्तित्व दिए । उनका शब्दले नै ईश्वरका दुत वा आगमवक्ता मार्फत ईश्वरका शब्दहरु सुनिन्छन् । जिसस क्राइष्टको रुपमा ईश्वरको शब्द हाड र मासुले बनेको मुनष्य भयो । यसरी ग्रीकहरुले ईश्वर बाहेक जिससको पनि देवत्वकरण गरे (फर्गुसन सन् २०१३,७५–७६) ।

विद्वानहरुले ग्रीकहरुको विवेकवादी दर्शनले जिससको देवत्वकरण भयो भन्छन् । तर हामीहरुले ग्रीकहरुकोसंस्कृतिमा हेर्दा देखिन्छ कि जियस भन्ने ग्रीक ईश्वरले महिलाहरु सित संभाग गरेर बच्चा जन्माउथ्यो । उनीहरुले विश्वास गर्थे आमा भनेकी बच्चाको हेरचाह गर्ने मात्रै हो । बच्चा पिताजीको विजबाट जन्मिन्छ । पिता नै जन्मदाता हो –क्वीलस सन् १९८५, ४१) । जियस भन्ने ईश्वरले सिमेल भन्ने महिलालाई गर्भवती बनाउदछन्  र बच्चा जन्मिन्छ । जसको नाम डिओनिसस थियो । जुन ग्रीकहरुको देवता थिए (क्वीलस सन् १९८५,४१) । जियसले थुप्रै महिलाहरुबाट बच्चा जन्माएका थिए –क्वीलस सन् १९८५, ५१) । ग्रीकहरु क्रिश्चियन हुन भन्दा पहिल्यैको धार्मिक संकथनले जिससको सन्दर्भमा पनि संकथन बन्यो कि जिसस ईश्वरका पुत्र हुन् । जुन मेरिको गर्भबाट जन्मिएका थिए । बाइवलको ईश्वरले महिला सित संभोग गर्ने कुरा क्रिश्चियनहरुले सोच्न सक्थेनन् । त्यस कारणले क्रिश्चियन बनेका ग्रीकहरुले भने कि मेरीलाई ईश्वरले पवित्र आत्मा पठाएर कन्या हुदै गर्भवती बनाई दिए । यहाँबाट हामीहरुले बुझिन्छ कि क्रिश्चियन धर्म प्राचीनकालको ग्रीक संस्कृतिबाट प्रभावित छ । तर पनि अरु क्रिश्चियन जस्तो एबिओनाइटहरुले जिससको देवत्वकरणलाई स्वीकार गरेनन् । उनीहरुले विश्वास गर्थे कि ईश्वरले जिससलाई आफ्ना सन्देशहरु मनुष्यलाई दिन संसारमा पठाएका थिए । जिसस ईश्वरका दुत वा आगमवक्ता मात्रै थिए । उनीहरुको दृष्ट्रिकोण वाइबल अनुसार थियो (बर्नाड सन् १९९५, १ः३१–४२) । तर ग्रीक र अरु युरोपियनहरुले एविओनाइटहरुको कुरै सुनेन् र युरोपियनहरु कै विचारले क्रिश्चियन धर्मको रुपरेखा बन्यो । सन् तेस्रो शताब्दीमा ट्रिनिटिको विचार बन्यो र सार्वजनिक चर्चहरुका भवन बने (बनार्ड सन् १९९५,६२) । यस समयमाक्रिश्चियनहरुको उत्पीडन भएको थियो । सन् २५० मा रोमन सम्राट डेसियसले सुरुवात गरेको अत्याचार कन्स्टेनटाइनको पालामा आएर अन्त्य भयोे । सन् ३१३ मा मिलानको नियमले क्रिश्चियन धर्मलाई रोमन साम्राज्यमा सहिष्णुता दिएर चर्चहरु संगठित हुने अधिकार दिइ धार्मिक स्वतन्त्रता दियो (बर्नाड सन् १९९५,६५–६७)

सन् तेस्रो शताब्दीमा क्वीटस सेप्टीस फ्लोरेन्स टर्टलियन (सन् १६०–२२५) भन्ने कार्थेजका विद्घानले ट्रिनिटिको व्याख्या गरे । उनका अनुसार पिता, पुत्र र पवित्र आत्मा  तŒव, अवस्था र शŒिाmमा एउटै छन् । टर्टुलियनले तर्क गरे कि पिता र पुत्रको सम्बन्ध सूर्य र सुर्यका प्रकाश जस्तै हुन् (१९९५, ८१–८७) उनका अनुसार पिता साच्चो ईश्वर हुन भने पुत्र उनका प्रकाश हुन् ।जस्तै दोस्रो स्थानमा छन् (बनार्ड सन् १९९५, १ः६१ ८६) । टटुलियनका अनुसार पवित्र  आत्माको तेस्रो स्थान  छ  । किनकि पवित्र आत्मा ईश्वरबाटै आाए पनि त्यो  ईश्वर र पुात्रकै  अधिनमा छ (बनार्ड सन् १९९५, ८६) । तेस्रो शताब्दीका ग्रीक विद्घान क्लीमेन्टले संकथन दिए कि पितालाई चिन्न उनका शब्द वा पुत्र मार्फत मात्रै संभव  छ । जुन  ईश्वरका विवेक हुन् (केली सन् १९७८,१२७) । उनले  भने कि पुत्र पितामा छन्  र पिता पुत्रमा छन्  । त्यस्तैपुत्रवाशब्दबाटएउटा प्रकाश आउछरपितापुत्रमाछन्। त्यस्तैपुत्रवाशब्दबाटएउटा प्रकाश आउछरधर्म मान्नेहरुको मार्ग दर्शन गर्छ ।  त्यो प्रकाश भनेको पवित्र आत्मा हो, जसले मनुष्यहरुलाई ईश्वर प्रति आकर्षित गर्छ (केली सन् १९७८,१२७) त्यस्तै ओरिगन भन्ने अर्का विद्घानाले भनेकी पुत्र पनि पिता जस्तै अजम्बरी हुनुपर्छ (बनार्ड सन् १९९५, ८३ ८४) । उनले तर्क गरे पुत्रकै अलग्गै अस्तिव छ र पिता नै ठुलो ईश्वर हुन् (ग्रीन सन् २०१०,१३– १३७) । यहावाट के बुझिन्छ भने ट्रिनिटिको विचार युरोपियनहरु विकास गरे । सन् ३२५ मा   रोमन सम्राट कन्स्टेनटाइन–१ ले काउन्सिल अफ नाइसियको साम्मेलन गरेर घोषणा गराए कि जिसस ईश्वर हुन् एवं पिता र पुत्र एउटै तत्वका हुन् (बनार्ड सन् १९९५, ९८–९९) । आठौ शताब्दी तिर अथानासियन भन्ने विचार धाराले स्थापित गरिदियो कि पिता पुत्र र पवित्र आत्मा एक समान छन्, अजम्बरी छन्   र स्थिर छन् (बनार्ड सन ्१९९५, ९८) ।

ग्रीकहरुले ट्रिनिटिको विचार मात्रै नभएर अर्को विचार अर्को  विचार पनि दिए  कि मनुष्यको प्रकृति पापी हुन्छ र जिसस क्राइष्टको मृत्यु र पुर्नउथानले मनुष्यको पाप पखालिन्छ, किनकि पिता त्यो बलिदानले  प्रसन्न हुन्छन । जिसस ईश्वरका पुत्र भएकाले  वलिदानमा मरेको पुत्रलाई फेरि जिवित ईश्वरले  वनाइ  दिए । त्यस कारणले क्रिश्चियनहरुले विश्वास गर्छन् मिनुष्यको पाप सिसका रगतले पखालि दिन्छ । यो विचारलाई लेखको अन्तिम भागमा चर्चा   गरिएको छ । 

के जिससको  रगतले पाप पखालि दिन्छ ?

यस विषयको चर्चा गर्नु भन्दा पहिला वुझ्न आवश्यक छ कि मुक्ति भनेको पाप र दण्डवाट मुक्त हुनु हो । यस्तो शुभकार्य चाहि जिससको रगतले गर्दछ । विवेकवादी भएरहेर्दा एउटा धर्म गुरु वा साधुलाई बलिको बोको  वनाउनु भनेको अन्याय हो ।  जुन मानवताले पनि सहन सक्दैन  । तर अन्ध विश्वासमा नै हुर्किएको मानिसले सजिलै स्वीकार गर्छ कि मनुष्य जातिको पाप जिसस  क्रुशमा चढेर उनको रगतले पखालिन्छ । यस्तो तर्कहिन संकथन आज  पनि क्रिश्चियन मेसिनरीहरुले एशिया र अफ्रिकाका मुलुकहरुमा प्रचार गरि रहेका छन्  । यस विचारलाई ओल्ड टेस्टाम्यान्टले नै खण्डित गर्छ । जहा उल्लेख छ  कि हरेक मानिस आपनो पापको कारण मृत्यु दण्ड पाउछ (डयुटोरोनोमि २४ः१६) । त्यस्तै मेथ्युु र लुकका पुस्तक अनुसार पनि जिससले पाप र सजायबाट  मुक्ति पाउन ईश्वरका आदेशहरु मान्न भनेका छन् । (मेथ्युु १९ः१६–१७, लुक  १०ः२५–२८) । क्रिश्चियन धर्म ग्रीकहरुमा फैलिए पछि जिससको वलिदानको अवधारणा वन्यो । जुन रोमान्सको पुस्तकमा उल्लेख छ, जहा भनिएको छ कि ईश्वरले संसारलाई प्रेम गरेका कारण जिसस वलि चढ्र्न पठाएका हुन् (रोमन्स ५ः८) । यस्तो किन भयो भने ग्रीकहरुले देवी देवताहरुलाई वलि चढाउथे । उनीहरु क्रिश्चियन धर्ममा रुपान्तरण हुँँँँँँँदा पशु वलि दिन पाउदैनथे, त्यस कारणले ईश्वरले सधै भरिका लागि एउटा जिससको वलि  दिएर मनुष्यहरुका पाप पखालिन्छ भन्ने अवधारण आयो । ग्रीकहरुको देवी देवता लाई चढाउने वलि प्रथा वन्द भयो  । यस पछि उनीहरु क्रिश्चियनमा रुपान्तरण भए । रोमन र ग्रीकहरुको संस्कृतिमा  क्रुशको महत्व थियो । जस्तो डिओनिसस र एपलो देवताहरुको प्रतिक क्रुश थियो (वुसेनबार्क  सन्  १९४९,१४४) । ग्रीक क्रिश्चियनमा रुपान्तरण भएपछि क्रुश जिससको प्रतिक वन्यो । यदि मनुष्यको पाप क्षमा गर्न नसक्ने र  जिससको वलि चाहिने भए वाइवलमा  किन लेखिन्थ्यो कि ईश्वरले क्षमा  गरेर मनुष्यको पाप क्षमा गर्न नसक्ने र जिससको वलि चाहिने भए बाइबलमा किन लिखिन्थ्यो कि ईश्वरले क्षमा गरेर मनुष्य प्रति प्रेम र दया देखाउछन् (मेथ्युु ६ः१२) ।

ग्रीकहरु क्रिश्चियन धर्ममा आउदा उनीहरुले ईश्वरलाई पनि अन्यायपूर्ण बनाई दिए । जसले आफ्नै निर्दोष पुत्रको हत्या पछि मात्रै सन्टुष्ट हुन्छ । क्रिश्चियनहरुले प्रचार गरे कि मनुष्य जन्मजात पापी हो, किनकी उनीहरुका पुर्खा आदमले निषेधित स्याउ जस्तो फल खएका थिए । आदमले एउटा फल खाएर गल्ती गर्दा पुरै मनुष्य नै जन्मजात पापी भयो । यस पापका कारण मनुष्यले आफै पापबाट मुक्त पाउन सक्दैन । उसले जति जति राम्रो कर्म गरे पनि ईश्वरको न्यायलाई सन्तुष्ट पार्न सक्दैन । आदम कै त्या पापले गर्दा मनुष्यको मृत्यु हुन्छ । मनुष्यलाई पापबाट मुक्ति दिनका लागि जिससले क्रुशमा चढ्नु प¥यो र उनकै रगतले त्यो पाप पखालि दिन्छ । आदमले एउटा फल खाएको हुँदा जिससले त्यत्रो ठूलो दण्ड भोग्नु पर्यो । जिसस फेरि पुनर्जिवित भएर मृत्युलाईनै जिते र धार्मिकताको पुनस्र्थापना भयो । त्यस कारणले क्रिश्चियनहरुले मान्छन् कि मुक्ति पाउनका लागि जिससको क्रशमा चढेको र पुजर्जिवित भएको कथामा विश्वास गर्नपर्छ । यहाँ विचार गर्ने कुरा के हो भने आदमले शैतानको योजना नबुझेको हुन सक्छ । किनकी, उसको अन्तरक्रिया शैतान सित कहिल्यै पनि भएको थिएन । त्यस कारणले शैतानले हब्बा मार्फत आदमलाई फल खान भन्दा आदम र हब्बा शैतानको जालमा फसे । बाइबलमा हेर्दा जिससले त्यो आदमले गरेको गल्ती र आफु मनुष्यको पाप पखाली दिन आएको कुरा गरेकै छैनन् । ओल्ड टेष्टाम्यान्टमा उल्लेख छ कि पिताको अधर्म पुत्रले भोग्दैन र पुत्रको अधर्म पिताले भोग्नु पर्दैन । जसले पाप गर्छ त्यहि व्यक्ति मर्छ (इजेकिल १८ः२०–२२) । यहाँबाट के बुझिन्छ भने जसले पाप गर्यो उसैले सजाय पाउछ । उसको पाप अरुले बोक्नु पर्दैन । तर क्रिश्चियनहरुले मान्छन् कि मनुष्यको पाप जिससमा स्थानंतरण भएकाले उनीहरु पापी हैनन् । किनकी जिससको रगतले पाप पखाली सकिएको छ । यस्तो संकथनको माध्यमले क्रिश्चियनहरुलाई आफ्नो कर्म प्रति लापरवाहि बनायो । जे गरे पनि उनीहरुको पाप जिससकै रगतले पखालि दिन्छ । यो कुरा वास्तवमा अन्ध विश्वस नै शो । त्यस्तै जिसस मात्र ईश्वरको एउटा पुत्र मान्नु र ट्रिनिटीको विचार अन्धविश्वासमा आधारित छन् । 

सन्दर्भ सामग्रीहरु

  •  रसेल, बरट्रयाण्ड. (सन् २००४)। हवाई अइ नट ए क्रिश्चियन ः एण्ड अदर एस्सेज अन रिलिजन एण्ड रिलेटेड सब्जेक्स, लण्डन ः राउटलेज क्लासिक्स । । 
  •  फ्यूखाक, लडवि. (सन् १८८१)। द एसेन्स अफ क्रिश्चियानिटी . लण्डन ः ट्रवनर एण्ड कम्पनी, लडगेड हिल । 
  • लिन्डवर्ग, कार्टर. (सन, २००६). ए ब्रिक हिस्ट्री अफ क्रिश्चियनीटी. न्यु जर्सि ः ब्लाकवेल पब्लिसिङ्ग ।
  • यसेफ, एम.ए.(सन् १९९३). द डेड सिस्कक्रोल्स, द गोप्पेल अफ वर्षबास, एण्ड द न्युटेस्ताम्यान्ट। इन्डियाना ः अमेरिकलन ट्रस्ट पब्लिकेसन्स ।
  • ल्याम्प, जि. डब्लु.एच.(सन् १९६९)। द क्याम्ब्रीज हिस्ट्री अफ द बाइबल। भालुम–२ः द वेष्ट फ्रम द फादर्स टु द रिमर्मेशन.क्याम्ब्रिज ः क्याम्ब्रिज युनिभर्सिटी  प्रेस।
  • केली, ज.एन.डी.(सन् १९७८). अर्लि क्रिश्चियन इक्ट्रिम्स. न्युयोर्कःहार्पखान ।
  • फर्गुसन, एभरेट. (सन् २०१३). चर्च हिस्ट्री, फर्म क्राइष्ट टु द प्रि–रिफर्मेशनः द राइज एण्ड ग्रोथ अफ द चर्च इन इटस् कल्चरल, इन्टलेच्युअल, एण्ड पोलिटिकल कन्टेष्ट, भोलुम १. जोनडखान ः ग्राण्ड रेपिडस ।
  • क्वीलस, एभा.(सन् १९८५). द रेन अफ द फालुस. वर्कलेः युनिभर्सिटी अफ क्यालियोर्निया प्रेस । 
  • बनार्ड, डेभिड.के.(सन् १९९५). ए हिस्ट्री अफ क्रिश्चियन इक्ट्रिीन ः द पोष्ट.अपोस्टोलिक एज टु द मिडल एजेस, एडी। १००–१५००.हेजलबुडःवर्ड एक्लेम प्रेस । 
  • ग्रीन ब्राडले जी. (सन् २०१०). सेपर्स अफ क्रिश्चियन अर्थोडक्सी ः  एङगेजिङ विथ आर्लि एण्ड मिडिएअल थ्योलोजियन्स. डाउनर्स ग्रोभ ः इन्टरभर्सिटी 
  • बुसेनबार्क, अर्नष्ट.(सन् २०४९). सिम्बोल,सेक्स, एण्ड द स्टार्स ः इन पपुलर विलिफ्स.न्युयोर्कःद ट्रुथ सिकर कम्पनी, आइएनसि । 
  • द होली बाइबल ः किङ जेम्स भसर्न.लोवा फल्स, लोबाःवल्र्ड बाइबल पब्लिसर्स, सन् २००१ ।

लेखक: पेशल कुमार निरौला र निल कुमार क्षेत्री 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Neel Kumar free lancer researcher