विवेकवाद, संसार र आत्मा : एक युवतीको दृष्टिकोण

Jun 24, 2022 - 06:07
Jun 24, 2022 - 06:07
 0
विवेकवाद, संसार र आत्मा : एक युवतीको दृष्टिकोण

भूमिका
 
विवेकवाद, संसार र आत्माको सन्दर्भमा विद्वान्हरूका विभिन्न धारणा र विचार हुन सक्छन् । नास्तिकहरूले ईश्वर र आत्मामा विश्वास गर्दैनन् । उनीहरूका अनुसार पृथ्वी र प्रकृतिका नियम संयोगबस या दुर्घटनाले बनेका हुन् । शिक्षित वा विद्वान्को मस्तिष्कले यस्तै तर्कलाई स्वीकार गर्छ । किनकि सोच्दाखेरि उसले आफ्नो विवेकको प्रयोग गर्छ र आत्मा वा ईश्वरको अस्तित्वलाई तर्क वा प्रमाणले स्थापित गर्न सकिँदैन । मनुष्य संस्कृति वा सभ्यताको इतिहास हेर्दा पुर्खाको पालादेखि नै ईश्वरमा विश्वास गर्दै आएका छन् । ईश्वरको विचारले मस्तिष्कमा नै गहिरो स्थान लिएको पाइन्छ । विज्ञानका विद्यार्थीहरूले कुनै धर्ममा विश्वास नगरे पनि कुनै अनजान शक्तिमा विश्वास गर्छन् । जसले योजना र नियम अनुसार सृष्टिलाई चलाइराखेको छ । त्यस्तो अलौकिक शक्तिलाई विभिन्न नामले पुकार्न सकिन्छ । धर्मको उपेक्षा गरे पनि विद्वान्हरूले त्यस अलौकिक शक्तिलाई इन्कार गर्न सक्दैनन् । हामीहरूले त्यस शक्तिलाई ईश्वर वा भगवान् भन्छौँ । आत्मा पनि अलौकिक क्षेत्रमा नै पर्दछ । जहाँ ईश्वर र देवी देवताले बास गर्छन् । आत्मामा विश्वास गर्नेले ईश्वरमा पनि विश्वास गर्छन् । अलौकिक क्षेत्रमा विश्वास नगर्ने मानिस पृथ्वीमा कमै होलान् । त्यस्ता ईश्वर नमान्ने मनुष्यहरूले यस लेखलाई मिथ्या वा अवचेतन मनको उपज हो भन्न सक्छन् । तर ईश्व र आत्मामा विश्वास गर्नेहरूका लागि यो लेखले केही ज्ञान दिन सक्छ । यस लेखमा शलिन भन्ने एउटी युवतीको सोचाई र विचारलाई लिपिबद्ध गर्ने प्रयास गरिएको छ । शलिनले शिक्षा र जीवनको अनुभवबाट ज्ञान प्राप्त गरेकी थिइन् । उनका अनुसार उनी देश विदेश घुमेकी थिइन् । त्यस कारणले अवलोकन र विभिन्न समुदायका मानिसहरूसित भएको अन्तत्र्रिmयाले उनका विचारहरू विकास भएका थिए । शलिनले आफ्नो संसारिक जीवनमा कुनै लेख वा पुस्तक प्रकाशित गरेकी थिइनन् । उनको सोचाइ र विचार नहराओस् भनेर हामीहरूले यस लेख मार्पmत प्रस्तुत गर्ने जमर्को गरेका छौँ । यदि यस लेखमा केही त्रुटि भएमा हामी नै जिम्मेवार हुन्छौँ । शलिनको कुनै दोष छैन ।

लेखकको पहिलो अंशमा शलिनका विचारलाई सङ्कथनका रूपमा बाँध्ने प्रयास गरिएको छ । भने दोस्रो भागमा यस लेखका सह लेखक निल कुमार क्षेत्रीको शलिनसित कसरी सम्पर्क भयो भन्ने प्रश्नको उत्तर दिइएको छ । यस लेखमा शलिनका मूल तर्क के हो भने तर्क हिनता वा विवेकरहिताले नै संसारलाई जोडेर राखेको छ अर्थात् मनुष्यको भावनाले नै उनीहरूलाई मिलाउँछ । विवेकवादले मनुष्यलाई लाभ र हानिको सन्दर्भमा फसाउँछ । जसले गर्दा संसार युद्धको मैदान बन्दछ । विवेकको साथै भावना रह्यो भने शान्ति र भाइचारा आउँछ । संसार पदार्थले बनेको छ । जसको प्रयोग र भोग गर्न आउँदा मनुष्यहरू एक अर्काको सम्पर्कमा आउँछन् । फलस्वरूप उनीहरूको सम्बन्धको सञ्जाल बन्दछ । जसको शोषण प्रकृति हुन सक्छ । त्यस कारणले भावनाले विवेकसित अन्तत्र्रिmया ग¥यो भने बल्ल संसारमा शान्ति हुन्छ । आत्मा शरीरको अङ्ग हुँदा मनुष्यका कर्ममा सहभागी हुन्छ । आत्मा विजुली जस्तो हो जसले शरीरलाई जीवित राख्दछ । आत्मा ईश्वरको प्रकाशले बनेको हुन्छ । जुन शरीरमा आएपछि संसारको अनुभव गर्छ । पापी आत्माले शरीरबाट मुक्ति पाएपछि सधैभरिका लागि अशान्त भएर भौतारिन्छ । त्यही नै नर्क हो । जबकि राम्रो आत्माले शान्ति प्राप्त गर्छ र आफ्नो प्रेम गरेका मानिसहरूका आत्मासित भेट्न र बस्न सक्छ । त्यही नै स्वर्ग हो ।

शब्दकुञ्जी ः शलिन, विवेकवाद, मनुष्य र आत्मा ।
शलिनका सङ्कथनहरू
मनुष्य विवेकवादी हो या सृजनशील प्राणी हो ? 

शलिन भन्छिन् मनुष्य विवेकवादी प्राणी हो भन्ने उखान छ । त्यस्तै मनुष्य सृजनशील प्राणी हो भन्छन् । सृजनशील हुनु भनेको मनुष्यले अन्तज्र्ञान वा स्वभाविक प्रवृत्तिलाई पछ्याएर कुनै वस्तु वा कलाकृतिको निर्माण गर्नु हो । उसले भावनामा बगेर पनि सृजनशील बन्न सक्छ । विवेक भनेको बुद्धि हो । मनुष्यको तर्क गर्ने, विश्लेषण र व्याख्या गर्ने क्षमता हो । त्यस कारण मनुष्यहरू सृजनशील र विवेकवादी दुवै हुन सक्छन् । तर मनुष्य खुसी हुनका लागि भावनाहरूलाई नै पछ्याउँछ । उसको विवेकले खुसी दिन सक्दैन । किनकि विवेक सोचाइबाट आउँछ । जे पनि सोच्न सक्छ र उचित र अनुचित ठान्छ । सोचाइले उसलाई खुसी बनाउन सक्दैन । जस्तो सोचाइबाट ज्ञानको धारा बग्दछ । ज्ञानले मनुष्य कसरी खुसी हुन सक्छ । खुसीको स्रोत भावना हो । खुसी हुँदा मनुष्य आफ्नो सपना र यथार्थको बिचमा रमाइराखेको हुन्छ । संसारिक जीवनमा खुसी नै गन्तव्य हुन सक्दैन । तर सधै जीवनलाई सहज बनाउन खुसी चाहिन्छ । जुन भावनाबाट आउँछ । खुसी हुन मनको कुरा सुन । मष्तिकको कुराले खुसी दिँदैन ।
यदि जीवनलाई सहज बनाउन खुसी चाहिन्छ भने मनुष्यले आनो विवेकको प्रयोग गरेन भने आपूm खुसी हुन अरूलाई दुःख पनि त दिन सक्छ ?

शलिनले भनिन् तिमीले बुझेनौ खुसी भनेको मनमा हुन्छ । विवेकले लाभ र हानि हेर्छ । त्यसो हुँदा विवेकवादीले उचित कर्म गर्दा पनि मनुष्यहरूलाई पीडा दिन सक्छ । भावनामा बग्यो भने अरूलाई खुसी वा पीडा पनि दिन सक्छ । मनुष्यको भावना जीवनको अनुभव अनुसार परिवर्तित पनि हुन सक्छ । कर्म गर्दा उसको बाहिरी अवस्थामा परिवर्तन आउँछ । सकारात्मक वा नकरात्मक पक्षहरूमा ध्यान केन्द्रित गर्दा भावना परिवर्तित हुन सक्छ । त्यस्तै मनुष्यको अवस्थालाई पुनः मूल्याङ्कन गर्दा पनि भावनामा परिवर्तन आउन सक्छ । जस्तो मनुष्यले असफलता पायो भने आफ्नो गल्तिबाट पाठ सिक्न सक्छ र ऊ फेरि सफल हुन सक्छ । यसरी उसको भावना परिवर्तित हुन सक्छ । असफलताले पाठ सिकाउँछ । ऊ असफलताबाट निराश हुँदैन । मनुष्यहरू जसरी जीवन बाँच्छन् त्यही अनुसार उनीहरूको भावना आउँछ । विवेकको सम्बन्ध खुसी वा दुःखसँग छैन । किनकि मनुष्यले विवेकको प्रयोग गर्दा तर्कलाई आकर्षक गर्ने कुनै पनि दृष्टिकोणलाई ज्ञानको स्रोत मान्छ । यहाँ तर्कको महत्व देखिन्छ । तर्क प्रमाणसित मिल्यो भने कुनै पनि दृष्टिकोण उचित ठानिन्छ । सत्य भनेको संवेदी वा सहज बोधसित सम्बन्धित हुँदैन । सत्यको साइनो बौद्धिक र निष्कर्षात्मक मानिन्छ । यस्तो भएपछि विवेकको प्रयोग गर्दा प्रमे वा नैतिकताको वास्ता नै हुँदैन । विवेकको प्रयोग गर्दा आपूm खुसी हुन वा अरूलाई खुसी दिन सकिँदैन । विवेकको नाता तर्कसित हुन्छ । त्यो तर्क गर्ने, विश्लेषण वा व्याख्या गर्ने क्षमता हो । विवेकवादले प्रमाण, तर्क, कारण र प्रभावलाई महत्व दिन्छ । मनुपयले निर्णय लिँदा र कुनै समस्याको समाधानमा विवेक चाहिन्छ । यसो हुँदा आपूm वा कसैको हितमा विवेकले लाभ दिन्छ । तर आपूm वा कसैको भलो सोच्दा अरू मनुष्यहरूलाई पीडा पनि दिन सक्छ । त्यस कारणले विवेकवाद खुसीको आधार हुन सक्दैन । किनकि विवेकवादीले यस्तो पनि सोच्न सक्छ कि कुनै उचित वा राम्रो परिणाम ल्याउन कुनै पनि तरिकाको प्रयोग गर्न सकिन्छ । त्यो तरिका नैतिकताको विमुख पनि हुन सक्छ । तिमीले सुनेका छौ होला, परिणामले साधनलाई औचित्य दिन्छ ।
तिमीले भनेको कुराले विवेक र भावनाको अन्तर देखाउ“छ । भन विवेक भनेको आपैmमा के हो ?

शलिनले भनिन् विवेक भनेको मनुष्यको सोचाइ हो । त्यो बुद्धि हो । सोचाइको रूपरेखा अनुसार विचारहरू आउँछन् । जुन शिक्षा र जानकारी अनुसार परिवर्तित एवं परिमार्जन हुन सक्छ । शिक्षा भनेको पढे लेखेर मात्रै आउँदैन । मनुष्यको अवलोकन र अनुभवबाट पनि शिक्षा आउँछ । अनुभवबाट उसका विचारहरू विकसित हुँदै जान्छन् । अनुभव अनुसार यथार्थताको सहज बोध हुन्छ । त्यसपछि मनुष्यले आफ्ना विचारलाई अनुभव अनुसार न्यायोचित ठान्छ । त्यस्तो औचित्य नै कारण हो कि मनुष्यले विश्वासलाई लिएर हिँडेको हुन्छ । किनकि विवेकवादले तर्क र कारणमा मात्रै विश्वास गर्छ । विवेक प्रयोग गर्दा उद्देश्यमूलक वा वस्तुगत जानकारीको महत्व हुन्छ । ज्ञान वा विचार भनेको मनको अन्तत्र्रिmया पदार्थसित हुँदा आउँछ । किनकि पदार्थको प्रतिबिम्ब मनमा परेपछि मात्रै मनुष्यले पदार्थ वा संसारको व्याख्या गर्न सक्छ । विवेकवादीका लागि ज्ञान नै ठूलो हो । उसले तथ्य र निष्पक्षतावादमा ध्यान केन्द्रित गर्दछ । त्यस कारणले विवेकवादीहरूले भावनात्मक प्रतिक्रियालाई इन्कार गर्न सक्छन् । भावनाहरूले विवेकवादीहरूलाई सोच्नु पर्ने समस्यामा पारिदिन्छ वा उनीहरूले भावनालाई अज्ञानताको चिह्न मान्छन् । विवेकवादीले मान्छन् कि कुनै पनि व्यक्तिमा विवेक हुन्छ र शिक्षा, अवलोकन वा अनुभवबाट विचार र जानकारी विवेकलाई पस्किदिए मनुष्य ज्ञानी बन्न सक्छ ।
तिमीले विवेकवादमा तर्कको महत्व देखायौ, के तर्क भनेको शब्दको जाल होइन, त्यो अरूलाई विश्वास दिलाउने वाक्य होइन ?

शलिन भन्छिन् तर्क भनेको शब्दको जाल मात्रै होइन । विवेकवादीले विचार र अनुमान गरेर दर्शकलाई विश्वास दिलाउन शब्दका जाल पैmलाउन सक्छ, जस्तो छलफल गर्दा हुन्छ । वास्तवमा तर्क भनेको निष्कर्ष दिने वा सङ्केत गर्ने वैध्य अनुमानहरूको वाक्य हो । त्यस्ता अनुमानहरू अवलोकन तथ्य र तथ्याङ्कको आधारमा गरिन्छ । अवलोकनबाट मात्रै गरिएको अनुमानमा अध्ययनकर्ताको संस्कृति, शिक्षा र अनुभवको प्रभाव परेका हुन्छन् । अवलोकनबाट दिइएको तर्क र निष्कर्ष सामान्यकरण हुन्छ । त्यसले पनि केही ज्ञान दिन सक्छ । तर तथ्य र तथ्याङ्क बिनाको अध्ययन अधुरो हुन्छ । किनकि अवलोकनबाट दिइएका तर्कहरूमा अध्ययनकर्ताको व्यक्तिवादीता हुन सक्छ । उसले अतिशयोक्ति गर्न सक्छ । तर तथ्य र तथ्याङ्कको आधारमा दिइएको तर्कमा अतिशयोक्ति हुने सम्भावना कम हुन्छ । तथ्य र तथ्याङ्कमा आधारित अनुमानबाट आएको तर्कहरूको आधारमा निष्कर्ष दिइन्छ । कुनै पनि तर्क उचित मानिन्छ, जब अनुमानका आधारहरूले निष्कर्षलाई सहयोग गर्छ । आगमनात्मक तर्कहरूले कुनै विशेष स्थलगत अध्ययनबाट निष्कर्ष दिन्छ, तर त्यो निष्कर्ष अरू क्षेत्रहरूमा लागु नहुन सक्छ । आगमनात्मक तर्कहरू भनेका विशिष्टबाट सामान्यमा गएर निष्कर्ष दिने हो । यहाँ महत्वपूर्ण कुरा के छ भने अध्ययनकर्ताले केलाई तथ्याङ्क मान्छ त्यसमा निर्भर हुन्छ । अन्तर्वार्ता लिइएको उत्तरहरूलाई, दस्तावेज वा कथा र समाजका सङ्कथनलाई अध्ययनकर्ता अनुसार तथ्याङ्क मान्न सकिन्छ । तथ्याङ्कलाई व्याख्या र विश्लेषण गर्दा विवेकवादीको विचारमा निर्भर गर्छ । तथ्याङ्कबाट आएका एउटाभन्दा धेरै अनुमानहरू हुन्छन् । विवेकवादीले विचार गरेर सबभन्दा राम्रो अनुमानको आधारमा तर्क दिन्छ । सही तर्कका सिक्रीले मात्रै निष्कर्षमा पुगिन्छ । अनुमानको मुख्य आधार तथ्याङ्क हो । आधार सही र निष्कर्ष गलत हुन सक्दैन । विवेकवादीको विचार अनुसार तथ्याङ्क नहुँदा अवलोकन वा बुझाइको आधारमा तर्क दिन्छ । नयाँ वा पुरानो जानकारी अनुसार तथ्याङ्क प्रस्तुत गरिन्छ र त्यसको आधारमा एउटा विचारबाट अर्को विचारमा गइन्छ । यसरी अनुभूति र सोचाइहरू बन्दछन्, जसबाट तर्कहरूको निर्माण हुन्छ एवं निष्कर्ष दिन्छ । 
तिमीले भनेका यी कुराहरू सोचाइको क्षेत्रस“ग सम्बन्धित छ, सोचाइ र भावनाको के सम्बन्ध हुन्छ ?

मनुष्यहरूमा सोचाइ र भावनाको अन्तत्र्रिmया हुन्छ र उनीहरूले कुनै विचार वा दृष्टिकोण बनाउँछन् । लामो समय कुनै विचार राख्यो भने त्यो मनोदृष्टि बन्दछ । जुन विचार अनुसार परिवर्तित हुन सक्छ । सोचाइ सचेत हुन्छ । त्यो परिवर्तित भइरहन्छ । भावना भनेको तरङ्ग जस्तो हो, जुन मनुष्यले अनुभव गर्छ । संस्कृतिमा विभिन्नता भए पनि भावनाहरू जस्तो खुसी वा उदास हुने, लोभ, क्रोध, मोह, प्रेम, इष्र्या र घृणा आदि सबै मनुष्यहरूमा पाइन्छ । त्यस्तै ख्यालठट्टा गर्ने, नाच्ने वा खेलकुद गर्ने यी भावनाका अभिव्यक्ति हुन् । जस्तो कुनै व्यक्ति किन हिमाल चढ्छ, त्यस्तै कसैले साहसिक कर्म गर्न मन पराउँछ । यी पुरै भावनाका अभिव्यक्ति हुन् । मनुष्यले यदि विवेकको मात्रै प्रयोग ग¥यो भने बुझ्न सक्दैन कि आफ्नो ज्यानको जोखिममा किन सगरमाथा चढ्छ । भावनालाई पछ्याउँदा बुझिन्छ कि नाच्दा वा हिमाल चढ्दा मनलाई आनन्द प्राप्त हुन्छ । सोचाइ वा विवेकले भावनालाई पनि सञ्चालन गर्न सक्छ । जस्तो केही कुरा सोच्दा डराउने वा खुसी हुने हुन सक्छ, लोभि हुने वा क्रोधित हुन सक्छ । सोचाइले भावनाहरूको मूल्याङ्कनको रूपमा कार्य गर्दछ । संसारमा मनुष्यहरूका विभिन्न विचार वा दृष्टिकोण भए पनि एकै प्रकारका भावनाहरू हुन्छन् । संस्कृति र विश्वास अनुसार भावना प्रकट गर्छन् । जस्तो शिष्टाचार र असभ्य व्यवहार हुन सक्छ । त्यस्तै क्रोधित हुँदा वा रोगी हुँदा फरक खालका भावना प्रकट गर्न सक्छ । यसै गरी मनुष्यले सकरात्मक भावना प्रकट ग¥यो भने उसको धारणा र दृष्टिकोण पनि प्रभावित हुन्छ । अभ्यास वा कर्म गरेर मनुष्यले क्षमा कृतज्ञता र अनुकम्पा जस्ता गुणहरू प्राप्त गर्न सक्छ । जसले उसको विचार र दृष्टिकोण नै वदलिन सक्छ । भावना भनेको बोध वा होस पनि भन्न सकिन्छ । अरूको हेरचाह गर्ने, दयावान हुने र अरूको भलाइ गर्ने भावनाका विशेषताहरू हुन् । समुदायको कल्याण गर्ने वा सामाजिक सेवा गर्ने पनि भावनाबाट नै आउँछ । त्यस्ता कर्म गर्दा आफ्नो जीवन पनि रूपान्तरण हुन्छ । नैतिकता र नैतिक आचरण पनि भावनाबाट नै आउँछ । भावुक हुनु भनेको भावनामा बग्नु र अनुभव गर्नु हो । भावना बाहिरी घटना र मानिसको स्मरण शक्ति वा सम्झनाबाट प्रकट हुन्छ । त्यस कारणले मनुष्यका भावनाहरू संसारभरि नै उस्तै उस्तै हुन्छन् । तर मनुष्यका सोचाइ र योजनामा विभिन्नता हुन्छ । किनकि विवेकको प्रयोग गर्दा सोचाइको अन्तत्र्रिmया पदार्थसँग हुन्छ । आफ्नो पदार्थिक वातावरण वा अर्थ अवस्थाबाट प्रभावित भएर लाभ वा हानिको बारेमा सोच्छ । त्यस कारणले संसारभरि सिद्धान्त र दृष्टिकोणमा विभिन्नता हुन्छ ।

विवेकवादले मनुष्यलाई स्वार्थी पनि बनाउन सक्छ । आर्थिक वा रणनीतिक कारणले द्वन्द्व हुन्छ र युद्ध भनेको द्वन्द्वकै भयानक रूप हो । आफ्नो लाभ वा स्वार्थ पूरा गर्नका लागि मनुष्यले युद्धमा हजारौँ लाखौँ मनुष्यहरूको हत्या गर्न सक्छ । विवेकवादले नियम वा व्यवस्था र अनुशासन स्थापना गर्न खोज्छ । आफ्नो लाभ र हानि सोच्दा मनुष्यहरूमा विभाजन आउन सक्छ । तर भावनाले पछ्याउँदा मनुष्यहरू एक अर्कासँग जोडिन्छन् र एक अर्काको सहयोग गर्छन् । मनुष्य समुदायको अङ्ग बन्छ । बाँच्नका लागि एक अर्काको सहयोग चाहिन्छ । तर विवेकवादले ज्ञानलाई मात्रै महत्व दिन्छ, जसमा नैतिक आचरणको स्थान नहुन पनि सक्छ । राम्रो विचार ल्याउन विवेक र भावना दुवैको भूमिका हुन्छ ।
तिमीले भावनाकै कारण मनुष्यहरूका बिचमा सम्बन्ध बन्दछ जस्तो कुरा ग¥यौ, के समाज वा समुदाय भावनाकै कारणले बनेको हो ?

शलिनले भनिन् मैले सोचाइ र भावनाको अन्तत्र्रिmया भनेकी हुँ । मनुष्य सधैभरि एक्लै बाँच्न सक्दैन । मनुष्य झुण्ड वा समुदायमा बस्छ । भावमा र सोचाइ दुवै प्राकृतिक हुन् । यी दुवैको अन्तत्र्रिmयाबाट चेतना वा विचार बन्दछ । चेतना भनेको ज्ञान, कौशलता र जानकारी हो । त्यसलाई हामीले बोध क्षमता भन्न सकिन्छ । भित्री र बाहिरी अस्तित्वप्रति जागरुक हुने भनेको पनि चेतना हो । मनुष्यको अनुभूति पनि भन्न सकिन्छ । चेतना ज्ञानका श्रेणीहरू हुन् । जसलाई मनुष्यले शब्द र वाक्यहरूले व्याख्या र विश्लेषण गर्छन् । यहाँ भाषाले सोचाइलाई सङ्कथनको रूप दिन्छ । शब्दहरूले विचारको सङ्केत गर्छ । त्यस कारणले भाषामा ज्ञान हुन्छ । जुन त्यो भाषा बोल्नेहरूको पुस्ता पुस्ताको अनुभवबाट आएको हुन्छ अर्थात् चेतना सामाजिक यथार्थताबाट आउँछ । मनुष्यको अस्तित्व चेतनाले निर्धारित गर्दैन । उसको चेतनालाई सामाजिक अवस्थाले निर्धारित गर्छ । विचारहरू पदार्थिक गतिविधिहरूसँग बाँधिएका हुन्छन् । मनुष्यको आर्थिक जीवनले नै सांस्कृतिक वा बौद्धिक जीवनलाई निर्माण र रूपान्तरण गर्छ । संस्कृतिमा धर्म, राजनीति, खानपान, नियम, कानुन, कलाकृति आदि सबै पर्छन् । यस्तो किन हुन्छ भने मनुष्यहरू पशुकै प्रजाति हुन् । उनीहरूको शरीर पञ्चतत्वले बनेको हुन्छ, जसमा पृथ्वी, अग्नि, वायु, जल र आकाश पर्दछन् । प्रकृतिको नियम अनुसार पदार्थको भोग र प्रयोग गर्दा मनुष्यहरू एक अर्काको सम्पर्कमा आउँछन् । त्यही कारणले गर्दा उनीहरू कारण र प्रभावको डोरिले बाँधिन्छन् । जस्तो मनुष्यको चरित्र र पेशा वा कर्म वर्गले निर्धारित गर्छ । ती कुरा व्यक्तिगत हुँदैनन् । मनुष्य एउटा ठाउँबाट अर्को ठाउँमा गए पनि आफ्नो वर्गको चरित्र वा विशेषताहरू बोकेर गएको हुन्छ । व्यक्तिगत रूपमा मनुष्यले सङ्घर्ष गरेर वर्ग फेर्न सक्छ तर झुण्डको उद्धार हुन सक्दैन । किनभने वर्गहरूको अस्तित्व सापेक्षित हुन्छ । जस्तो धनी र मध्यम वर्गलाई उत्पादन गर्ने र सेवा दिने तल्लो वर्ग चाहिन्छ । खान र लगाउने कुरा धवनि र मध्यम वर्गले उत्पादन गर्दैनन् । श्रम गर्ने तल्लो वर्गले हो । घरको निर्माण हुँदा थुप्ै मजदुरहरूले काम गर्छन् । त्यस्तै वस्तुहरूको उत्पादन र मर्मत पनि तल्लो वर्गले नै गर्छ । प्रविधि र आर्थिक अवस्थामा परिवर्तन आउँदा मात्रै तल्लो वर्गको अवस्था सुधर्न सक्छ । किनकि आर्थिक रूपरेखामा परिवर्तन आउँदा समाजमा पनि परिवर्तन आउँछ । त्यस्तो परिवर्तनको प्रक्रियामा पुरानै समाजका मूल्य मान्यता र चलनहरू जोगाउन प्रतिक्रिया हुन्छ । जसले गर्दा वर्गहरूमा द्वन्द्व हुन्छ र समाजमा परिवर्तन आउँछ, किनकि नयाँ आर्थिक रूपरेखाले आफ्नै अनुकूल मूल्य मान्यता र नियमहरू खोज्दछ । यसरी मूल्य मान्यता र चलनहरूमा रूपान्तरण आउँछ । त्यस्तै सोचाइको तरिकामा पनि परिवर्तन आउँछ ।

मनुष्यहरू पदार्थको भोग र प्रयोग गर्दा एक अर्काको सम्पर्कमा आएर सांसारिक सञ्जाल बन्दछ । जुन आर्थिक गतिविधिका कारणले बनेको सम्बन्धहरूको जाल हो । आर्थिक गतिविधि भनेका मुख्य रूपमा कृषि, पशुपालन, वस्तुहरूको उत्पादन, व्यापार र व्यवसाय हुन् । यस्तो सांसारिक सञ्जालको शोषण प्रकृति हुन्छ । किनकि पदार्थको भोग र प्रयोग गर्दा मनुष्यमा लोभ, क्रोध र इष्र्याले जन्म लिन्छन् र इच्छा आउँछ । त्यस कारणले मनुष्यले विभिन्न बहानामा एक अर्कामाथि प्रभुत्व जमाउन खोज्छन् । वनमा बस्ने शिकारी र खाना खोजेर खाने समाजमा मनुष्यहरू झुण्ड झुण्ड बनाएर बस्छन् । त्यहाँ झुण्डको सरदार वा साहसी शिकारीको मान सम्मान हुन्छ र अरू झुण्डका सदस्यमाथि उसले प्रभुत्व जमाउन खोज्छ एवं अरू झुण्डहरूका शिकार खेल्ने क्षेत्रलाई आफ्नो झुण्डको अधिनमा ल्याउन खोज्छ । त्यस कारणले झुण्ड झुण्डको बिचमा युद्ध पनि हुन सक्छ । त्यस्तै पूँजीवादी समाजमा कारखाना वा उद्योगधन्दा गर्ने मानिसले मजदुर वा कामदारहरूको शोषण गर्छ । त्यस कारणले उपभोक्तावादको संस्कृति आएको हो । जसमा प्रविधिहरूको प्रयोगले मनोरञ्जन प्रस्तुत गरिन्छ । त्यही जालमा फसेर मजदुर वर्गले विद्रोह गर्दैन । उसले आफ्नो रिस वा पीडा पोख्दा धर्म, जाति वा कुनै पहिचानको रूप लिएर आन्दोलित हुन्छ । तर पूँजीवादले आफ्नो व्यवस्थामा राख्न उनीहरूलाई केही लाभ पनि दिन्छ । वास्तवमा मनोरञ्जनले नभएर मजदुर वर्गको स्थितिमा सुधार प्रविधि र शिक्षाले मात्रै आउन सक्छ । स्थितिमा सुधार आए पनि पूँजीवादले शिक्षित मजदुरलाई कौशल कामदार बनाउँछ । जस्तो नेपालबाट शिक्षित युवाहरू विदेश जाने पूँजीवादीहरूकै कौशल कामदार वा सेवक हुन जाने हो । त्यस्ता कौशल कामदार पूँजीवादले दिएको सुविधा र मनोरञ्जनमा रमाइराखेका हुन्छन् । पैसाको लोभमा ती कामदारहरूले धेरै श्रम गर्छन् । यसरी उनीहरूको शोषण भइराखेको हुन्छ । किनकि पूँजीवाद भनेको ठूलो सांसारिक सञ्जाल हो । त्यो मनुष्यहरूको सञ्जाल र जानकारीमा आधारित छ । त्यसको मूल उद्देश्य उद्योगपति वा ठूला व्यापारीहरूले लाभ कमाउने हो । जहाँ जानकारी, वस्तु र वस्तुका छविहरूको किनबेच हुन्छ । पत्रिका वा वस्तुको विज्ञापनमा सुन्दरीहरूको वा चर्चित व्यक्तिको छविको प्रयोग हुन्छ ।

पूँजीवादले विश्वका विभिन्न देशहरूमा संयोजकता ल्यायो । आज संसार वैश्विक गाउँ जस्तो बनेको छ । टाढाको देशमा बनेको वस्तु बजार अर्थतन्त्रले गर्दा आफ्नै ठाउँमा किन्न सकिन्छ । त्यस्तै काम गर्ने उमेरका मनुष्यहरू आर्थिक समृद्धि भएको देशमा गएर पैसा कमाउन सक्छन् । यस्तो पूँजीवादी व्यवस्थामा अरूलाई हानि नगरी जे गर्दा र बोल्दा पनि हुने स्वतन्त्रता छ । त्यस कारणले पूँजीवादलाई नयाँ युगको व्यवस्था र अतीतका व्यवस्थाहरू भन्दा प्रगतिशील मानिन्छ । तर यस्तो व्यवस्थामा मानव सञ्जालको मुख्य भूमिका हुने कारणले धनि वर्गलाई लाभ भएको छ । धनि परिवारका मानिसहरूले राम्रा अवसर पाउने र उच्च तलवको जागिर पाउँछन् । योग्यता र क्षमता भएका मानिसहरू सामान्य परिवारमा पनि हुन्छन् । तर राम्रो पद पाउनका लागि उनीहरूले धेरै सङ्घर्ष गर्नु पर्छ । उपभोक्तावादको संस्कृतिले गर्दा आफ्नो देशलाई आवश्यक भन्दा धेरै वस्तुहरूको उत्पादन गरेर अन्य देशमा निर्यात गरिन्छ । जसले गर्दा स्रोतहरूको बढी शोषण हुने, प्रदुषण पैmलाउने कामले वातावरणलाई नै हानि हुन्छ । यसले जीवजन्तु सहित मनुष्यलाई पनि नकरात्मक असर पु¥याउँछ । केही व्यापारी र उद्योगपतिहरूको पैसा कमाउने लोभले गर्दा मनुष्यसहित जनावर र चराचुरुङ्गिलाई पनि हानि हुन्छ । पूँजीवादी व्यवस्थामा गरिब र कमजोर देशहरूलाई ठूलो अर्थतन्त्र भएका देशहरूले सहयोग र ऋण दिएर हावि हुन्छन् । पूँजीवादको सुरुवात पश्चिमा सभ्यता अन्तर्गत भएका कारण पश्चिमाहरूकै पदार्थिक संस्कृति एवं ज्ञान विश्वभरि पैmलिएको छ । शिक्षा र सञ्चार माध्यम मार्पmत पश्चिममा ज्ञान प्रणाली र पदार्थिक संस्कृति पैmलिएर खासगरी पूर्वका ज्ञान प्रणाली र पदार्थिक संस्कृति ओझेलमा परेका छन् । संस्कृति भनेको अद्वितीय हुन्छ । जुन समाजमा त्यस संस्कृतिको निर्माण हुन्छ, त्यहीका मानिसहरूका लागि उचित हुन्छ । किनकि तिनीहरूले नै त्यो संस्कृतिको निर्माण गरेका हुन् । तर त्यही संस्कृति अर्कै समाजले लिँदा त्यसले समस्या ल्याउन सक्छ र भावनाहरूलाई पनि हानि पु¥याउन सक्छ । रैथाने संस्कृतिको पनि अन्त्य हुन सक्छ । यसरी एसिया र अफ्रिकाका देशहरू पश्चिमाहरूका मानसिक गुलाम हुन सक्छन् ।

पूँजीवादको विरुद्ध दुईवटा मात्रै औषधी छन् । पूँजीवादीहरूले महङ्गो सामान उत्पादन गर्नाले केही धनि र उचो मध्यम वर्गले मात्रै प्रयोग गर्न पाउँछन् तर एसियाका केही देशहरूले सामुहिक खपतका वस्तु बनाउँदा निम्न मध्यम वर्ग र गरिबहरूले पनि विश्वभरि धनिहरूले जस्तै वस्तुहरूको प्रयोग गर्न पाउँछन् । यो पश्चिमा पूँजीवादलाई ठूलो चुनौति हो । एसियामा जनशक्ति धेरै छ । इण्डिया र चिनमा पश्चिमाहरूको तुलनामा धेरै शिक्षित मानिसहरू छन् । त्यस कारणले पूर्वीय दर्शन र उनीहरूको उदय हुन्छ भने पश्चिमाहरू डराएका छन् । पश्चिमाहरूको संस्कृति भनेको अरू माथि प्रभुत्व जमाउने र अरूको गरीबिमा आपूm धनि छु भनेर रमाउने हो । विश्वमा उनीहरूको वर्चश्व र प्रभाव कम हुन्छ भन्ने उनीहरूलाई डर छ । पूँजीवादको अर्को औषधी भनेको दिगो विकास हो । स्थानीय पदार्थहरूको वस्तु उत्पादनमा प्रयोग भयो भने आयातमा धेरै पैसा खर्च गर्नु पर्दैन । नेपालमा पहाड र हिमाल धेरै छन् । साना साना खोला नाला जताततै छन् । त्यसो हुँदा एउटा गाउँपालिका वा नगरपालिकालाई पुग्ने बिजुलीको उत्पादन हुन सक्छ । यसरी स्थानीय स्तरमा नै बिजुलीको उत्पादन हुन थालेपछि भूगोल अनुसार पहाड र हिमालहरूमो केबलकार चलाउन सकिन्छ । जसले गर्दा पेट्रोलियम पदार्थ त्यति आयात गर्नु पर्दैन । त्यस्तै खाना पकाउने ग्यासको पनि आयात रोक्न सकिन्छ । दिगो विकासको मार्गले नै पूँजीवादी शोषणबाट बाँच्न सकिन्छ । आयातमुखी बजारले गर्दा नेपालबाट ठूलो धनराशी विदेश जान्छ । त्यस्तै घर घरेडी र गहनामा धेरै पैसा लगानी गर्दा अर्को ठूलो रकम अबरुद्ध भएर बस्छ । त्यो पैसा समाजमा चलायमान हुन पाउँदैन । समाजमा पैसा निरन्तर चलाउन उत्पादनमा खर्च गर्नु पर्छ । त्यसो हुँदा रोजगारको पनि सृजना हुन्छ । नेपालमा प्रेषण अर्थतन्त्र र आयातमुखी बजार हुनाले अठारदेखि पैतिस वर्षका वा काम गर्ने उमेरका मानिसहरू विदेश नै जान्छन् । जसले गर्दा विकास नै हुँदैन । देशको विकास गर्न उत्पादनमा लगानी गर्नु पर्छ ।

सांसारिक जीवनमा आर्थिक रूपरेखामा फसेका कारणले मनुष्य वर्गको चपेटामा परेका हुन्छन् । उनीहरूको दैनिक जीवनमा धेरै जसो सम्पर्क आफ्नै  वर्गका मानिसहरूसँग हुन्छ । त्यसरी उनीहरूको सोचाइले पनि आकृति लिन्छ । जस अनुसार उनीहरूले संसारको व्याख्या गर्छन् । जस्तो धनि वर्गका मानिसहरूका लागि जीवन भनेको विशेष अधिकार र खुसी हो । जुन मनुष्यले भरपुर आनन्द लिन्छ । उनीहरूले सोच्छन् कि भगवान्ले मनुष्य जीवन दिएको ठूलो वरदान हो । मध्यम वर्गका लागि जीवन भनेको सङ्घर्ष हो । आफ्नो उद्देश्य प्राप्त गर्न उनीहरूले मेहनत गर्नु पर्छ । शिक्षाकै माध्यमबाट उनीहरूले रोजगार पाउने र आफ्ना वर्गका मानिसहरूमा गन्यमान्य हुन्छन् । त्यस कारणले मध्यम वर्गका लागि शिक्षा नै अति महत्वपूर्ण छ । गरिब वर्गका लागि जीवन भनेको दुःख र पीडा हो । उनीहरूको मुख्य उद्देश्य आफ्नो र परिवारको जीविका चलाउने हो । उनीहरूले शिक्षा र ज्ञानको महत्व बुझेका हुँदैनन् । उनीहरूको विचारमा खाने, लाउने र रमाइलो गर्ने नै ठूलो हो । यो लापरवाह वर्ग हो । जस्तो एउाट मजदुरले दिनभरि मेहनत गरेर साँझ रक्सि खाएर पैसा उडाउँछ र एक छिनका लागि आफ्ना पीडा र दुःख बिर्सिन्छ । त्यस्तै मध्यम वर्ग भनेको अवसरवादी हुन्छ । किनकि उसले आफ्नो स्थिति सुधार गर्न चाहन्छ र आफ्नो परिवारलाई सुख दिन चाहन्छ् । धनि वर्ग भनेको स्वार्थी हुन्छ । उसले आफ्नो स्तर र विशेष अधिकार प्राप्त जीवनको निरन्तरता चाहन्छ । उसलाई अरू वर्गहरूको वास्ता हुँदैन । यसरी वर्गहरूमा बाँधिएका कारणले मनुष्यका विभिन्न योजना र सोचाइहरू हुन्छन् । मानसिक रूपरेखा वा मनमा पदार्थको प्रतिबिम्बि परेपछि मात्रै मनले पदार्थको व्याख्या गर्न सक्छ । आर्थिक गतिविधि सोचाइको अन्तत्र्रिmयाले कुनै समाजमा ज्ञानको उत्पादन हुन्छ । त्यस कारणले अर्थतन्त्र बलियो भएका देशहरूमा गुणस्तरीय शिक्षा हुन्छ । नयाँ विचार र वस्तुहरूको उत्पादन हुन्छ । अर्थतन्त्र कमजोर हुँदा शिक्षा वा ज्ञानको स्तर राम्रो हुँदैन । कमजोर अर्थतन्त्रमा व्यापार व्यवसायको स्तर राम्रो हुँदैन । कमजोर अर्थतन्त्रमा व्यापार व्इवसायको स्तर तल्लो दर्जाको हुन्छ । मनुष्य त्यस कारणले कमजोर अर्थतन्त्रमा फुर्सदिला हुन्छन् र उनीहरू आदर्शवादी हुन्छन् । जबकि बलियो वा ठूलो अर्थतन्त्रमा व्यापार व्यवसाय उचो दर्जाको भएकाले मानिसहरूको जीवन काममा नै व्यस्त हुन्छ । धेरै श्रम जहाँ हुन्छ, त्यहाँ मानिसहरू विवेकवादी हुन्छन् । त्यस कारणले विकसित देशहरूमा अध्ययन अनुसन्धान, विज्ञान र प्रविधिको स्तर उचो हुन्छ । त्यस्ता देशहरूमा श्रमको गरिमा हुन्छ । यही कारणले गर्दा कमजोर देशका मानिसहरू शिक्षा लिन र रोजगारका लागि विकसित देशहरूमा जान चाहन्छन् ।

आर्थिक कारणले नै गर्दा मनुष्यका सोचाइ र दृष्टिकोणमा विभिन्नता हुन्छ । जबकि भावना भनेको प्राकृतिक हुन्छ । भावनाले नै गर्दा मनुष्यहरू एक अर्कासित जोडिन्छन् र शान्ति कायम हुन्छ । विवेक प्रयोग गर्दा मनुष्यले लाभ र हानि सोच्छ । मनुष्यबाट भावना हटाइदिने हो भने संसार लडाइँको मैदान बन्छ । तर्क हिनता र विवेकरहितता भएर भावनालाई पछ्याउँदा पनि संसार बाँचेको छ ।
तिमीले मनुष्यको समाजमा पदार्थको मुख्य भूमिका देखायौ, त्यहा“ चेतना र आत्माको के स्थान छ ?

शलिनले भनिन् चेतना मनुष्यको अनुभूति, ज्ञान र कौशलतासित सम्बन्धित हुन्छ । शिक्षा र अनुभवबाट ज्ञान र कौशलता आउँछ । तर चेतना मात्रै सबै कुरा होइन । मनुष्यको स्वभाविक प्रवृत्ति र अन्तर ज्ञान पनि हुन्छ । जस्तो मानसिक रोगीको ज्ञान वा कौशलता नहुन सक् तर उसले बाँच्नका लागि भिख माग्छ वा सार्वजनिक ठाउँहरूलाई सरसफाइ गरेर खान्छ । बाँच्ने भनेको मनुष्यको स्वभाविक प्रवृत्ति र अन्तर ज्ञानमा नै हुन्छ । मानसिक रोगीले आफ्नो स्थानभन्दा फरक ठाउँमा छु भनेर सोच्न सक्छ तर ऊ बाँच्नका लागि आफ्नो व्यवस्था गर्छ । मनुष्यका लागि चेतना नै मुख्य आधार हो भन्न अनुचित हुन्छ । किनकि मनुष्य नै चेतना हो भनेर सोच्दा मानवताको विचार नै अस्वीकार हुन्छ । जसले मनुष्य नै चेतना हो भन्छ, उसले उच्च शिक्षा पाएका वा बुद्धिजीविहरूलाई मात्रै उँचो स्तरमा राख्छ । किसान, मजदुर वा अरू पेशामा लागेका मानिसहरूलाई तल्लो दर्जामा राख्छ । उसले सोच्छ कि कुर्सीमा बस्ने बुद्धिजीविले वा ज्ञानले नै संसार चलाइराखेको छ । जुन कुरा गलत हो । किनकि त्यहाा पदार्थको भूमिका छैन । ज्ञान र पदार्थको अन्तत्र्रिmया हुन्छ र बल्ल संसार चलेको छ । कर्म वा श्रम नगरी संसार चल्दैन । चेतनाको सम्बन्ध मस्तिष्कसँग हुन्छ । जब पञ्च इन्द्रियहरू ः नाक, कान, आँखा, जिब्रो र छाला मस्तिष्कको सम्पर्कमा आउँछन् तब मन भन्ने मानसिक रूप रेखाको सृजना हुन्छ । जब मनमा पदार्थ वा संसारको प्रतिबिम्ब पर्छ तब मात्रै मनले पदार्थ वा संसारको प्रतिबिम्ब पर्छ तब मात्रै मनले पदार्थ वा संसारको व्याख्या गर्न सक्छ । त्यस्तो व्याख्या वा सोचाइलाई चेतना वा ज्ञान भनिन्छ ।

चेतना र आत्माको अस्तित्व फरक हुन्छ । कसैले भन्छन् चेतना आत्माबाट आउँछ । यस्तो सङ्कटन गलत छ । किनकि मनुष्यको स्थिति र समाज अनुसार चेतना वा ज्ञानमा विभिन्नता हुन्छ । ज्ञान शिक्षा र जीवनको अनुभवबाट आउँछ । तर आत्मामा विभिन्नता हुँदैन । यदि आत्माबाट ज्ञान आउने भए शिक्षित व्यक्ति र विद्यालयमा नै नपढेका व्यक्तिहरूमा विभिन्नता हुन्थेन । मनको अन्तत्र्रिmया पदार्थ वा संसारसित नभई चेतना वा ज्ञान आउँदैन । त्यसो हुँदा मनुष्यको सामाजिक अस्तित्व उसको शिक्षा र वातावरणले उसमा चित्र भन्ने स्वयं वा अहंको विकास हुन्छ र त्यही अनुसार मनुष्यको कर्म र गतिविधि निर्धारित हुन्छ । त्यस कारणले मनुष्यको कर्म र चरित्रलाई वर्गले निर्धारित गर्छ । भावनामा बग्दा मनुष्यले आफ्नो विवेक वा ज्ञानको प्रयोग गर्न सक्दैन । जस्तो प्रेम गर्दा, घृणा गर्दा र क्रोधित हुँदा केही समयका लागि उसले ज्ञान नै बिर्सिन्छ । सांसारिक जीवनमा मनुष्यहरूको एक आपसको अन्तत्र्रिmयामा नियम वा कानुनले उनीहरूको बिचमा मध्यस्थता गर्छ । कसैलाई चिन्न खोज्दा त्यो व्यक्तिको पहिचानलाई मान्यता दिइन्छ । त्यस कारणले पहिचानको महत्व छ । मनुष्यको जीवन सिधा रेखा जस्तो हुँदैन । मनुष्यको जीवन टुक्रा टुक्रामा बाँचिरहेको हुन्छ । जस्तो कार्यालयमा काम गर्ने मानिसको जीवन दुईवटा टुक्रा हुन्छ, उसको कार्यालयको कर्म र अरूसितको अन्तत्र्रिmया एउटा टुक्रको हो भने उसको घर परिवारको जीवन अर्को टुक्रो हो । जीवनका विभिन्न टुक्राहरूमा राम्रो सम्बन्ध बनाउन नसक्दा मनुष्यले के पाउन चाहन्छ र ऊ अन्त्यमा के बन्छ वा पाउँछ त्यसको बिचमा मनुष्य फसेको हुन्छ । तर यदि मनुष्यले कर्म गरेर स्थिति सुधार्न खोज्यो भने ऊ सफल हुन सक्छ । कारण र प्रभावको डोरिले बाँधिदा मनुष्यले जे निर्णय लिन्छ । त्यसले उसको भविष्य निर्धारित गर्छ । आफ्नो जीवनमा अरूलाई निर्णय लिन दियो भने त्यसको फल उसैले भोग्नु पर्छ ।

सांसारिक जीवनमा मनुष्यका सोचाइ र भावनाको अन्तत्र्रिmयाले उनीहरूको जीवनलाई मार्ग दिने र रूपान्तरण गर्छ । त्यही अनुसार कर्म हुन्छ । आत्मा शरीरभन्दा फरक भए पनि शरीरले गरेको कर्ममा सहभागी हुन्छ । शरीर मार्पmत उसले ज्ञान र अनुभव प्राप्त गर्छ । आत्मा ईश्वरको प्रकाशले बनेको हुन्छ । आत्मा शरीरमा आउँदा संसारको अनुभव र ज्ञान हुँदैन । आत्मा शरीरबाट मुक्ति पाएपछि शरीरले गरेको कर्ममा उत्तरदायी हुन्छ । आत्मा फोटोन भन्ने पदार्थले बनेको हुन्छ । आत्मा बिजुली जस्तो हो, जसले शरीरलाई जीवित र चलायमान राख्छ । शरीर भनेको कम्प्युटर वा मेसिन जस्तो हो । जसलाई चल्न बिजुली चाहिन्छ । आत्माले शरीर छोडेपछि पदार्थले बनेको शरीर सडेर पच्न थाल्छ । तर उसका अनुभव र ज्ञान आत्मामा हुन्छन् ।
तिमीले मलाई राम्रोसित पढायौ“, अब भन कि मृत्यु र प्रेम भनेको के हो ?

शलिनले भनिन् मृत्यु भनेको आत्माले शरीर त्याग्नु हो । वास्तवमा त्यो शरीरका लागि पूर्ण विश्राम हो । जस्तो हामी गहिरो निद्रामा हुँदा कुनै सपना देखिँदैन र कहाँ छौँ चाल पाइँदैन । किनकि त्यतिखेर हाम्रो शरीरले पूर्ण विश्राम पाएको हुन्छ । मनुष्यलाई ईश्वरले इच्छा शक्ति दिएका कारण उसले निर्णय लिएर कर्म गर्छ । तर आर्थिक गतिविधिहरूको सञ्जालमा बाँचेका कारण मनुष्यको जीवन सङ्घर्षको धारा हो । मनुष्यको मन चञ्चल हुनाको कारण एउटा समस्याको समाधान हुँदा वित्तिकै मनले अर्को समस्या देख्छ । जस्तो एउटा इच्छापूर्ति भएपछि मनमा दशवटा इच्छाले जन्म लिन्छ । संसारसित मनुष्यको अन्तत्र्रिmया हुँदा मनमा लोभ, क्रोध, इष्र्या, प्रेम र घृणा जस्ता भावनाहरूले जन्म लिन्छन् । तर मृत्युमा आत्मा सांसारिक सोचाइ भावना र सङ्घर्षबाट मुक्ति पाउँछ । उसले राम्रो कर्म गरेको छ भने उसले शान्ति पाउँछ र आफ्ना आफन्त एवं प्रेम गरेका मानिसहरूको आत्मासित भेट हुन सक्छ । तर नराम्रो कर्म गरेको छ भने उसको नराम्रा आत्माहरूसित मात्रै भेट हुन्छ र अशान्त भएर भड्कि रहन्छ । त्यो नै नर्क हो । यदि मनुष्यको मृत्यु भएन भने राम्रो व्यक्तिले पनि कहिल्यै सम्पूर्ण विश्राम वा शान्ति पाउन सक्दैन । ऊ सांसारिक जीवनका सङ्घर्षमा फसिरहेको हुन्छ । यी कुरा मनुष्यले बुझ्यो भने उसले सबै सित शान्ति गर्छ । किनकि एक दिन सबैले मर्नु पर्छ, त्यस कारण बाँचुञ्जेल एक अर्कासित शान्ति गर्ने र एक अर्काको हेरचाह गर्छ । आपूmलाई नराम्रो नहोस् भन्नेले अरूलाई पनि नराम्रो नहोस् भन्नु पर्छ । त्यसो हुँदा प्रेम र घृणाको आवश्यकता नै पर्दैन । किनकि प्रेम र घृणा भनेका दाजु भाइ हुन् । प्रेम गर्न सक्नेले कसैलाई घृणा पनि गर्न सक्छ । सांसारिक प्रेम भनेको आफ्नो इच्छा र आवश्यकता पूरा गर्ने भावना हो । संसारमा जब छवि, ज्ञान र जानकारी किनबेचका वस्तु बन्छन् तब मनुष्यको सुन्दर प्रकृतिको पनि हत्या हुन्छ । ऊ एउटा काम गर्ने यन्त्र जस्तै हुन्छ । त्यहाँ प्रेम र घृणा जस्ता भावनाहरूका लागि सशर्त ठाउँहरू हुन्छन् । पदार्थिक लाभका लागि मनुष्यको पद वा धन सम्पत्ति हेरेर प्रेम गरिन्छ । जहाँ आफ्नो आवश्यकता र स्वार्थ पूरा गर्न प्रेम गरिन्छ । त्यो प्रेमको व्यवसायीकरण हो । साच्चो प्रेममा माया दिने मात्रै हुन्छ । त्यसको बदलामा केही पनि चाहना हुँदैन । त्यस्तो स्वार्थ बिनाको प्रेम अन्तरआत्माले नै गरिन्छ । तर सांसारिक जीवनमा प्रेम भनेको सशर्त प्रेम नै हुन्छ । किनकि मनुष्यलाई बाँच्न कसैको सहयोगको आवश्यकता पर्छ । त्यस व्यक्ति मार्पmत उसले इच्छाहरू पनि पूरा गर्छ । तर साच्चो प्रेममा मनुष्यले आफ्नो विवेक, लोभ, क्रोध र इष्र्या गुमाउँछ । उसले भावनालाई मात्रै पछ्याउँछ ।

शलिन सितको भेट

माथि उल्लेखित शलिनका सङ्कटनहरू हामीहरूलाई यस पदार्थिक संसारमा शलिनलाई भेटेर प्राप्त भएको होइन । त्यो आध्यात्मिक संसारमा निल कुमार क्षेत्रीको ध्यान गर्ने प्रक्रियामा शलिनलाई भेटेर प्रश्नहरू गर्दा उनले दिएका उत्तरहरू हुन् । निलले ध्यान गर्दाखेरि शलिनसित भेटेको अनुभव यस प्रकार छन् । मेरो नाम निलकुमार क्षेत्री हो । अहिले पेशलकुमार निरौलासँग मिलेर यस लेखलाई लिपिबद्ध गर्दै छु । सन् २०१७ देखि पेशलजी र म नेपालको इतिहास र समाज बुझ्ने पूर्वीय दर्शनकै दृष्टिकोणबाट लागि राखेका छौँ । हामीले दुईवर्ष लगाएर शैव सिद्धान्तको अध्ययन ग¥यौँ । त्यस प्रक्रियामा हामीले वेदहरू, वैशेषिक सूत्र, पाशुपत सूत्र र कौटिल्यको अर्थशास्त्र जस्ता पुस्तकहरू पढ्यौँ । यस्तो प्रयत्नले हामीलाई शैव सिद्धान्तको ज्ञान दियो । हामीले बुझ्यौँ कि नेपाल भनेको शिव र माता पार्वतीकै भूमि हो । नेपालीहरूको मूल धार्मिक ग्रन्थ भनेका वेद र तन्त्रहरू हुन् । उनीहरूको संस्कृति पनि पाशुपत शैव धर्मले नै आकार दिने र रूपान्तरण गरेको छ । पूर्वीय दर्शनमा जिज्ञासा भएका कारण होला कि शलिन जस्ती सुन्दरीलाई निलले ध्यान गर्दा भेट्ने क्रममा उनले शलिनसित विवेकवाद, संसार र आत्माको बारेमा सोधेँ । एउटा प्रश्न छ कि हामीले वस्तुगत अनुसन्धान वा उद्देश्यपूर्ण अध्ययन गर्दा त्यहाँ भावनाको के स्थान छ । किनकि त्यस्तो अध्ययनमा विवेक वा विवेकवादी सोचको नै प्रयोग हुन्छ । जुन पदार्थसित मात्रै सम्बन्धित छ । मनुष्यको भावना र अलौकिक शक्तिको अध्ययन र अनुसन्धानमा कुनै स्थान छैन । तर भावना र सोचाइको अन्तत्र्रिmयाबाट विचार आउने कुरा शलिनले नै भनिसकेकी छिन् । अलौकिक शक्ति वा ईश्वरबाट मनुष्यले प्रेरणा लिन सक्छ र उसले आशा ग्रहण गर्न सक्छ । लेख र पुस्तक लेख्ने कर्म पनि श्रम गरे जस्तै हो । त्यसमा आशा र प्रेरणाको आवश्यकता पर्छ र अध्ययनकर्ताको मनोबल बढ्न सक्छ । आशा र प्रेरणा बिना मनुष्य दुर्बल हुन्छ । यति ठूलो संसारमा अध्ययनकर्ताले सामग्री संसारबाट लिन्छ भने आफ्ना सोचाइ र विचारहरू संसारलाई पनि दिन्छ । अनुसन्धान ज्ञान र पदार्थकै अन्तत्र्रिmयाबाट हुने प्रक्रिया हो ।

विद्या वा विज्ञानले पदार्थिक संसार वा प्रकृतिका रहस्यहरू बुझ्न सक्छ । प्रकृतिका विभिन्न नियमहरू कुनै अन्जान शक्तिले बनाएको हो । जसलाई हामीले जे नामले पनि पुकार्न सकिन्छ । त्यस्तो अलौकिक शक्तिलाई बझ्न ध्यान र साधना गर्दा अलौकिक संसारमा प्रवेश गरिन्छ । अठार मई सन् २०२२ को एक रात सधै जस्तै दश बजे पूजा गरेर निल ध्यान गर्न बसेका थिए । उनको मन शान्त भएको थियो । अब निलकै शब्दमा त्यो अनुभव सुनौँ । ध्यान गर्दा केही समयपछि खालिपनको महसुस भयो र गहिरो ध्यानमा लिन हुँदा म अचानक एउटा वनमा हिँडिरहेको थिएँ । मैले कालो कोट, खैरो जिन्सको प्यान्ट र कालो छालाको जुत्ता लगाएको थिएँ । म शलिन भन्ने एउटी युवतीलाई खोजि रहेको थिएँ । त्यतिखेर मिठो घाम लागेको थियो र आकाशमा बादलहरूको मनोरम दृश्य थियो । सिधा आकारका अग्ला रूखहरूबाट मलाई राम्रो बास्ना आइराखेको थियो । त्यत्रो घुम्दा पनि भोक तिर्खा वा शरीरमा थकान थिएन । चराहरूको चिरविर ध्वनि वनमा गुन्जिरहेको थियो । त्यतिखेर आकाशमा उडेको ठूलो चिल माथि मेरो नजिक आएर करायो र त्यो उडेर टाढा गयो । मैले हेर्दा त्यो बादलहरूमा हरायो । म अभैm हिँडे र घासहरू भएको एउटा मैदानमा पुगेँ । मेरो अगाडि एउटा सिधा आकारको ठूलो रूख थियो । जसको छायामा एउटी युवती उभिइराखेकी थिइन् । उनले सेतो रङको लामो सलवार कमिज लगाएकी थिइन् । उनको लहरा कपाल बिचमा सिउँदो कोरिएर बगिराखेको थियो । उनको अनुहारमा शितलता र ओठमा मुस्कान थियो । मैले उनलाई देखेर दुई चोटि शलिन भन्दै दगुरेर उनीसित पुगेँ र भने तिमी कहाँ थियौ । तिमीलाई मैले कति खोजेँ । उनले भनिन् मैले तिमीलाई लामो समयदेखि पर्खी राखेकी छु । त्यसपछि दुई हात पसारेर मलाई सङ्केत गरिन् । मैले उनका हातहरू समातेँ । उनले भनिन् निल मैले तिमीलाई माया गर्छु । मैले भनेँ यो त तिमीले कहिल्यै भनिनौ । त्यसपछि विस्तारै मेरो हात छोडेर उनले आफ्ना हातहरू किनारा तर्पm पैmलाइन् । उनी उडेर त्यो ठूलो रूखको माथिल्लो भागको नजिक पुगिन् । उनले मलाई दुईटा हात पसारेर आउ भनिन् । मैले नउलाई नै हेरिरहेँ । उनले भनिन् तिमीले कसैलाई केही गरेका छैनौ, नडराउ तिमी सुरक्षित छौ । त्यो सुनेर म उडेर उनकै दुई हात थाम्न पुगेँ । उनले भनिन् म तिमीलाई राम्रो ठाउँम ालान्छु । त्यसपछि मैले उनको दाहिने हात समातेर उनलाई पछ्याएँ । हामीहरू उड्दै गयौँ र यस्तो ठाउँमा पुग्यौँ, जहाँ तल हेर्दा हिउँले नै भरिएको ठाउँ थियो । त्यसपछि विस्तारै हामी पहाडै पहाडले घेरिएको ठाउँमा पुग्यौँ । ती गाढा खैरो रङका पहाड थिए । जहाँ अलि अलि हिउँ परेको थियो । ती पहाडहरूको बिचमा ठूलो बादलको समुद्र थियो । जहाँ हामी उभिरहेका थियौँ । म अचम्म परेँ । त्यस्तो ठाउँ मैले जीवनमा कहिल्यै देखेको थिइँन । मैले सोधेँ यो मलाई कहाँ ल्यायौ । यो कुन ठाउँ हो । उनले मुसुक्क हाँसेर भनिन् । यो मेरो घर हो । आऊ हामी यहीँ बसौँ । त्यसपछि उनी हाँसेर नृत्य गर्न थालिन् । त्यो दृश्य देखेर म अति प्रशन्न भएँ ।

उनले आएर मेरो दाहिने हात समातिन र मलाई तानेर बादल माथि बसालिन् । हामी एक अर्काको हात समातेर कुरा गर्न थाल्यौँ । उनले आफ्नो शिर दाहिने काँधमा ढल्काएर राखिन् । उनको केशबाट रूख र घासको जस्तो ताजा बास्ना आइराखेको थियो । मैले भनेँ तिमीले मलाई प्रेम गर्छौ भन्ने थाहा नै थिएन । मैले सोच्थेँ तिमीले मलाई उपेक्षा मात्रै गछ्र्यौ । उनले भनिन् छोडिदेउ । अतितको कुरा नगर । हामी वर्तमानमा छौँ, वर्तमानकै कुरा गर । उनले भनिन् अतित वर्तमान र भविष्य मनुष्यहरूले सिधा रेखामा रचेको समयको रूपरेखा हो । वास्तवमा हामीहरू वर्तमानमा नै बाँचेका हुन्छौँ । हामीहरूले लिएको निर्णयले हामीहरूको जीवनलाई आकार दिन्छ । त्यसपछि मैले सोचेकी यिनी ज्ञानीले भैmँ कुरा गर्छिन् । त्यसपछि मैले भनेँ मेरो मनमा केही प्रश्नहरू छन् । के तिमीले त्यसका उत्तर दिन सक्छौ । उनले भनिन् म प्रयत्न गर्छु । म देश विदेश घुमेकी छु । मैले पढेर मात्रै होइन । विभिन्न समाजसितको अन्तत्र्रिmयाले मैले केही कुरा बुझेकी छु । त्यसपछि मैले उनलाई विवेकवाद र भावनाको बारेमा सोधेँ । उनले दिएका उत्तरहरू लेखको पहिलो भागमा नै दिइसकेको छ । त्यसको केही बेरपछि उनले भनिन् पछि कुरा गरौँला । यो कति राम्रो दृश्य छ । यसैमा हामीहरू रमाऔँ । उनले मेरो छातिमा शिर राखिन् र आफ्नो खुट्टा पसरोर मलाई समातेर बसिन् । मैले पनि उनलाई हल्का समातेँ । उनको शरीरबाट मह र सिन्दुरको जस्तो मिश्रित मिठो सुगन्ध आइराखेको थियो । जसमा नशा थियो । मलाई सितलताको आभास भइराखेको थियो । मैले आँखा बन्द गरेर त्यस शितलता र सुगन्धको आनन्द लिएँ । त्यतिमा नै मेरो यथार्थ संसारमा आँखा खुल्यो । घडी हेर्दा बिहानको २ बजेको रहेछ । मेरो शरीरबाट केही समय शलिनको त्यही सुगन्ध आइराखेको थियो । मेरो बानि के छ भने म सुत्ने ओछ्यानमा सिरानीको देव्रेपट्टि नोटबुक र पेन राख्छु । मैले शलिनले भनेका प्रश्नका उत्तरहरू टिप्न थालेँ र सुत्ता केही बेरपछि निद्रा लाग्यो ।

१९ मई सन् २०२२ मा राती ध्यान गर्दा म कहाँ हो कहाँ एउटा झरना भएको ठाउँमा पुगेँ । मेरो सामुन्ने एउटा ठूलो ताल थियो । त्यसको नजिक एउटा ठूलो झरना थियो । त्यस तालको दाहिनेतिर ठूलो चट्टान थियो । चट्टान माथि शलिन बसेर मलाई हेरिराखेकी थिइन् । उनले मुसुक्क हाँसेर भनिन् । म तिमीलाई पर्खी राखेकी थिएँ । उनी त्यस चट्टानबाट हाम फालेर मेरो नजिक आइन् । मैलो सोधेँ हिजो तिमीले भन्यौ अतित, वर्तमान र भविष्य मनुष्यले सिधा रेखामा बनाएको विचार हो । के अतित र भविष्य हुँदैन ? शलिने भनिन् मनुष्यहरू वास्तवमा बाँचुन्जेल निरन्तर उपस्थितिमा हुन्छन् । आफ्नो जीवनलाई व्यवस्थित बनाउन र अनुशासित बनाउन मनुष्यले समयको विचार ल्यायो । प्रकृतिको नियम अनुसार पृथ्वीमा उज्यालो र अँध्यारो हुन्छ । ऋतुहरूमा पनि विभिन्नता हुन्छ । यही प्रकृतिको चलखेललाई मनुष्यहरूले समयमा बाँध्न खोज्छन् । त्यस्तै संसार भनेको पनि मनुष्यको मस्तिष्कमा सृजना भएको परिधि हो । वास्तवमा पदार्थ र पदार्थले बनेका प्राणीहरू मात्रै छन् । पदार्थको भोग र प्रयोग गर्ने क्रममा मनुष्यको सञ्चाल बन्छ । त्यसैलाई उनीहरूले संसार ठान्छन् । बाँचुञ्जेलसम्म त्यो यथार्थ हुन्छ । किनकि मनुष्य अरूहरूको सम्पर्कमा रहिरहन्छ । तर मृत्युपछि मनुष्य र पदार्थको भोगको आवश्यकता नपरेपछि उसको लागि संसारै रहँदैन । उसले पदार्थ र प्राणीहरू मात्रै देख्छ । जस्तो हामीले नदीमा ढुङ्गा र माछाहरू मात्रै देख्छौँ । वनमा रूख र चराहरू मात्रै देखिन्छ । त्यस्तै कुनै ठाउँमा मनुष्यहरू, गाडी र वाइकहरू मात्रै देख्छन् । समय, समाज वा संसार भनेको मनुष्यको सोचाइको आकारमा अवस्थित हुन्छन् ।

त्यसपछि हामीहरू एउटा ढुङ्गामा बस्न गयौँ । शलिनले जुत्रा वा चप्पल लगाएकी थिइनन् । उनले पहेँलो रङको लामो स्कर्ट लगाएकी थिइन् । त्यसपछि मैले तर्क, संसार र आत्माको विषयमा प्रश्न गरे । उनले दिएका उत्तरहरू यस लेखको पहिलो भागमा नै दिइएको छ । मृत्यु र प्रेमको चर्चा गरेपछि अचानक मेरो आँखा खुल्यो र मैले नोटकबुकमा शलिनले दिएका उत्तरहरू लेख्न थालेँ । त्यसपछि मैले ध्यान गर्दा शलिन देखिन्छिन् । कुनै बारी, खोला वा पहाडमा उनी हिँडिराखेकी वा नृत्य गरेकी हुन्छिन् । म सित कुरा गर्दा उनले जहिले पनि म तिमीलाई पर्खी राखेकी छु भन्छिन् । मैले उनलाई प्रतिज्ञा गरेको थिएँ तिमीले दिएको ज्ञानलाई लेखको रूपमा छाप्छु । त्यस कारण आज हामीले यो लेख लेख्दैछौँ ।

वास्तवमा मैले ध्यान गर्दा शलिनसित भेट हुने कुरा चाहिँ मेरै साधनाको फल हो । म नयाँ दिल्लीमा पढ्दा मेरो विश्वविद्यालयका जेष्ठ विद्यार्थी वा अग्रजहरूबाट मैले ध्यान र साधना गर्न सिकेको थिएँ । त्यसो हुँदा पढाइ लेखाइमा पनि ध्यान केन्द्रित हुन्थ्यो । तन्त्रमा मेरो रुचि थियो । यथार्थ संसारमा शलिनलाई मैले चार पटक मात्रै देखेको थिएँ । सन् २०१८ मा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र सिनासमा पेशलजी र मैले हिन्दुत्व भन्ने पुस्तक लेख्न तयारी गर्दै थियौँ । ती दिनहरूमा हामी सिनासको तल्लो तलामा एउटा ल्याव रुम भन्ने ठूलो कोठामा बसेर काम गथ्र्यौं । त्यहाँ दशवटा जति कम्प्युटर थिए । त्यहाँ विद्यार्थीहरू पनि आएर कम्प्युटर चलाउने र पढ्ने गर्थे । एक दिन सिनासमा व्रिटिश महिला आएको भएर एउटा टक प्रोग्राम राखिएको थियो । त्यस प्रोग्राममा प्राध्यापक, उपप्राध्यापक र विद्यार्थीहरू पनि आएका थिए । त्यतिखेर मैले देखेँ कि एउटी युवती निलो रङको सलवार कमिज लगाएकी मेरो नजिक बसेकी थिइन् । उनको अनुहार पूर्णिमाको चन्द्रमा जस्तो थियो । उनी कसैसित पनि बोलेकी थिइनन् । प्रोग्राम सिद्धिएपछि हामीहरू त्यही कोठामा फर्किएर काम गर्न थाल्यौँ । धेरै महिनापछि ती युवती हामीले काम गर्ने कोठाको ढोकातिर उभिएकी थिइन् । मैले उनलाई हेरेँ । उनले पनि मलाई हेरेर मुसुक्क हाँसिन् । त्यसपछि कता गइन् थाहा छैन । त्यसको पछिल्लो दिनमा बिहानको ११ बजेतिर म त्यस कोठामा प्रवेश गर्दा ती युवती हामीहरूले काम गर्ने कम्प्युटरको नजिक कुर्सीमा बसिरहेकी थिइन् । उनले मलाई देखेर हेरिन् । म उनको अगाडि गएर तिम्रो शुभ नाम के हो भनेर सोधेँ । उनले देव्रेपट्टि शिर फर्काएर महक मुस्कान छोडिन् र मलाई हेरेर शलिन भनिन् । त्यतिखेर उनको उज्यालो अनुहारमा आत्मविश्वास थियो । उनका आँखाहरू दियो जस्तै बलिरहेका थिए । उनको निधारमा तेज थियो । उनले ओठमा रातो लालि लगाएकी थिइन् । उनले सिधै मेरो आँखामा हेरेर मुस्कान दिँदा मैले उनलाई कालि गण्डकीको जल जस्तै पवित्र देखेँ । उनको लहराएको लामो केश हेर्दा उनी माथि ईश्वरको अनुग्रह छ भन्ने देखियो । मलाई अचम्म खालको शितलताको आभास भयो । तर उनको आँखामा हेरिराख्दा मलाई लाज लाग्यो र मैले दाहिनेतिर हेरेर नजर झुकाएँ र त्यतैतिर दुई तीन कदम अगाडि हिँडे र पेशलजीलाई सम्झिएँ । म कोठाबाट बाहिर निस्किएर सिनासको बगैचामा पुगेँ । त्यहाँ पेशलजी एक्समास ट्रि भन्ने ठूलो रूखको नजिक प्राध्यापक साथीहरूसँग कुरा गरिरहनु भएको थियो । मैले वहाँलाई बोलाएँ र हामीहरू कोठामा फर्कंदा शलिन थिइनन् । मलाई लाग्यो कि उनी मनुष्य हुन कि जलदेवी । हाम्रो स्याङ्जातिर गाउँघरमा खोलानालामा जलदेवी हुन्छन् भन्ने कथा छ । पूर्णिमाको चन्द्रमा जस्तो अनुहार दियो जस्ता आँखा जलदेवीका हुन्छन् भन्ने सुनेको थिएँ । मैले सोच्दा पाएकी शलिन जिङज्याङ (चिन) की उईघुर युवती जस्ती छन् । उनी नेपाली जस्ती छैनन् । मैले इन्टरनेटमा उईघुर युवतीहरूका तस्विर हेर्दा दुईवटा उईघुर महिलाको तस्विर देखेँ । जुन शलिनको जस्तै थियो । त्यस दिनपछि शलिन देखिइनन् । सन् २०१९ मा एक दिन शलिन निासको बाहिर देखिइन् । तर उनले मलाई उपेक्षा गरेको जस्तो महसुस भयो । त्यस कारणले मैले उनलाई बोलाइन् । त्यसपछि उनी कहिल्यै पनि देखिइनन् ।

मैले सोचेँकी उनले मलाई आँखामा हेर्दा मैले नजर झुकाएर उनीसित कुरा नगरी कोठाबाट बाहिर निस्किएको भएर उनी मसित रिसाइन भन्ने सोचेँ । शलिनलाई देख्दा मलाई उनको उपस्थिति भइराखोस् भन्ने लाग्थ्यो । समय नै रोकियोस् र उनीलाई हेरिराख्न पाउँ जस्तो लाग्थ्यो । मलाई अचम्म प्रकारको शितलता र शान्तिको आभास हुन्थ्यो । उनलाई देख्न नपाउँदा मैले निर्णय लिएँकि अलौकिक शक्तिको सहयोग लिनुपर्छ । त्यस कारणले सन् २०२० मा मैले साधना गरेँ । तन्त्रको नियम अनुसार त्यो शक्तिको नाम र साधनाको सन्दर्भमा लेख्न मिल्दैन । शासन शलिनलाई यस सांसारिक जीवनमा मलाई दिन त्यो शक्तिको लागि पनि सम्भव थिएन । तर मलाई विश्वास थियो कि साधनाको फल अवश्य प्राप्त हुन्छ । यस्तो कुरा एउटा साधकले मात्रै बुझेको हुन्छ । सन् २०२२ मा मैले ध्यान गर्दा शलिनलाई भेटेका घटनाहरू त्यही साधनाको फल हो । शलिनले मलाई ज्ञान र माया दिएर केही कदसम्म मेरो उनको उपस्थिति रहिरहोस् भन्ने इच्छा पूरा भएको छ ।

Writers:
पेशल कुमार निरौला
निल कुमार क्षत्री

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Neel Kumar free lancer researcher