४०औं वार्षिकोत्सव मनाएर कर्मभूमि बेलायत फर्किए इन्टेक–१९८५ नम्बरी

लन्डन । ब्रिटिस गोर्खा पल्टन इन्टेक–१९८५ नम्बरीहरु ४०औं वार्षिकोत्सव भब्यताका साथ मनाएर कर्मभूमि बेलायत फर्किएका छन् । ‘ब्रिटिस गोर्खा सैनिक इन्टेक–८५’ले मातृभूमि नेपालमा पहिलो पटक इन्टेक ४०औं वार्षिकोत्सव गरेको हो । गत ८ फेब्रुअरी, २०२५ मा काठमाडौंको सोल्टी होटेलमा आयोजना गरिएको उत्सवमा इन्टेक–८५ का नम्बरी परिवार, आफन्तजन, विभिन्न मिडियाका प्रतिनिधि लगायतको सहभागिता थियो ।  उक्त […]

Mar 12, 2025 - 07:59
 0
४०औं वार्षिकोत्सव मनाएर कर्मभूमि बेलायत फर्किए इन्टेक–१९८५ नम्बरी


लन्डन । ब्रिटिस गोर्खा पल्टन इन्टेक–१९८५ नम्बरीहरु ४०औं वार्षिकोत्सव भब्यताका साथ मनाएर कर्मभूमि बेलायत फर्किएका छन् ।

‘ब्रिटिस गोर्खा सैनिक इन्टेक–८५’ले मातृभूमि नेपालमा पहिलो पटक इन्टेक ४०औं वार्षिकोत्सव गरेको हो । गत ८ फेब्रुअरी, २०२५ मा काठमाडौंको सोल्टी होटेलमा आयोजना गरिएको उत्सवमा इन्टेक–८५ का नम्बरी परिवार, आफन्तजन, विभिन्न मिडियाका प्रतिनिधि लगायतको सहभागिता थियो । 

उक्त वार्षिकोत्सवको संयोजनकारी भूमिका शेर सुनारले गरेका    थिए। ‘सुगौली सन्धिदेखि आजसम्म २१० वर्षको इतिहासमा कुनै पनि इन्टेक जन्मभूमि फर्केर मातृभूमिलाई सम्मान गरेको इतिहास थिएन,’ ४० औं वार्षिक उत्सव नेपालमा मनाउनुको मुख्य कारणबारे सुनारले भने– ‘त्यो इतिहास कायम गर्दै हामी गोर्खालीहरू विदेशी छैनौं । हामी र हाम्रो सन्ततीले मातृभूमिलाई माया गर्नुपर्छ । हामीले जस्तै सबै इन्टेक कक्षाका साथीहरूले मातृभूमिलाई सम्झिनोस् भन्ने सन्देश दिएका हौं । आफ्नो विवाह वार्षिकोत्सव नेपाल गएर मनाउनुहोस् । जन्मभूमिप्रतिको माया अझै गाढा बनाउनु होस् ।’

वार्षिकोत्सवले नम्बरीको एकता र मातृभूमिप्रतिको माया झल्काएको छ । ‘लाहुरेहरू केवल बहादुरमात्र होइन, जन्मभूमिप्रति इमानदारी र वफादारी पनि देखाउन जान्दछन् भन्ने सन्देश प्रवाह भएको छ,’ अध्यक्ष लाल बहादुर लिन्देन भन्छन्, ‘गोर्खालीको नागरिकता खोसिनु हुँदैन भनेर नेपाल सरकारको ध्यानाकर्षण गराउन सफल भएका छौं । आम नेपाली नागरिक आमा–बुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई सन्देश प्रवाह गरेका छौं । त्यो सन्देश नेपाल सरकार मातहतको नेपाल टेलिभिजनबाट प्रसारण भएको छ । यसैगरी लोकप्रिय कार्यक्रम इन्द्रेणीले पनि प्रसारण गरेको छ । काठमाडौं र इन्द्रेणी मात्र सिमित नभई कर्मथलोको मार्ग सुरु भएको पोखरा क्याम्प ढोको रेसको बाटो हुँदै भलम डाडा गाउँ र त्यहाँका वासिन्दाहरूसँगको रमाइलो भेटघाट त्योपनि पञ्चै बाजाबाट स्वागत गरिएको थियो। हामीले गोर्खा म्यूजियमलाई आर्थिक सहयोग गरेका छौं ।’

इन्टेक–८५ को उक्त ४०औं वार्षिकोत्सवमा प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले मातृभूमि त्याग्न नचाहेको सन्देश प्रवाह गरिएको थियो । ‘हामी मातृभूमि त्याग्न चाहँदैनौं । त्यसैले नेपाल सरकारले ब्रिटिस गोर्खा सैनिकहरू र हाम्रा परिवारलाई गैरआवासीय नागरिक नबओस् भन्ने आग्रह गदैछौं । बेलायत र नेपाल सरकारबीच दुई पक्षीय सम्झौता गरी हाम्रो भावना कदर गर्दै आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गरियोस् भन्ने माग दोहोर्‍याउन चाहन्छौं’- विज्ञप्तिमा भनिएको छ ।

ब्रिटिस गोर्खा भर्तीको गौरवपूर्ण इतिहास छ । विश्वले वीर गोर्खाली भनेर चिनिनु नै गौरवको सर्वोच्च ताज हो । विश्वमा चलेको युद्धमा लड्नु गोर्खा पल्टनको एक्लो बाध्यता थिएन । सैन्य नियमको पालना गर्दै भिक्टोरिया क्रस प्राप्त गर्ने सूचीमा वीर गोर्खालीहरू दर्ज हुनु कुनै अनौठो घटना होइन । नेपाल र बेलायत सरकारबीचको सन्धि र सम्झौताले वीर गोर्खालीले आफ्नो क्षमता प्रदर्शन गर्दै आएका हुन् । 

यही क्रममा पुर्खाको पदचिन्ह पछ्याउँदै गोर्खा पल्टन इन्टेक–१९८५ प्रवेश पायो । उक्त इन्टेकमा नेपालको पूर्व–पश्चिमका गरी ४ सय ८२ जना भर्ती भएका थिए । यस इन्टेकका सिपाहीमध्ये गोर्खालीले पल्टनमा पाउने सबैभन्दा माथिल्लो दर्जा गोर्खा मेजर वा मेजरमा सात जना पुगेका छन् । अहिले उनीहरु सबैजना रिटायर्ड भइसके । उक्त इन्टेकका १३ जनाको स्वर्गबास भइसकेको छ ।

इन्टेक–८५ नम्बरी परिवार २००६ सालमा गठन भएको हो । 

-प्रमिला लाबुङ राई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register