बेक्स्ली नेपाली समाजको वार्षिक भेटघाट कार्यक्रम बेक्स्ली बरोका मेयरको प्रमुख आथित्यमा भब्यताका साथ सम्पन्न
बेक्स्ली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम भब्यताका साथ मनाएको छ।
१९ जून आईतबारका दिन बेलायतको पूर्वी लन्डनमा सक्रिय रहेको बेक्सली नेपाली समाजले वार्षिक भेटघाट कार्यक्रम अतिनै भब्यताका साथ फल्कन उडको हलमा मनायको छ।
संस्था का अध्यक्ष आनन्द धरेलको अध्यक्षता सम्पन्न यस कार्यक्रम मा लंडन बरो अफ बेक्स्लीका मेयर -काउन्सिलर (निक ओ'हेर) को प्रमुख अतिथि रहेको थियो ।साथै उहॉ को श्रीमती मेरी ओ,हेर विशेष अतिथि को रूपमा निमंत्रित गरिएको थियो भने बेक्सले काउन्सिल का काउन्सिलर,निगेल बेट्स, लाई पनि विशेष अतिथि के रूपमा बोलाईएको थियो साथै बिभिन्न संघ संस्थाका अध्यक्षहरूलाई अतिथि को रूपमा बोलाईएको थियो ।
प्रमुख अतिथि, कार्यक्रमको उद्घाटन प्रमुख अतिथि London Borough of Bexley Mayor Nick O Hare, Mrs Mayor Nick O Hare,अध्यक्ष आनन्द धरेल, कार्यक्रम सँयोजक उपाध्यक्ष बिन्दु गुरुङ,सँस्थापक अध्यक्ष केश बहादुर गुरुङ द्वारा सँयुक्तरुपमा पानसमा बत्ति बालेर गरिएको थियो। नेपाली कक्षाका बालबालिकाहरुद्वारा नेपाली राष्ट्रिय गीत र बेलायतको राष्ट्रीय गित गाएर कार्यक्रम को सुरूवात गरिएको थियो ।
छोटो मिठो मन्तव्य दिने क्रममा प्रमुख अतिथि लंडन बरो अफ बेक्स्लीका मेयर -काउन्सिलर (निक ओ'हेर) ले यो निमन्त्रणा पाएर आफु यहाँ आएकोमा ख़ुशी ब्यक्त गर्दै आफ्नो प्रतेक कार्यक्रममा नेपाली समुदायलाई सामेल गराउने प्रतिबध्ता दर्साउनु भयो ।
यस कार्यक्रममा सँयोजक तथा उपाध्यक्ष बिन्दु गुरुङ द्वारा स्वागत मन्तब्यको क्रममा कार्यक्रममा आफुलाई यसरी बेक्स्ली समाजमा आबद्द भई सबैजना एकजुट भएर एउटै छतको मुनि पाउँदा आफू हर्षले विभोर भएको ब्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिनु भएको थियो ।
विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाइएको वार्षिक कार्यक्रममा संस्था बाटै केही समय अघि देखी” सबैले नाच्न सक्छन्” भन्ने नाराका साथ संचालन भएको नृत्य प्रशिक्षण कक्षाबाट नेपाल र नेपालीलाई चिनाउने,नेपालको विभिन्न भेष भुषा सहित को नृत्य प्रदर्शन गरिएको थियो । विभिन्न एकल नृत्य र सामूहिक नृत्य को साथमा नेपाल स्टार बिजेता मीठो स्वरकी धनी सुश्री एलिना गुरुङका Live songs ,ले कार्यक्रमलाई अझ आकर्षित बनाएको थियो ।साथै भ्वाइस अफ नेपाल सिजन ३ रनर अप, मिस ताराश्री मगर ले सबैलाई स्टेजमा नचाएकी थिईन् ।यसको साथै नेपाली समुदाय मा लोकप्रिय DJ हेम बिष्ठले कार्यक्रमलाई संगीतमय बनाएका थिए। साथमा उत्कृष्ट राफल ड्र पुरस्कार ले कार्यक्रम लाई अतिनै आकर्षित बनाएको थियो ।
कार्यक्रममा प्रवेशका लागि ६ वर्षमुनि नि:शुल्क, ६-१२ वर्ष सम्मलाई १० पाउन्ड र १२ भन्दा माथिकालाई १५ पाउन्ड टिकट राखिएको थियो ।
केही वर्ष कोरोना को चपेट ले गर्दा मनाउन नपाईएको दुखलाई भुल्दै यस वर्ष मनाउन पाएको ख़ुशी सबैमा देखिन्थ्यो ।क़रीब दुईसय पचास जति सहभागी रहेको यस कार्यक्रम मा स्वादिष्ट नेपाली खाना को ब्यबस्था गरिएको थियो ।
भाषण र मन्तव्य निकै कम रहेको यस कार्यक्रम मा २०२०-२१मा मास्टर डिग्री हासिल गरेका वा सो भन्दा माथी पढ़ाई पुरा गरेकालाई संस्थाले बिषेश सम्मान का साथ प्रमाण पत्र बितरण गरिएको थियो ।
त्यस्तै संस्था का प्रतिनिधित्व गर्ने र कार्यकारी पदमा रहेको ले अन्य संस्था तथा कार्यक्रम मा पाएको सफलता लाई पनि मनन गरि सम्मानित गरिएको थियो ।
यस कार्यक्रम लाई संस्था का माहासचिव केदार थपलियाले संचालन गरेका थिए भने संस्था का सचिव होम ज्ञावली उहालाई साथ दिएका थिए भने संस्कृत कार्यक्रम संस्था का सल्लाकार तथा निवर्तमान उपाध्यक्ष शिबराम गुरुङद्वारा सँचालन भएको थियो ।
गितको अन्तरा "तिमी छै र पो "बाट सबैलाई धन्यवाद भन्दै साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै संस्था का अध्यक्ष ले कार्यक्रम लाई समापन गरेका थिए।
What's Your Reaction?