बसको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु
बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौडातर्फ आइरहेको बा।४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जादै गरेको बाप्र०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका– २ क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

चितवनबाट हेटौडातर्फ आइरहेको बा।४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जादै गरेको बाप्र०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका– २ क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । –रासस
What's Your Reaction?






