बेक्स्ली नेपाली समाजले वार्षिक भेला कार्यक्रम आयोजना गर्दै।

Jun 16, 2022 - 04:40
Jun 16, 2022 - 09:23
 0
बेक्स्ली नेपाली समाजले वार्षिक भेला कार्यक्रम आयोजना गर्दै।

बेक्स्ली नेपाली समाजले जुन 19 आइतबार फाल्कन उडको हलमा बार्षिक सभा कार्यक्रम मनाउने भएको छ ।

Covid का कारण केही वर्षदेखि मनाउन नसके पनि यस वर्षको सांस्कृतिक कार्यक्रममा सुमधुर स्वर,उत्कृष्ट र्‍याफल ड्र अवार्ड र बालबालिकालाई प्रोत्साहन गर्न नेपाली समाज युके का डान्स ग्रुप तथा अन्य  नेपाली क्लासका बाबू नानीहरुको उत्कृष्ट नाचहरु द्वारा भरपुर मनोरञ्जन गराईनेछ।

नेपाल स्टार विजेता सुश्री अलिना गुरुङको पहिलो प्रस्तुति रहेको साथै पेय पदार्थ र रात्रिभोज सहित कार्यक्रम हर्षोल्लासका साथ मनाउन लागिएको कार्यक्रमका संयोजक तथा संस्था उपाध्यक्ष विन्दु गुरुङले  बताउनु भयो।

स्वादिष्ट खाना, लोकप्रिय डीजे र सुन्दर नृत्यको अनुपम मिश्रण हुने भएकाले कार्यक्रम विशेष मनोरञ्जनात्मक हुने समाजका अध्यक्ष आनन्द धरेलले बताए ।

६ वर्ष भन्दा तलकालाई फ़्री,६-१२ सम्मकालाई १० पाउंड र १२ भन्दा माथिकालाई १५ पाउंड टिकट रहेको यस कार्यक्रममा उपस्थित हुन बेक्स्ली वरपर बस्ने सम्पूर्ण नेपालीलाई समाज को तर्फबाट हार्दिक आवाहन गरिएको छ।

Photo Gallery:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Ahilya Kunwar (अहिल्या कुँवर)   ( बेक्सली नेप्लिज् कम्युनिटी पत्रकारिता संयोजक ) Welcome to Bexley Nepalese Community Bexley Nepalese Community (“the Charity”) is a charitable organisation established in 2008 and formally registered in March 2016 with the Company House as a company limited by guarantee. The Charity is working on promotion of social inclusion for the public benefit for those in Nepalese community and Gurkha ex-servicemen and their dependents in the London Borough of Bexley who are socially excluded on the grounds of their social and economic position by the provision of basic English language, computer courses, advancement of education of the public in Gurkha and Nepalese culture, tradition and history by means as the trustees see fit.