एमाले अध्यक्ष ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्नुहुने भएको छ ।
उहाँले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै आज विरोधसमेत जनाउने बताइएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्नुहुने जनाइएको छ ।
‘मुलुकलाई सही दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो,’ ओलीले शनिवार बसेको संसदीय दलको बैठकमा भनिसक्नुभएको छ , ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’
What's Your Reaction?






